महामुर्खले ल्याए ‘मुन्धुम परम बिज्ञान’

 लिम्बुवान न्युज
                       

काठमाडौ। इलाम चुलाचुलीका थाङ्साङ लावती ‘महामुर्ख’ले चौथो कृतिको रुपमा ‘मुन्धुम परम बिज्ञान’ नामक कृति सार्वजनिक गरेका छन् । आज किरात याक्थुङ् चुम्लुङ्को भवनमा पुस्तकको सार्वजनिक गरिएको हो ।

याक्थुङ लेखक संघ उपत्यका समितिको आयोजनामा सम्पन्न कार्यक्रममा राजनैतिक विष्लेशक तथा लेखक युग पाठक, प्राध्यापकहरु बालकृष्ण माबुहाङ, अमर तुम्याङ, टंक सेलिङ, किरात याक्थुङ चुम्लुङ्का अध्यक्ष योगराज वनेम र डिबि आङ्बुङले किताबमाथी टिप्पणी गरेका थिए ।

कार्यक्रममा डा.चन्द्रकुमार शेर्मा, लिम्बू साँस्कृतिक परिषदका केन्द्रीय अध्यक्ष गोबिन्द आङ्बुङ, नेता खगेन्द्र माखिम, कवि बिमला तुम्खेवा, लेखक तथा चलचित्रकर्मी सागर केरुङ र पदम चेन्जी माबोले लेखकको गहकिलो पुस्तकमाथि शुभकामना मन्तव्य राखेका थिए ।

डेढ दशक अघि मुन्धुम प्रति बढी अध्ययन गर्नु हुने महामुर्ख पछिल्लो केही समय पहिचानको राजनीतिसँग जोडिएर राजनीतिमा सक्रिय रहेता पनि उनको लेखन भने रोकिएको छैन । उनका तीन कृतिहरु ‘फल्गुनन्द रोइरहेका छन्’, ‘फल्गुनन्दको बाटोमा’ र ‘मुन्धुमको धनीहरु कस्तुरी भएको छ’ प्रकाशित भईसकेका छन् ।

मुन्धुमविद् लावती हाल संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्चका महासचिव हुन् ।

 

 

सम्बन्धित समाचार

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...

लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...