लिम्बुवान मञ्चको पान्थर जिल्ला अधिवेशन फाल्गुन दोस्रो सातामा

 लिम्बुवान न्युज
                       

फेदेन। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपाल पान्थरको जिल्ला अधिवेशन फागुन दोस्रो सातामा हुने भएको छ ।
आज फान्दरको फिदिममा पत्रकार सम्मेलनको आयोजना गर्दै अधिवेशन फागुनको १४, १५ र १६ गते फिदिममा गर्ने जनाइएको हो ।

गत साल नै अधिवेशन गर्ने तय भएता पनि अधिवेशन कोरोना महामारीले पर सरेको थियो । पत्रकार सम्मेलनमा अधिवेशनबारे जानकारी दिँदै कार्यवाहक अध्यक्ष चन्द्रराज आङदेम्बेले यो पटक सबै तयारी गरेर अधिवेशन सक्नेछौ बताएका छन् ।

अधिवेशन तयारीका लागि पुस २९ र माघ १ गते बसेको बैठकले निणर्य लिएको थियो । अधिवेशनका लागि गाउँपालिका र नगरपालिकाबाट ५/५ जना प्रतिनिधि, ३/३ जना पर्यवेक्षक र सबै वडाहरुबाट २/२ जना प्रतिनिधि र एक/एक जना पर्यवेक्षक सहभागी हुने पत्रकार सम्मेलनमा बितरित प्रेस बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।

पत्रकार सम्मेलनमा मञ्चका प्रन्तीय महासचिव संगम खनाल, महिला नेतृ सुनिता केरुङ, जिल्ला नेता मधु केरुङ्, विद्यार्थी नेता नुनाम केरुङ्, लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...