याक्थुङ मुन्चइत चोक सयङ नेपाल र सिक्किमबिच सम्बन्धन लिनेदिने सहमति

 लिम्बुवान न्युज
                       

ललितपुर, ३२ साउन । नेपाल र भारतका दुई चलचित्रकर्मी संस्थाहरुवीच सम्बन्ध लिनेदिने कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङ्हिममा याक्थुङ मुन्चइत चोक सयङको १५औँ स्थापना दिवसको अवसरमा आयोजित एक कार्यक्रममा चोक सयङ नेपाल र याक्थुङ मुन्चइत चोक सयङ भारत सिक्किमबिच एकापसमा सम्बन्धन लिनेदिने सहमति भएको हो ।

चार बुँदे सम्बन्धनपत्रलाई आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समिती चलचित्र विकास बोर्डका संयोजक ज्योतिराज राइले साँक्षीकाे  रुपमा वाचन गरेर सुनाएका थिए । सम्बन्धपत्रमा नेपालको तर्फबाट अध्यक्ष सागर केरुङ, महासचिव रुपा आङ्बुहाङ र भारत सिक्किमको तर्फबाट अध्यक्ष मोनिकुमार सुब्बाले हस्ताक्षर गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मुन्धुमविद येहाङ लावती, किरात याक्थुङ चुम्लुङ संघीय अध्यक्ष प्रेम येक्तेन, बोर्डका संयोजक ज्योतिराज राई, किरात राई चलचित्रकर्मि संघका महासचिव किरण राई, पुर्व जर्णेल होमित लावती, चुम्लुङ्का पुर्व केन्द्रीय अध्यक्ष तथा प्रोफेसर अर्जुन नुगो, चलचित्र निर्मात्री कल्पना योङ्हाङ, संस्कृतिविद गोविन्द आङ्बुङ लगायत सिक्किम र नेपालवीच भएको सम्बन्धनपत्रको प्रसंसा गरेका थिए ।

चलचित्रसंग सम्बद्ध साझा उदेश्यहरुमा सहकार्य गरेर अघि बड्ने चाेक सयङका महासचिव रुपा आङ्बुहाङ्ले बताईन् ।

हेर्नुहाेस् सम्झाैता पत्रः

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...