सरकारको अपरिपक्क र गैरजिम्मेवार व्यवहारले झडप : महासंघ

 लिम्बुवान खबर
                       

काठमाडाैं। नेपाल आदिवासी जनजाति महासंघले सरकारको अपरिपक्त र गैरजिम्मेवार व्यवहारका कारण रातो मत्स्येन्द्रनाथ जात्रामा झडप भएको बताएको छ ।

बिहीबार ललितपुरको पुल्चोकमा स्थानीय नेवार समुदायले जात्रा सञ्चालनलाई निरन्तरता दिने प्रयास अनुरुप मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा प्रहरी प्रशासनबाट बल प्रयोग गरिएपछि प्रहरी र स्थानीयबिच झडप भएको थियो ।

महासंघका अध्यक्ष जगत बरामले बिहीबार राति एक विज्ञप्ति जारी गरी वर्षौदेखि चलिआएको जात्रा सञ्चालनबारे सरकारले समयमै निकास नदिएको र जात्रा सञ्चालन गर्न खोज्दा पुजारी, भक्तजन, संस्कृति तथा सम्पदाप्रेमी र स्थानीय नेवार समुदायमाथि अनावश्यक दमन गरेको बताएका छन् ।

कोभिड–१९को महामारी भए पनि सुरक्षाका उपाय अपनाउँदै जात्रा सञ्चालनका लागि पुजारी, गुठियार, भक्तजन र संस्कृतिप्रेमीहरुले पटक पटक स्थानीय सरकार, स्थानीय प्रशासन, संघीय सरकार र राष्ट्रप्रमुखहरुलाई व्यवस्था मिलाइदिन आग्रह गर्दा पनि सरकारले समयमै ठोस निकास नदिदा झडपको स्थिति पैदा भएको महासंघले जनाएको छ ।

महासंघले स्थिति झन् खराब हुन सक्ने भन्दै तत्काल सरोकारवाला पक्षहरुसँग छलफल गरी निकास दिन सरकारसँग आग्रह गरेको छ भने झडपको क्रममा पक्राउ परेकाहरुलाई विनासर्त रिहाई गर्न माग गरेको छ ।

बिहीबार पुल्चोकमा झडप हुँदा आक्रोशित भिडले एकजना ट्राफिक प्रहरीमाथि निर्मम कुटपिट गरेको थियो । उक्त घटनाको भिडियो हेर्नेहरुले सामाजिक सञ्जालमा आलोचना गरिरहेका छन् ।

पुल्चोकमा प्रहरीले भिड हटाउनका लागि पानीको फोहोरा, लाठीचार्ज, अश्रुग्यास प्रहार गरेको थियो भने जात्रा पक्षधरहरुले प्रहरीको गाडीमाथि तोडफोड र ढुंगामुढा गरेका थिए ।

 

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...