निर्वाचन आयोगद्वारा मध्यावधि चुनावको बारेमा दलहरुसँग परामर्श

 लिम्बुवान न्युज
                       

काठमाडौं । निर्वाचन आयोगले आयोगले मध्यावधि निर्वाचनका लागि गरिरहेको कामको बारे जानकारी दिन दलहरुसँग परामर्श गरेको छ । निर्वाचन आयोगले आइतबार ११ वटा राजनैतिक दलका प्रतिनिधिहरुसँग प्रतिनिधिसभा विघटन भएपश्चात वैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचन बारे छलफल गरेको हो ।

बैठकमा आयोगले आगामी माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने प्रस्ताव गरेको छ । तर, प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरिएतापनि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सर्वोच्चअदालतमा परेको मुद्दा संवैधानिक इजलासमा विचाराधीन छ ।

छलफलमा नेकपा प्रचण्ड–माधव समूहका नेता नेताले संसद विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन भएकाले निर्वाचन कार्यक्रम अगाडि बढाउन नहुने तर्क गरेका छन् । यो समूहले न्याय परिषद्ले सरुवा गर्नुपर्ने आयोगका कर्मचारी सरकारले सरुवा गरेको विषय पनि उठाएको छ । हामीठोकुवाका साथ भन्छौं निर्वाचन हुँदैन, निश्पक्ष ढंगले निर्वाचन गराउन पनि आयोगले नसक्ने उने बताए ।

यता निर्वाचन आयोगले सबै कार्यविधिहरु तयारी भईरहेको चुनावमा १८ बर्ष पुरा भएका मतदातालाई मतदान गर्न सुनिश्चित गराउने, विदेशमा भएका नागरिकलाई समेत मतदानमा सहभागी गराउने र कोरोना प्रोटोलको विषयमा पनि बैठकमा छलफल भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...