लिम्बुवान मञ्चको पान्थर जिल्ला अधिवेशन फाल्गुन दोस्रो सातामा

,   लिम्बुवान न्युज
                       

फेदेन। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपाल पान्थरको जिल्ला अधिवेशन फागुन दोस्रो सातामा हुने भएको छ ।
आज फान्दरको फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशन फागुनको १४, १५ र १६ गते फिदिममा गर्ने जनाइएको हो ।

गत साल नै अधिवेशन गर्ने तय भएता पनि अधिवेशन कोरोना महामारीले पर सरेको थियो । पत्रकार सम्मेलनमा अधिवेशनबारे जानकारी दिँदै कार्यवाहक अध्यक्ष चन्द्रराज आङदेम्बेले यो पटक सबै तयारी गरेर अधिवेशन सक्नेछौ बताएका छन् ।

अधिवेशन तयारीका लागि पुस २९ र माघ १ गते बसेको बैठकले निणर्य लिएको थियो । अधिवेशनका लागि गाउँपालिका र नगरपालिकाबाट ५/५ जना प्रतिनिधि, ३/३ जना पर्यवेक्षक र सबै वडाहरुबाट २/२ जना प्रतिनिधि र एक/एक जना पर्यवेक्षक सहभागी हुने पत्रकार सम्मेलनमा बितरित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

पत्रकार सम्मेलनमा मञ्चका प्रन्तीय महासचिव संगम खनाल, महिला नेतृ सुनिता केरुङ, जिल्ला नेता मधु केरुङ्, विद्यार्थी नेता नुनाम केरुङ्, लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;