मुसाहाङ् बंशको तेस्रो ताप्लेजुङ् जिल्ला अधिबेशन सम्पन्न

,   लिम्बुवान न्युज
                       

ताप्लेजुङ्। मुसाहाङ बंश उत्थान प्रतिष्ठान ताप्लेजुङको शाखा समितिको तेस्रो जिल्ला अधिबेशन सम्पन्न भएको छ । प्रतिष्ठानका केन्द्रीय अध्यक्ष विष्णुराज मुसाहाङ् लिम्बुको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो ।

ताप्लेजुङको मैवाखोला–२ माङजारामा सम्पन्न अधिबेशनले कुल बहादुर मुसाहाङको अध्यक्षतामा ७ सदस्यीय समिति चयन गरेको छ । समितिको उपाध्यक्षमा सरु मुसाहाङ, सचिवमा चरण मुसाहाङ, सह–सचिवमा बाल सिं मुसाहाङ र कोषाध्यक्षमा राज मुसाहाङ निर्वाचित भएका छन् । त्यसैगरी सदस्यहरुमा आइत ब. मुसाहाङ र संगीता मुसाहाङ चयन भएका छन् ।

उक्त अधिबेशनमा प्रतिष्ठानका केन्द्रीय महासचिव डिल्लीश्वर मुसाहाङ अम्याङसा, केन्द्रीय सदस्य भिम बहादुर मुसाहाङ, केन्द्रीय सल्लाहकार चन्द्रपाल मुसाहाङ, काठमाडौं उपत्यकाका उपाध्यक्ष आइत बहादुर मुसाहाङ त्यसैगरी चरण मुसाहाङ, सन्च बहादुर मुसाहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

शाखा अधिवेशन कार्यक्रम प्रतिष्ठानका ताप्लेजङ् अध्यक्ष कुल बहादुर मुसाहाङको अध्यक्षतामा भएको थियो भने जिल्ला उपाध्यक्ष चन्द्रकला मुसाहाङले स्वागत मन्तव्य र सचिब बाल सिं मुसाहाङले संचालनमा सम्पन्न भएको प्रतिष्ठानका महासचिव तथा संचारकर्मी अम्याङ्सा जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;