याक्थुङ् साहित्य प्रतिष्ठानको प्रथम साधारणसभा सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक। झापाको दमकमा याक्थुङ साहित्य प्रतिष्ठान (याक्थुङ साप्सक यम्बुगेन)को प्रथम साधारणसभा आज सम्पन्न भएको छ ।

दमक १ स्थित येहाङनगरको सिरिजङगा टोलमा किरात याक्थुङ चुम्लुङ दमक नगर समिति अध्यक्ष देबेन्द्र चेम्जोङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

बार्षिक साधारणसभाले कोषाध्यक्ष रचना लाओतीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र संस्थाका अध्यक्ष सेसेमी सेनाल्बोले प्रस्तुत गरेका बार्षिक प्रगति प्रतिवेदन सर्वसम्मतले पारित गरेको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष सेसेमी से नाल्बोको सभाध्यक्षता त्यसैगरी उपाध्यक्ष गुमान सिं सङबाङफेले स्वागत मन्तव्य र महासचिव सेसेहाङ् फियाकको संचालनमा सम्पन्न भएकाे  डिल्ली मुसाहाङले बताएका छन् ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...