चुम्लुङ् झापाको अधिवेशन फागुन २८ र २९ मा हुने

 लिम्बुवान न्युज
                       

झापा । किरात याक्थुङ् चुम्लुङ झापाको ११ औ जिल्ला अधिवेशन आगामी फागुन २८ र २९ गते विर्तामोडमा हुने भएको छ । सोमबार बसेको नियमित जिल्ला कार्य समितिको बैठकले जिल्ला अधिबेशनको मिति तय गरेको हो ।

चुम्लुङ झापा जिल्लाले जिल्ला अन्तर्गतका नगर र गाउँ शाखाहरुले आगामी फागुन १५ गतेभित्र नगर वा गाउँ अधिवेशन सम्पन्न गरि सक्नुपर्ने समेत निर्णय गरिएको जिल्ला सह–सचिव कविन्द्र सेर्मा लिम्बुले जानकारी दिएका छन् ।

चुम्लुङको विधानत ३ वर्षमा जिल्ला अधिवेशन सम्पन्न गर्नुपर्ने प्रावधान अनुरुप झापा जिल्लाको पनि कार्यवधि यहि फागुन दोस्रो साता सकिने भएकाले जिल्ला शाखालाई अध्यावधिक गर्दै लैजानका लागि समयमै जिल्ला अधिवेशन सम्पन्न गर्न लागिएको जिल्ला अध्यक्ष भक्त खेवाङ्ले जानकारी दिए ।

जिल्ला अधिबेशनका लागि यहि माघ मसान्तभित्र जिल्लाभित्रका साधारण सदस्य, आजीवन सदस्य, संरक्षक सदस्य र विशिष्ठ संरक्षक सदस्यहरुको यथार्थ संख्याको अध्यावधिक समेत गरिसक्ने निर्णय भएको कावा अध्यक्ष सेसेहाङ् फियाकले बताए ।

सम्बन्धित समाचार

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...

लिम्बू थरगत (याक्थुङ सयङ) थुमको भेलाले १५ बुँदे निर्णय गर्यो सार्वजनिक

ललितपुर, २ मङ्सिर / लिम्बू थरगत (याक्थुङ सयङ) थुम समितिहरुको यासःक् भेला तथा बैठक विभिन्न १५ बुँदे निर्णय गर्दै आइतबार सम्पन्न भएको छ। पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा कार्तिक २८ र २९ गते दुई दिनसम्म...

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...