आइतबार थप १ हजार ३९ जनामा कोरोना पुष्टि, १ हजार १७३ जना निको भए

 लिम्बुवान खबर
                       

झापा। नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३९ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनले जनाएकाे छ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, खोटाङका २, झापाका १, मोरङका ७१, सुनसरीका ३, धनुषाका १४, पर्साका ४, बाराका ४, महोत्तरीका ३, रौतहटका १, महोत्तरीका ३, रौतहटका १, सप्तरीका २, सर्लाहीका २२, सिराहाका ३, काठमाडौँका ४८३, काभ्रेका १, चितवनका २७, धादिङका ३४, नुवाकोटका ९, भक्तपुरका ८१, रामेछापका २, ललितपुरका ३३, सिन्धुपाल्चोकका १, कास्कीका ७, गोर्खाका ७, तनहुँका ७, नवलपरासीपुर्वका २०, लमजुङका २७, स्याङजाका ५, कपिलवस्तुका ४, गुल्मीका २, दाङका १, नवलपरासीका ८, पाल्पाका १, प्युठानका २, बर्दियाका ६१, बाँकेका १७, रुपन्देहीका ३१, जुम्लाका २, दैलेखका १, रकुमपश्चिमका १, सुर्खेतका ७, अछामका २, कञ्चनपुरका १४, कैलालीका ७, तथा डढेलधुराका ३ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार १ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३८ हजार ६ सय ९७ पुगेको छ।

पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६५  जनाको पीसीआर परीक्षण भएको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार १ सय १७ रहेको छ। ६ हजार ५ सय ३६ जना क्वारेन्टिनमा छन्।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...