निर्वाचन आयोगद्वारा मध्यावधि चुनावको बारेमा दलहरुसँग परामर्श

,   लिम्बुवान न्युज
                       

काठमाडौं । निर्वाचन आयोगले आयोगले मध्यावधि निर्वाचनका लागि गरिरहेको कामको बारे जानकारी दिन दलहरुसँग परामर्श गरेको छ । निर्वाचन आयोगले आइतबार ११ वटा राजनैतिक दलका प्रतिनिधिहरुसँग प्रतिनिधिसभा विघटन भएपश्चात वैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचन बारे छलफल गरेको हो ।

बैठकमा आयोगले आगामी माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ । तर, प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरिएतापनि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सर्वोच्चअदालतमा परेको मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ ।

छलफलमा नेकपा प्रचण्ड–माधव समूहका नेता नेताले संसद विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन भएकाले निर्वाचन कार्यक्रम अगाडि बढाउन नहुने तर्क गरेका छन् । यो समूहले न्याय परिषद्ले सरुवा गर्नुपर्ने आयोगका कर्मचारी सरकारले सरुवा गरेको विषय पनि उठाएको छ । हामीठोकुवाका साथ भन्छौं निर्वाचन हुँदैन, निश्पक्ष ढंगले निर्वाचन गराउन पनि आयोगले नसक्ने उने बताए ।

यता निर्वाचन आयोगले सबै कार्यविधिहरु तयारी भईरहेको चुनावमा १८ बर्ष पुरा भएका मतदातालाई मतदान गर्न सुनिश्चित गराउने, विदेशमा भएका नागरिकलाई समेत मतदानमा सहभागी गराउने र कोरोना प्रोटोलको विषयमा पनि बैठकमा छलफल भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;