लाइफलाइन अस्पतालको नयाँ अध्यक्षमा – डा. मुक्तिनाथ भट्टराई

,   लिम्बुवान न्युज
                       

दमक। दुई दशक अघि स्थापना भएको दमककै पुरानो अस्पताल लाईफलाईन अस्पताल प्रालिले नयाँ नेतृत्व पाएको छ । अस्पतालको २२ औं साधारणसभाले डा. मुक्तिनाथ भट्टराईको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो ।

मंगलबार सम्पन्न सधारणसभाबाट डा. भट्टराईको अध्यक्षतामा बनेको नयाँ सञ्चालक समिति सदस्यहरुमा डा. तिलकचन्द्र शाह, डा. सुर्य नारायण शाह, भीम प्रसाद पौडेल, बालचन्द्र सुब्बा, प्रेम बहादुर देवकोटा, देवकी देवी भट्टराई, बिक्रम कुमार साह र राजकुमार भट्टराई रहेका छन् ।

२०५६ सालमा दमक ५ मा स्थापना भएको सो अस्पतालमा हाल एक सय बेड रहेका छन् । सिटिईभिटीबाट सम्बद्धन भएका कक्षाहरु समेत सो अस्पतालमा संचालित छन् ।

सो अस्पतालले हालैमात्र थेरापी सेवा समेत सुरु गरेको छ । साधारण सभाको अवसर पारेर शुरु गरिएको सो सेवाको अस्पतालका संस्थापक अध्यक्ष शेरबहादुर भट्टराईले उदघाटन् गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;