
दमक, १९ माघ । विश्व सिमसार दिवसको अवसर पारेर बुधबार दमक १०स्थित इन्द्रेणी ताल परिसरमा वृक्षरोपण सहित सिमसार दिवस मनाइएको छ । दमक नगरपालिकाको सहयोग तथा इन्द्रेणी ताल सिमसार निर्माण तथा रेखदेख समितिको आयोजनामा वृक्षरोपणका साथै अन्तरकृया गरि दिवस मनाईएको हो ।
कार्यक्रमका प्रमुख अतिथि दमक नगर प्रमुख रोमनाथ ओलीले सिमसार संरक्षण गर्न चुनौती बन्दै गएकोमा सरोकारवालाहरु गंभीर बन्नु पर्नेमा जोड दिए ।
समितिका अध्यक्ष गोपाल राईको सभाध्यक्षतामा भएको सो कार्यक्रममा उपप्रमुख गीता अधिकारी, इन्जिनियर अनन्त सेनेहाङ, वातावरण इन्जिनियर ज्ञानेन्द्र चौधरी लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा ताल परिसरमा धुपी र कपुरका बिरुवा समेत रोपिएको थियो ।