अन्तरबार्ता Archives - Limbuwan khabar https://limbuwankhabar.com/category/interview/ Newsportal from Eastern Nepal. Mon, 26 Oct 2020 06:32:33 +0000 en-US hourly 1 https://wordpress.org/?v=7.1 https://limbuwankhabar.com/wp-content/uploads/2020/08/cropped-lOGO-OF-Limbuwan-Khabar-1-32x32.png अन्तरबार्ता Archives - Limbuwan khabar https://limbuwankhabar.com/category/interview/ 32 32 दसैं मान्नेहरु कम्युनिष्ट हुनै सक्दैन : नेकपा नेता गजुरेल https://limbuwankhabar.com/10/2020/10111/ Mon, 26 Oct 2020 06:32:33 +0000 https://limbuwankhabar.com/?p=10111 काठमाडाैं। नेकपाका नेता हरिबोल गजुरेलले कम्युनिष्टहरुले दसैं नमान्ने बताएका छन् । कम्युनिष्टहरुले धर्मलाई अफिमको संज्ञा दिने भएकोले आफूले दसैं नमान्ने गरेको उनले बताए । पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको बहसमा नेता गजुरेलले यो कुरा बताएका हुन् । उनले भने, ‘दसैं मान्नेहरु कम्युनिष्ट हुनै सक्दैन । कम्युनिष्टले त धर्म र अध्यात्ममा विश्वास गर्दैन ।’ कम्युनिष्टहरु […]

The post दसैं मान्नेहरु कम्युनिष्ट हुनै सक्दैन : नेकपा नेता गजुरेल appeared first on Limbuwan khabar.

]]>
काठमाडाैं। नेकपाका नेता हरिबोल गजुरेलले कम्युनिष्टहरुले दसैं नमान्ने बताएका छन् । कम्युनिष्टहरुले धर्मलाई अफिमको संज्ञा दिने भएकोले आफूले दसैं नमान्ने गरेको उनले बताए ।

पत्रकार ऋषि धमलासँग नेपाली रेडियो नेटवर्कको बहसमा नेता गजुरेलले यो कुरा बताएका हुन् । उनले भने, ‘दसैं मान्नेहरु कम्युनिष्ट हुनै सक्दैन । कम्युनिष्टले त धर्म र अध्यात्ममा विश्वास गर्दैन ।’

कम्युनिष्टहरु भौतिकवादी हुने र भौतिकवादीले धार्मिक पर्व तथा क्रियाकलापमा विश्वास नगर्ने उनको भनाइ छ ।

सो क्रममा उनले आफू कहिल्यै मन्दिर नगएको र आगामी दिनमा पनि नजाने अठोट लिएको बताए । उनले आफूसहित नेकपाका धेरै नेताहरुले दसैं नमनाउने जानकारी दिए ।

तर जनताले धर्म मानेकोमा आफूहरुको कुनै आपत्ति नरहेको उनले प्रष्ट पारे ।

नेपालका कम्युनिष्ट नेता तथा कार्यकर्ताहरु अधिकांश बनावटी र देखावटी कम्युनिष्ट भएको उनको टिप्पणी छ । उनले आफ्ना अधिकांश कार्यकर्ता कम्युनिष्ट हुन नसकेको घुमाउरो पाराले उनले बताए । (सार्वजनिक बाट)

(सुनाै सम्वाद)

The post दसैं मान्नेहरु कम्युनिष्ट हुनै सक्दैन : नेकपा नेता गजुरेल appeared first on Limbuwan khabar.

]]>
सरकार पूरै असफल भयो : महेन्द्रकुमारी लिम्बू संघीय संसद https://limbuwankhabar.com/10/2020/10024/ Fri, 23 Oct 2020 03:15:50 +0000 https://limbuwankhabar.com/?p=10024 महेन्द्रकुमारी लिम्बू सङ्घीय संसदकी सदस्य (सांसद) एवम् नेपाली काङ्ग्रेस नेतृ हुन् । सांसद तथा पार्टीकी महासमिति सदस्य समेतरहेकी उनी मुलुकको संकट समाधानमा सरकार असफल भएको जिकीर गर्छिन् । संसदमा समसामयिक विषयमा आफ्नो अभिव्यक्ति राख्न पछि नपर्ने स्वभाव भएकी उनले संकट समाधानमा सवै राजनीतिक दललाई साथ लिएर अघि नबढे सम्म सरकारले दिशा नसमात्ने विचार राख्छिन् । […]

The post सरकार पूरै असफल भयो : महेन्द्रकुमारी लिम्बू संघीय संसद appeared first on Limbuwan khabar.

]]>

महेन्द्रकुमारी लिम्बू सङ्घीय संसदकी सदस्य (सांसद) एवम् नेपाली काङ्ग्रेस नेतृ हुन् । सांसद तथा पार्टीकी महासमिति सदस्य समेतरहेकी उनी मुलुकको संकट समाधानमा सरकार असफल भएको जिकीर गर्छिन् । संसदमा समसामयिक विषयमा आफ्नो अभिव्यक्ति राख्न पछि नपर्ने स्वभाव भएकी उनले संकट समाधानमा सवै राजनीतिक दललाई साथ लिएर अघि नबढे सम्म सरकारले दिशा नसमात्ने विचार राख्छिन् ।
प्रस्तुत छ ,दमक ८ निवासी सांसद लिम्बुसंग यिनै सेरोफेरोमा  सहकर्मी श्यामकृष्ण लम्सालले गरेको कुराकानी :

– मुलुकको वर्तमान अवस्थालाई कसरी हेर्नु भएको छ ?
मुलुक यतिबेला सङ्कटको अवस्था छ । कोरोना भाइरसको महामारीसंगै मुलुक जटिल मोडमा छ ।
–कस्तो जटिल अवस्था ? समाधान कसरी होला त ?
सरकार सञ्चालनका लागि जनादेश पाएको नेकपाको सरकार पूर्णरुपमा असफल भईसकेको छ । देशमा शुसासन दिन तथा समृद्धि दिने नारा यो सरकारले पूरा गर्लान भन्ने आधार समेत गुमाउदै गएको छ । कोरोना नियन्त्रणका नाममा भएको भ्रष्टचार वढेको छ । सरकारले सबै पार्टी समेटेर समाधान गर्नुपर्नेमा त्यो हुन सकेको छैन् ।
– प्रमुख प्रतिपक्षको भूमिका सशक्त भएन भनिन्छ नि ?
सरकारका गलत क्रियाकलापको सशक्त विरोध ग¥यौँ । सरकारले सदन नै स्थगित ग¥यो । यो कार्य नेपालको संसदीय इतिहास र परम्परा विपरीत कार्य हो ।
–सर्वोच्च अदालतले गरेको पूर्व डिआइजी रञ्जन कोइराला पक्षको फैसलालाई कसरी हेर्नु भएको छ ?
सर्वोच्च अदालतले न्याय दिन्छ भन्ने जुन विश्वास थियो, त्यो गुमेको अनुभव गरेको छु । यस फैसलालाई फुलबेन्च (पूर्ण इजलास)ले सुर्धाछ भन्ने आशा जनताले गरेको अवस्था छ ।
– नेपाली काङ्ग्रेस के गर्दैछ ?
नेपाली काङ्ग्रेस आफ्नो महाधिवेशनको तयारीमा लागेको अवस्थामा छ । साथै जनताका पिर मर्का, कोरोना भाइरस विरुद्धको अभियान, जनतालाई राहत पु¥याउने काममा पनि काङ्ग्रेस सक्रिय छ । नेपाली काङ्ग्रेसले जनहित र जनजीविकाको सवालमा सरकारलाई सचेत बनाउँदै घच्घच्याइरहेको छ । यही सन्दर्भमा हाम्रो पार्टी सभापतिले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेट गरेर पनि जनहितका काममा लाग्न आग्रह गरिरहनु भएको छ । तर सरकारले जनताको हित हुने कार्य गर्न सकेको छैन ।
– नेपाली काङ्ग्रेस गुट–उपगुटको दलदलमा फस्यो भनिन्छ नि ?
लामो प्रजातान्त्रिक इतिहास बोकेको लोकतान्त्रिक पार्टीमा बहस, छलफल हुनु स्वाभाविकै हो । विभिन्न राय परामर्श मतमतान्तर हुन्छन् । आगो पनि नठोसी बल्दैन । नेपाली जनताको भाग्य र भविष्य उज्ज्वल बनाउने पार्टी नेपाली काङ्ग्रेस नै हो । बीपीको प्रजातान्त्रिक समाजवाद अनुरुप काङ्ग्रेस अगाडि बढिरहने नै छ ।
–झापामा काङ्ग्रेसको अवस्था कस्तो छ ?
झापामा काङ्ग्रेस विगतभन्दा दिन प्रतिदिन सुध्रिँदै गएको अवस्थामा छ ।
–विकास निर्माणका काममा कत्तिको लाग्नु भएको छ ?
समानुपातिक सांसदलाई दिँदै आएको सांसद विकास कोषको रकम सबै काटिएको छ तथापि म व्यक्तिगत प्रयासबाट दमक, कमल, गौरादह, गौरीगञ्जमा सहयोग गरिरहेको छु । जनताको सेवामा समर्पित भइरहेकै छु । कोरोना भाइरस महामारीबाट बचाउन पनि म लागि परिरहेकै छु । व्यक्तिगत रुपमा सक्दो प्रयास गरिरहेकै छु ।
–भर्खरै वीपी स्मृति दिवस गयो, बीपीलाई कसरी सम्झनु हुन्छ ?
बीपीलाई नेपालको एक मात्र युगपुरुष ठान्दछु । उहाँकै आह्वानको २००७ सालको क्रान्तिमा मेरी मावली हजुरआमा जगु राई, पिता मुगाधन राईहरु लडेर प्रजातन्त्र ल्याएको इतिहास सम्झिँदा गर्वबोध हुन्छ । म वीपीलाई आफ्नो पितातुल्य ठान्दछु ।
–अन्तमा आफूलाई भन्न मन लागेको कुरा केही छ कि ?
अहिले विश्व कोरोना भाइरसको महामारीबाट त्रस्त छ । सरकारले गर्नुपर्ने काम प्रभावकारी ढङ्गले गर्न सकेको छैन । सरकार भ्रष्टाचारको दलदलमा दिनप्रतिदिन फँसिरहेको छ । यसबाट मुलुक अप्ठ्यारो परिस्थितिमा गुज्रिरहेको छ । यो कुराबाट सरकार मुक्त हुन सक्नुपर्छ । अर्को कुरा महामहिम राष्ट्रपति विद्यादेवी भण्डारीज्यू सबैको अभिभावक बन्न सक्नु भएन । उहाँ राष्ट्रको अभिभावक बन्न सक्नुपर्छ । यो हाम्रो आग्रह हो । अनुरोध पनि हो । राष्ट्रपतिको गरिमा बचाउन र त्यो संस्थाप्रति सबैको आस्था बचाउन पनि राष्ट्रपति निष्पक्ष र सबैको साझा सम्मानित संस्था हुनैपर्छ । राष्ट्रपति कम्युनिष्ट धङ्धङीबाट मुक्त हुनैपर्छ । उहाँ महिला भएर पनि महिला हितका लागि बोल्नु हुन्न । महिला माथि अन्याय अत्याचार हुँदा पनि उहाँ मौन बस्ने गर्नु भएको छ । जुन दुःखको कुरा हो । उहाँलाई म सबैको साझा र सम्मानित बन्न अनुरोध पनि गर्दछु ।

The post सरकार पूरै असफल भयो : महेन्द्रकुमारी लिम्बू संघीय संसद appeared first on Limbuwan khabar.

]]>
बेलायती सेना हुँदै कुशल राजनीतिज्ञ अनि सफल व्यवसायीसम्म– चन्द्र खापुङ्हाङ https://limbuwankhabar.com/08/2020/8881/ https://limbuwankhabar.com/08/2020/8881/#respond Sat, 29 Aug 2020 07:07:13 +0000 http://limbuwankhabar.com/?p=8881 चन्द्र खापुङहाङ् (उपाध्यक्ष) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल तपाईको पारिवारिक पृष्ठभूमि बताई दिनु हुन्छ कि ? मेरो ३ छोरा र १ छोरी छन् । श्रीमती चाहि यो संसारबाट विदा लिईसकेका हुन् । तपाई कति सालमा बेलायत सेनामा प्रवेश गर्नु भयो ? कति सालमा अवकाश हुनु भयो ? म २०३० सालमा बेलायत […]

The post बेलायती सेना हुँदै कुशल राजनीतिज्ञ अनि सफल व्यवसायीसम्म– चन्द्र खापुङ्हाङ appeared first on Limbuwan khabar.

]]>
चन्द्र खापुङहाङ् (उपाध्यक्ष) संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल तपाईको पारिवारिक पृष्ठभूमि बताई दिनु हुन्छ कि ? मेरो ३ छोरा र १ छोरी छन् । श्रीमती चाहि यो संसारबाट विदा लिईसकेका हुन् । तपाई कति सालमा बेलायत सेनामा प्रवेश गर्नु भयो ? कति सालमा अवकाश हुनु भयो ? म २०३० सालमा बेलायत सेनामा भर्ती भई २०४८ सालमा अवकास भएको हुँ । कतिसाल तिरबाट राजनीति शुरु गर्नुभयो ? कुन पार्टीबाट राजनीति शुरु गर्नु भयो त ? बेलायती सेनामा १८ बर्ष नोकरी गरि अवकास भएपछि अहिले धरानलाई कर्म थलो बनाईयो । साथै २०४८ सालबाट राजनीति यात्रा प्रारम्भ गरेको हो । राष्ट्रिय जनमुक्ति पार्टीबाटै राजनीति शुरु गरेको हो । जनमुक्ति पार्टीमा कुन कुन पदमा रहेर काम गर्नु भएको थियो ? मैले जनमुक्ति पार्टीको वार्ड, क्षेत्र, जिल्ला हुँदै केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्षसम्मको पदमा रहेर २८ बर्षसम्म काम गरियो । जनमुक्ति पार्टी परित्याग गर्नुको औचित्य नि ? पार्टीमा एक अर्का विच आपसी मनमुटाव हुन थालेपछि पार्टी दिनानुदिन कम्जोर हुँदै गएको तर नेतृत्व पक्ष कहिल्यै त्यसप्रति उद्धार नभएपछि पार्टी परित्याग गर्ने निर्णय गरियो । नेतृत्वसँग विचार एउटै भएपनि भावना नमिलेर नै छोडियो । ठूल–ठूला दलहरु छन् तर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल मै किन प्रवेश गर्नु भयो ? ठूला दलहरु भनेको नेपालमा न विचार छ, न सिद्धान्त छ, खाली त्यहाँ स्वार्थमात्रै छ । हामी जस्तो जातीय पहिचान र अस्तित्व बोकेका व्यक्तिहरु त्यहाँ अटाउन सिकन्न बरु आफ्नो पहिचान अस्तित्व नै मिल्ने दल भनेकै अहिलेको समय सापेक्ष संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च भएकोले यो पार्टी मै आफ्नो अस्तित्व कायम होला भन्ने लागेर प्रवेश गरियो । अबको आन्दोलन पहिचान र अस्तित्वको निमित्त नै हुने भएकोले आफूले लामो राजनीति यही मुद्दाको लागि गरेको हुँदा यो पार्टी रोजियो । लिम्बुवान राजनीतिमा आउँदा आफूलाई कस्तो महसुस गरिरहनु भएको छ त ? जनमुक्ति पार्टीमा २८ बर्ष लामो समय विताईयो। त्यहाँ पनि संघात्मक शासन र पहिचानको विषयमै राजनैतिक वकालत गरियो । अब मञ्चले उठाएको मुद्दा पनि यहि हो हिजो भन्दा आज अलिकति फरक ढंगले कुरा उठाएपनि मञ्च र लिम्बुवानको विचार र सिद्धान्त नै उचित लाग्यो र यहि पार्टीमा प्रवेश गरेर यहिबाट अरु राजनैतिक समय विताउने निर्णय गरेको छु । अब, यस संघीय मञ्च तथा लिम्बुवान मञ्चमा तपाईको भूमिका के रहने छ र तपाईको आगामी पार्टीलाई कस्तो योगदान रहने छ त ? यो पार्टीले दिएको जिम्मेवारी इमानदारीताका साथ पुरा गर्नेछु । पार्टीलाई नैतिक, भौतिक र आर्थिक रुपमा के कस्तो सहयोग गर्नुपर्ने त्यो सबै गर्ने प्रण गरेको छु । लिम्बुवान मञ्चले चार बर्षे कार्य योजना ल्याउँदै छ, त्यसमा तपाईको विचार कस्तो रहेको छ अलिकति प्रष्ट पारिदिनु भए हुन्थ्यो कि ? यो पार्टी पूर्वमा अति सक्रिय पार्टीको रुपमा विकसित भईरहेको छ । यो मञ्चले हालैमात्र ४ बर्षे कार्ययोजना पारित गरेको छ । यो अत्यन्तै समयसापेक्ष आएको छ, यो कार्य योजना पुरा गरेमा लिम्बुवान मञ्च र संघीय मञ्चले देशमा नयाँ उच्चाई लिनेछ भन्ने मलाई लागिरहेको हुँदा यो कार्ययोजना लागू गर्न तमाम लिम्बुवानवासीमा म अनुरोध गर्न चाहान्छु । संघीयवादी र संघीय विरोधी शक्ति बिच अहिले ठूलो खाडल देखिन्छ त्यसमा तपाईको धारण प्रष्ट पारिदिनु हुन्छ कि ? सांघीयवादी र संघीय विरोधी विच ठूलो खाडल छ । यो विभेदको अन्त्य गरिनु पर्दछ । देशमा दुई लाईन बनेको देखिन्छ । संघीय पहिचानवादी र संघीय विरोधी शक्तिहरु जबसम्म सबै जाती, वर्गहरु विच समानताको आँखाले हेर्न सकिन्दैन यो भई नै रहन्छ तर आफ्नो अस्तित्व कायम गर्न सबै एक हुनु जरुरी छ । पहिचानवादी दलहरुलाई जातीय र क्षेत्रीय पार्टीको रुपमा हेरिन्छ, तपाईको यसमा के धारण छ ? ठूला एकात्मकवादी दलहरुले साना दलहरुलाई हेर्ने आँखा सानै हुन्छ र नै पहिचानवादी दलहरुलाई सानो देख्छन् र जातीय पार्टी र क्षेत्रीय पार्टीको रुपमा हेर्ने गर्छन् यो कुरा हामीले चिरेर जानु पर्छ । हामीले जनताहरुलाई कन्भेन्स गरेर संघीय मञ्च राष्ट्रिय पार्टी र लिम्बुवान मञ्च प्रान्तीय पार्टी भनेर स्पष्ट पार्नु हाम्रो कर्तव्य हो । मञ्चको १०+१ प्रान्तको अवधारणलाई राष्ट्रिय रुपमा अगाडि बढाउन सक्रिय हुने सोच बनाएको छु । तपाई धरान सुनसरीमा एक सफल व्यवसायीको रुपमा चिनिनु हुन्छ ? तपाई व्यवसायमा कसरी सफल हुनु भयो ? बेलायत सेनाबाट अवकास भएपछि धरानमा आएर बसियो । यहाँ बस्ने क्रममा व्यवसायमा हात हालियो । अहिले एउटा होटल, पानी फ्याक्ट्री, सुन पसल, गाई फर्म, सहकारी संस्था र आई.एम.ई. रेमिटेन्स संचालन गरिरहेको छु । अब व्यवसाय सफल हुनुमा परिवारले पनि राम्रै साथ दिएका छन् । साथीभाई इष्टमित्रको पनि हात छ । राजनीति र व्यवसायलाई सँगै डोरयाउदा तपाईलाई कस्तो अनुभूत हुन्छ ? चुनौतीहरु पनि छन् होला नी ? अब राजनीति गर्नु त्यति सजिलो छैन, पैसाको पनि उत्तिकै आवश्यकता छ, त्यसैले व्यवसायसँगै लाने सोच बनाएर अगाडि बढियो । चुनौती त छ नै, अब करोडौं पैसा लगानी भएपछि व्यावसाय ढुब्न पनि त सक्छ भन्ने हो तर सबैको साथ सहयोगले हालसम्म समय मिलाएर अगाडि बढिरहेको छु । अन्त्यमा, केही भन्नु छ कि ? देशको अवस्था अनुसार अगाडि बढ्नेछु, अब पुरानो पार्टीको साथीहरु नयाँमा आउन हिच्किचाउँछन् तर मेरो अनुरोध सबैलाई यस संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा लिम्बुवानमा आउन आग्रह गर्दछु । यो नै पहिचानवादीहरुको एक मात्र पार्टी हुन सक्छ । साथै साझा लिम्बुवान पत्रिकाले मलाई आफ्नो विचार अभिव्यक्त गर्ने अवसर दिनुभएकोमा धेरै धेरै यस पत्रिका परिवारलाई धन्यवाद छ । (साझा लिम्बुवान मासिकबाट साभार)

The post बेलायती सेना हुँदै कुशल राजनीतिज्ञ अनि सफल व्यवसायीसम्म– चन्द्र खापुङ्हाङ appeared first on Limbuwan khabar.

]]>
https://limbuwankhabar.com/08/2020/8881/feed/ 0
तमुवान बेगरको तमु भाषा जरा बेगरको रुखजस्तै हुन्छ https://limbuwankhabar.com/08/2020/8822/ https://limbuwankhabar.com/08/2020/8822/#respond Thu, 27 Aug 2020 04:37:48 +0000 http://limbuwankhabar.com/?p=8822 तपाईं तमु गुरुङ समुदायको व्यक्ति, तर लिम्बुवान आन्दोलनको उच्च नेतृत्वमा हुनुहुन्छ, यसपछि निकै लामो राजनैतिक यात्रा होला ? म तमु गुरुङ भएकोले मेरो पुख्र्यौली थलो तमुवान नै हो। तमुवानबाट पुर्खाहरु लिम्बुवानको संखुवासभामा आएर बसोबास गरें र म त्यही जन्मिएँ, हुर्किएँ। युवा हँुदै गएपछि प्रगतिशील आन्दोलनले छुयो। २०४६ सालको परिवर्तनपछि बर्गीय समस्या भन्दा नेपालमा जातीय समस्या […]

The post तमुवान बेगरको तमु भाषा जरा बेगरको रुखजस्तै हुन्छ appeared first on Limbuwan khabar.

]]>
तपाईं तमु गुरुङ समुदायको व्यक्ति, तर लिम्बुवान आन्दोलनको उच्च नेतृत्वमा हुनुहुन्छ, यसपछि निकै लामो राजनैतिक यात्रा होला ?
म तमु गुरुङ भएकोले मेरो पुख्र्यौली थलो तमुवान नै हो। तमुवानबाट पुर्खाहरु लिम्बुवानको संखुवासभामा आएर बसोबास गरें र म त्यही जन्मिएँ, हुर्किएँ। युवा हँुदै गएपछि प्रगतिशील आन्दोलनले छुयो। २०४६ सालको परिवर्तनपछि बर्गीय समस्या भन्दा नेपालमा जातीय समस्या नै प्रधान छ भन्ने चेत खुल्यो। त्यसपछि जनजाति पार्टी, जनमुक्ति पार्टी, जनमुक्ति पार्टी, नेपाल हुँदै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालको संस्थापकहरु मध्येमा आफू पनि परियो।
म पोखरामा जन्मेको भए तमुवान आन्दोलनको नेता हुन्थें, सिन्धुपाल्चोकमा जन्मिएको भए तामाङसालिङको नेता हुन्थें, र लिम्बुवानमा जन्मेको हुनाले लिम्बुवानको नेता, कार्यकर्ता भएको छु। हामी पहिचानवादीहरुले आफू जहाँ जन्म्यो त्यहाँको पहिचानको आन्दोलनलाई साथ दिनु हाम्रो कर्तव्य हुन आउँछ ।
हाम्रो आदिवासी समुदायमा कतिपयले भन्छन्, ‘हाम्रो भाषाको मात्र उन्नति हुनुपर्छ, कतिपयले धर्मको मात्र, कतिपयले आर्थिक उन्नति, शैक्षिक उन्नति गर्न सकियो भने भै गयो नि यो लिम्बुवान, तमुवानजस्तो जटिल विषय न उठाए पनि हुन्छ।’ फेरि कतिपयले भन्छन्, ‘होइन तमुवान, लिम्बुवानको कुरा प्रमुखताको साथ उठाउनु पर्छ।’ यी बिषयहरुमा तपाईंको विचार के छ ?
सबैभन्दा मुख्य कुरा पानीको लागि मूल, रुखको लागि जरा र आदिवासी समुदायको लागि जमिन वा माटोको सवाल नै प्रमुख हुन्छ। किनकि, तमुवान भूमिमा नै तमु भाषा र संस्कृति, लिम्बुवान भूमिमा नै लिम्बु भाषा र संस्कृति विकास भएको हुन्छ, त्यसैले तमु भाषा, मगर भाषाको लागि त्यो भाषा उत्पत्ति भएको भूमि सबै भन्दा महत्वपूर्ण हुन्छ। त्यसैले भाषा, संस्कृति, धर्मको पनि सवाल हो। तर, यी सबै भन्दा पनि महत्वपूर्ण सवाल आदिवासीको पुख्र्यौली थातथलो वा तमुवान, मगरात, लिम्बुवान, खशान आदि हुन्छ। हामीले हाम्रो आन्दोलनको उच्चतम लक्ष्य तमुवान, लिम्बुवानलाई नै लक्षित गर्नुपर्छ। नत्र तमुवानबेगरको तमु भाषा, लिम्बुवानबेगरको लिम्बु संस्कृति मूलबेगरको खोला, जराबेगरको रुखजस्तै हुन्छ।
                 ज्ञानबहादुर गुरुङ
तपाईं लिम्बुवान आन्दोलनको नेतृत्वमा रहेर लिम्बुवान आन्दोलन हाँकिरहँदा तमुवान आन्दोलनलाई पनि सहयोग गरिरहेको छु जस्तो लाग्छ कि?
ठीक भन्नुभयो । म जब पनि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान मञ्च, नेपालले आव्हान गरेको आन्दोलनहरुमा टाउकोमा कफन बाँधेर सडकमा उत्रन्छु, त्यसबेला मेरो मनमा सधैं त्यही सोच आउँछ, ‘म लिम्बुवान आन्दोलनमार्फत् तमुवानलगायत सम्पूर्ण १०+१ प्रान्तको आन्दोलनलाई सहयोग गरिरहेको छु। लिम्बुवान आन्दोलन शसक्त बनाउन सकियो भने तमुवान आन्दोलनलगायत पहिचानको आन्दोलनहरुलाई सकारात्मक असर पर्छ। पहिचानको आन्दोलनहरु एक आपसमा अन्तर सम्बन्धित हुन्छन्, त्यसैले पहिचानको आन्दोलनहरुलाई एक आपसमा जोडेर लानुपर्छ। (सहअस्तित्व आवाज मासिकबाट)

The post तमुवान बेगरको तमु भाषा जरा बेगरको रुखजस्तै हुन्छ appeared first on Limbuwan khabar.

]]>
https://limbuwankhabar.com/08/2020/8822/feed/ 0