विश्वको १०० जना प्रभावशाली महिलाको सूचिमा नेपाली चेली सपना रोका मगर

 लिम्बुवान न्युज
                       

काठमाडाैं। राम्राे काम गरेपछि तारिफ हुन्छ नै त्यसैले हाेला विश्वको १०० जना प्रभावशाली महिलाको सूचिमा नेपाली चेली सपना रोका मगर पर्न सफल भएकी छन् । बेलायतकाे ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी)ले तयार गरेको यस वर्षको १०० जना प्रभावशाली महिलाको सूचिमा म्याग्दीकी सपना परेकी हुन् ।

बीबीसीले मंगलबार यस वर्षको सूचि सार्वजनिक गरेको हो । जसमा नेपालमा बेवारिसे शव व्यवस्थापन गर्दै आएकी १८ वर्षीया सपनाको नाम पनि उल्लेख गरेकाे छ ।

सपनाले हालसम्म काठमाडौंको पशुपतिनाथ आर्यघाटमा तीन दर्जन भन्दा बढी बेवारिसे शव जलाइसकेकी छन् ।
उनले यो काम समाजसेवी विनयजंग बस्नेतसँग मिलेर गरिरहेकी हुन् ।

बीबीसीको सूचिमा फिनल्याण्डकी प्रधानमन्त्रीदेखि कोभिड–१९ विरुद्धको भ्याक्सिन निर्माणको नेतृत्व गरिरहेकी सारा गिल्बर्टसम्मका व्यक्तिहरु छन् । उनले विनयजंग बस्नेत अध्यक्ष रहेको बेवारिसे व्यवस्थापन तथा पुनर्जीवन केन्द्रमार्फत लकडाउनका बेला निःशुल्क खाना समेत खुवाउँदै आएकी छन् ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...