नेपाल स्टार टप ५ का प्रतिस्पर्धी लक्ष्मण लिम्बु धरानमा

 लिम्बुवान न्युज
                       

धरान। सुनसरी चुम्लुङ् हिम धरानमा नेपाल टेलिभिजनबाट प्रसारित वाईवाई नेपाल स्टारको टप ५ मा पर्न सफल लक्ष्मण लिम्बुले आफ्नो प्रस्तुति दिएका छन् ।

“कला र संस्कृतिलाई सम्बृद्धि बनाऔं, गायक लक्ष्मण लिम्बुलाई जिताऊ” भन्ने नाराका साथ चुम्लुङ् हिममा लक्ष्मण लिम्बु जिताउन अभियान तथा प्रसार प्रसार समितिले सांगीतिक कार्यक्रम गरेको हो ।

गायक लिम्बूले विभिन्न गीत गाएर मनोरञ्जन दिएका छन् । उनले आफूलाई नेपाल स्टारको टप ५ बाट ४ हुँदै फिनालीसम्म पु¥याउन दर्शकसँग भोट मागेका थिए ।

वाईवाई नेपाल स्टार जिताउन तपाई स्रोताहरुको हात रहेकोले भोटको अपिल गरेका छन् । गायक लिम्वुलाई भोटिङ गर्ने समय प्रत्येक शनिबार देखि विहिबार राती १२ बजे सम्म रहेको छ । भोटिङ गर्न मोवाइलको मेसेज बक्समा NS07 मा टाईप गरी ३३००१ मा सेण्ड गर्न अनुरोध गर्दै गायक लिम्बुले इ–सेवा, खल्ती र आईएमई पे मार्फत पनि भोट गर्न अनुरोध गरे । त्यसैगरी नेपाल टेलिभिजन एप डाउन लोड गरेर पनि भोटिङ गर्न सकिने कार्यक्रम आयोजकले जनाएको छ ।

सेसेलुङ च्याब्रुङ् क्लव इटहरीले लक्ष्मण लिम्बु जिताउ अभियान कार्यक्रमको आयोजना गरेको हो भने व्यवस्थापन किरात याक्थुङ चुम्लुङ धरान नगर समितिले गरेको नगर सदस्य तिर्थ मादेम्वाले बताए ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...