ताप्लेजुङमा साँस्कृतिक पुर्नजागरण अभियान समिति गठनसंगै पहिलाे चरणकाे अभियान सम्पन्न

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ। सहअस्तित्वलाई स्वीकार गर्दै, प्राकृतिक, मौलिक नामको संरक्षण, खोज तथा अनुसन्धान गर्ने उद्धेश्यले सञ्चालित साँस्कृतिक पुर्नजागरण अभियानले बुधबार ताप्लेजुङमा समिति गठन गरेसंगै पहिलाे चरणकाे अभियान सम्पन्न भएकाे छ । ज्ञानु फुरुम्बो चरपेको संयोजकत्वमा बिभिन्न बिभागसहित २५ सदस्यीय साँस्कृतिक पुर्नजागरण अभियान समिति गठन गरिएको हो ।

सह-संयोजक हाङमाया लेछर्बो, सचिब सरोज कंलिबा र कोषाध्यक्ष प्रदीप मादेन, थाङबेन मेन्छिङ नबिन फुरुम्बो, भूपू सैनिक बिभाग पूर्ण पालुङवा, महिला बिभाग सीताकुमारी केदेम अन्छङबो र सूचना तथा सञ्चार बिभाग आलोक माबोहाङ लिम्बू चुनिए । त्यस्तै, बिद्यार्थी, बिज्ञान तथा प्रविधि, तुम्याहाङ, बिज्ञ र अनुसन्धान बिभागका संयोजक चुन्न बाँकी रहेकाे छ ।

तुम्याहाङ प्रथाको संरक्षणसहित बिभिन्न लिम्बुवान क्षेत्रमा रहेका मौलिक नाम, प्राकृतिक सम्पदाको संरक्षण तथा सम्बद्र्धन गर्नको लागि यो अभियान संचालन गरिएको अभियान प्रस्तोता दिलेन्द्र कुरुम्बाङले बताए । कुरुम्बाङले साँस्कृतिक पुर्नजागरण अभियानको प्रस्तावना, उद्धेश्य, क्षेत्र, सांगठनिक प्रारुप, दृष्टि र लक्क्षय सहित बिबिध विषयमा स्पष्ट पारे ।

कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्बर प्रशेस संसाद प्रताप प्रकास हाङ्गामले साँस्कृतिक पुर्नजागरण अभियानले ल्याएका, गरेका र उद्धेश्य प्राप्तिको लागि सबै क्षेत्रबाट आफ्नो नैतिक, भौतिक र नीतिगत ऐक्यबद्धता रहेको बताए । त्यस्तै, कार्यक्रमका अतिथि १ नम्बर प्रदेश संसद विष्णु तुम्बाहाङफेले पनि अभियानप्रति ऐक्यबद्धतासहित हरतवरबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । आफूले खेल्न सक्ने भूमिका र अभियानभन्दा टाढा रहन नसक्ने पनि बताए ।

अभियानको केन्द्रीय संयोजक तथा कार्यक्रम अध्यक्ष मधु केरुङले लिम्बुवान भूमिको सम्पूणै अपभ्रंश गरिएका र नाम परिवर्तन गरिएको भूगोल, क्षेत्र, धार्मिकस्थल र गाउँ, पहाड, हिमाल, खोलानाला आदिलाई मौलिक र वास्तबिक नाम पुर्नस्थापनाको लागि जस्तोसुक्कै मुल्य चुकाउन पछि नहट्ने बताए । उनले भने -अभियानलाई कसैले चानचुने नआक्न पनि चेतावनी दिए ।

कार्यक्रममा, जिल्लाका थरगत संस्थाका प्रतिनीधि, तुम्याहाङ, कलाकार, साहित्कार, सञ्चारकर्मी र सरोकारवालाको उपस्थिति थियो । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको आयोजनामा स्थानीय चुम्लुङ र लिम्बूजन्य संस्थाहरुको सह-आयोजनामा सांस्कृतिक पुन जागरण अभियान आम भेला पहिलो चरणको कार्यक्रम लिम्बुवानको पान्थर फेदेन, झापाकाे दमक, तेह्रथुमकाे बसन्तपुर र ताप्लेजुङ फुङ्लिङ बजारमा सम्पन्न भएको हाे ।

सम्बन्धित समाचार

‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि लागु हुने

ललितपुर, ७ असार । लामो प्रतीक्षापछि माध्यमिक तहको याक्थुङ (लिम्बू) भाषा अध्ययनका लागि तयार गरिएको ‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि पठनपाठनमा लागू हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रअन्तर्गत मातृभाषा विषय समितिमा प्रस्तुत...

लिम्बु पत्रकार संघ पान्थर अध्यक्षमा रजनी हाङसरूम्बा

दमक, ७ असार । लिम्बू पत्रकार संघ पान्थरकाे अध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन्। शनिबार पान्थरकाे फेदेनमा सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनले हाङसरुम्बाको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला समिति  चयन गरेको हो। उक्त अधिवेशनबाट उपाध्यक्षमा भूपेन योङहाङ, सचिवमा इवारा जेबगु, सहसचिवमा मनेन्द्र केरुङ आहुती र कोषाध्यक्षमा सुष्मा हाङसरुम्बा सर्वसम्मत चयन भएका छन्। यस्तैगरी सदस्यहरूमा इच्छा लिम्बु, तागेरा तावाहाङ, अशाेक लावती र पदम दुःखी सम्बाहाम्फे चयन भएकाे नव निर्वाचित अध्यक्ष हाङसरूम्बाले बताइन् । त्यस्तै प्रदेश महाधिवेशन...

मुक्कुमलुङमा १० हजार विरुवा रोपियो

फुङलिङ, २ असार । ताप्लेजुङस्थित धार्मिक पर्यटकीय स्थल तथा याक्थुङहरुको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङमा १० हजार विरुवा रोपिएको छ । आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको आयोजनामा सयौं संख्यामा उपस्थित...

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...