ताप्लेजुङमा साँस्कृतिक पुर्नजागरण अभियान समिति गठनसंगै पहिलाे चरणकाे अभियान सम्पन्न

,   लिम्बुवान न्युज
                       

ताप्लेजुङ। सहअस्तित्वलाई स्वीकार गर्दै, प्राकृतिक, मौलिक नामको संरक्षण, खोज तथा अनुसन्धान गर्ने उद्धेश्यले सञ्चालित साँस्कृतिक पुर्नजागरण अभियानले बुधबार ताप्लेजुङमा समिति गठन गरेसंगै पहिलाे चरणकाे अभियान सम्पन्न भएकाे छ । ज्ञानु फुरुम्बो चरपेको संयोजकत्वमा बिभिन्न बिभागसहित २५ सदस्यीय साँस्कृतिक पुर्नजागरण अभियान समिति गठन गरिएको हो ।

सह-संयोजक हाङमाया लेछर्बो, सचिब सरोज कंलिबा र कोषाध्यक्ष प्रदीप मादेन, थाङबेन मेन्छिङ नबिन फुरुम्बो, भूपू सैनिक बिभाग पूर्ण पालुङवा, महिला बिभाग सीताकुमारी केदेम अन्छङबो र सूचना तथा सञ्चार बिभाग आलोक माबोहाङ लिम्बू चुनिए । त्यस्तै, बिद्यार्थी, बिज्ञान तथा प्रविधि, तुम्याहाङ, बिज्ञ र अनुसन्धान बिभागका संयोजक चुन्न बाँकी रहेकाे छ ।

तुम्याहाङ प्रथाको संरक्षणसहित बिभिन्न लिम्बुवान क्षेत्रमा रहेका मौलिक नाम, प्राकृतिक सम्पदाको संरक्षण तथा सम्बद्र्धन गर्नको लागि यो अभियान संचालन गरिएको अभियान प्रस्तोता दिलेन्द्र कुरुम्बाङले बताए । कुरुम्बाङले साँस्कृतिक पुर्नजागरण अभियानको प्रस्तावना, उद्धेश्य, क्षेत्र, सांगठनिक प्रारुप, दृष्टि र लक्क्षय सहित बिबिध विषयमा स्पष्ट पारे ।

कार्यक्रमका प्रमुख अतिथि तथा १ नम्बर प्रशेस संसाद प्रताप प्रकास हाङ्गामले साँस्कृतिक पुर्नजागरण अभियानले ल्याएका, गरेका र उद्धेश्य प्राप्तिको लागि सबै क्षेत्रबाट आफ्नो नैतिक, भौतिक र नीतिगत ऐक्यबद्धता रहेको बताए । त्यस्तै, कार्यक्रमका अतिथि १ नम्बर प्रदेश संसद विष्णु तुम्बाहाङफेले पनि अभियानप्रति ऐक्यबद्धतासहित हरतवरबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । आफूले खेल्न सक्ने भूमिका र अभियानभन्दा टाढा रहन नसक्ने पनि बताए ।

अभियानको केन्द्रीय संयोजक तथा कार्यक्रम अध्यक्ष मधु केरुङले लिम्बुवान भूमिको सम्पूणै अपभ्रंश गरिएका र नाम परिवर्तन गरिएको भूगोल, क्षेत्र, धार्मिकस्थल र गाउँ, पहाड, हिमाल, खोलानाला आदिलाई मौलिक र वास्तबिक नाम पुर्नस्थापनाको लागि जस्तोसुक्कै मुल्य चुकाउन पछि नहट्ने बताए । उनले भने -अभियानलाई कसैले चानचुने नआक्न पनि चेतावनी दिए ।

कार्यक्रममा, जिल्लाका थरगत संस्थाका प्रतिनीधि, तुम्याहाङ, कलाकार, साहित्कार, सञ्चारकर्मी र सरोकारवालाको उपस्थिति थियो । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको आयोजनामा स्थानीय चुम्लुङ र लिम्बूजन्य संस्थाहरुको सह-आयोजनामा सांस्कृतिक पुन जागरण अभियान आम भेला पहिलो चरणको कार्यक्रम लिम्बुवानको पान्थर फेदेन, झापाकाे दमक, तेह्रथुमकाे बसन्तपुर र ताप्लेजुङ फुङ्लिङ बजारमा सम्पन्न भएको हाे ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;