किरात समुदायको कक्फेवा तङ्नाम र थारुहरुको माघीपर्व धुमधाम मनाइदैं

 लिम्बुवान न्युज
                       

दमक। आज माघ १ गते मक्कर संक्रान्ति अथवा किरातीहरुको यले तङ्बे ५०८१ नयाँ बर्ष मान्ने प्रचलन छ भने आज लिम्बु समुदायहरुले कक्फेवा तङ्नामलाई सांस्कृतिक चार्डको रुपमा मान्ने गर्दछन् । त्यसैगरी माघी पर्वको रुपमा आज थारु समुदायहरुले पनि हर्सोल्लासका साथ यो चार्ड मनाउने गर्छन् ।

किरातीहरुमा आजको दिन विभिन्न नदीहरुमा गएर मक्कर नुहाउने अनि मौसमी फलफूल, तरुल लगायतका खानेकुराहरु बनाएर खाने र रमाईलो गर्ने चलन रहेको छ । त्यसैगरी पूर्वकै चर्चित कन्काई माईमा आज हिन्दुधर्मावलम्बीहरुको पनि भिड लाग्ने गरेको छ । यो बर्ष मेला नलगाउने जिल्ला प्रशासन झापाले जनाएको छ भने किरात धर्मावलम्बीहरुले पनि कन्काई नदी किनारको फुलुङ्गी, लगायत विभिन्न धार्मिक क्षेत्रमा मानाउँदै आइरहेको यो चार्ड कोरोनाका कारण नहुने जनाएका छन् ।

किराती जातीले मान्दै आएको नयाँ बर्ष आजबाट शुरु भएको छ । किरातीहरुको प्रथम राजा यलम्बरलाई आधार मान्दै किरातीहरुले आफ्नो छुट्टै सम्वत् निर्धारण गरिएको जानकारहरु बताउँछन् । आजभन्दा पाँचहजार बर्ष अघि किराती राजा यलम्बरले नेपालमा शासन गरेको इतिहास पाइन्छ ।

यसैगरी थारू समुदायको नयाँ वर्ष अर्थात् माघीपर्व शुरु भएको छ । आजबाट ५ दिनसम्म थारुहरुले धुमधामका साथ यो पर्वलाई मान्ने गरेका छन् । बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूलाबडाकहाँ गएर आशीर्वाद लिने थारू परम्परा रहेको छ ।

बेलुका घरमा ठूला मुढा बालेर धुनी जगाउँछन् । धुनीको चारैतिर घरपरिवार र पाहुना बसेर खानपिन गर्छन् । यस दिनदेखि पाँच दिनसम्म उनीहरुले आफू स्वतन्त्र भएको अनुभव गर्छन् । यस अवसरमा सक्नेहरु चारधाम जाने र नसक्नेले नजिकको तीर्थमा गई गच्छेअनुसार दीनदुःखीलाई दान गर्ने चलन छ । कुनै कारणवश श्राद्ध कर्म रोकिएकाहरुले आजैका दिन श्राद्ध गर्नुपर्छ भन्ने मान्यता रहेको छ ।

आज थारु गाउँमा मुखियाँ चुन्ने परम्परा पनि छ । आज चुनिएका मुखियाँ अर्को बर्षसम्म चुनिएका हुन्छन् र पुनः नयाँ परिवर्तन गर्ने चलन यि जातीहरुको रहेको छ । चुनिएका मुखियाँले गरेको सहमति १ बर्षसम्म मान्नु पर्ने हुन्छ । यो प्रथालाई थारुहरुले माघी देवानी भन्छन् ।

थारुहरुले पुषमै चामल र मासको दालले बनेको खिचडी आज खाने परम्प्रा छ । माघीको साइतमा बसाईसराई, विवाह र यात्रा नगर्ने चलन पनि थारुहरुको रहेको छ ।

नेपाल सरकारले वि.सं. २०७२ साउन २ गते कमैया प्रथा उन्मूलन निर्णय गरेर सँगै माघ १ गतेदेखि कार्यान्वयनमा ल्याएपछि यस पर्वलाई स्वतन्त्रता दिवसका रूपमा समेत मनाइन्छ । त्यसपछि हाल माघ १ गतेका दिन थारू समुदायले अझ बृहतरुपमा माघी पर्व मनाउन थालेका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;