मोरङका दलितहरु संघीय मञ्चको १०+१ अवधारणमा आकर्षित हुँदै

 लिम्बुवान न्युज
                       

मोरङ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको १०+१ प्रान्तीय अवधारणमा मोरङका दलितहरु आकर्षित भएका छन् । मञ्चले संघीय दलित मुक्ति मञ्च, नेपाल नामक प्रान्तीय मञ्चलाई +१ को रुपमा गैरभौगोलिक दलित प्रान्तको अवधारणा लिई दलित मुक्तिको एक मात्र राजनैतिक विकल्प भएको जिकीर गर्दै मञ्चले देश व्यापी संगठन विस्तारमा तिब्रता दिएको छ ।

संघीय मञ्चका अध्यक्ष कुमार लिङ्देन मिराकले साठी लाख दलितमा राज्यले अपमान गरेको हुँदा मञ्चले दलित शिल्पी जाति माथिको अपमान सहन नसकेर नै पार्टीको विधानमै गैरभौगोलिक प्रान्तको रुपमा दलित शिल्पी प्रान्त बनाउन आफूहरु निरन्तर आवाज उठाईरहेको बताए । मञ्चले जबसम्म दलित सिल्पी माथी राज्यले दमन गरिरहन्छ तबसम्म दलितको कहिल्यै मुक्ति नहुने बताउँदै त्यसको लागि नै मञ्चले आफ्नो राजनीतिक एजेण्डामा दलितका पहिलो प्राथामिकता दिईएको स्पष्ट पारेका छन् । मोरङकाे रंगेलीमा दलित अगुवाहरुलाई आफू दलितको हरेक मुद्दासँग जोडिन चाहेको बताए । दलित माथिको व्यवहार हामीलाई अमान्य छ, राज्यले जाती जाति विचको सम्बन्धमा ल्याएको विभेदको नीति अन्त्य गर्न आफू राजनीतिमा आएको हो – अध्यक्ष लिङ्देनले भने ।

संघीय मञ्चले मेचीकाली अभियान अन्तर्गत देशव्यापी रुपमा दलित मुक्तिको निमित्त मञ्चले छुट्टै राजनीतिक प्याकेज ल्याएको हुँदा आफूहरु संघीय मञ्च प्रति विश्वस्त भएको संघीय दलित मुक्ति मञ्चकी महासचिव शर्मिला वागचन्दले बताइन् । जबसम्म दलितहरुलाई राज्यको हरेक निकायमा जातिय जनसंख्याको आधारमा सुनिश्चित गरिदैन सरकार विरुद्ध निरन्तर संघर्ष गर्ने उनको भनाइ रहेको छ ।

यसैक्रममा शुक्रबार मोरङकाे रंगेली वडा नं. १ मा रामचन्द्र ऋषिदेवको संयोजकत्वमा १५ सदस्यीय संघीय दलित मुक्ति मञ्च वडा कमिटी गठन भएको छ । समितिको सह–संयोजकमा शुसील ऋषिदेव, सचिवमा अशोक ऋषिदेव चयन भएका छन् भने सदस्यहरुमा रमानन्द ऋषिदेव, प्रकाश ऋषिदेव, दिपचन ऋषिदेव, मंगली देवी शर्मा, शान्तिदेवी ऋषिदेव, जगदेव ऋषिदेव, सानेल हस्दाह, मायावती महतो, प्रयाग ऋषिदेव, सीताराम सरदार, शनिश्चल कुमार सरदार र पुरोषतम ऋषिदेव रहेका छन् । दलित नेता संघीय दलित मुक्ति मञ्चका उपाध्यक्ष बलराम सदाको विशेष पहलमा कार्यक्रम सम्पन्न भएको हो ।

यसैगरी पथरीशनिश्चरे वडा नं. २ मा पनि बरुन दर्नालको संयोजकत्वमा ११ सदस्यीय समिति गठन भएको छ । उक्त समितिको सदस्यहरुमा सरोज दर्जी, श्याम पैराइ, अम्बिका दर्जी, राजमान दर्जी, पुष्पराज दर्जी, डोमा दर्जी, टीका लक्ष्मी दर्जी, गीता परियार, सिर्जना दर्नाल, कविता विश्वकर्मा र मान बहादुर दर्जी रहेका छन् ।

कार्यक्रममा संघीय लिम्बुवान मञ्चका महासचिव शान्ता याेङहाङ, संघीय मञ्चका अर्थ संयाेजक विष्णु यक्साे, संघीय सदस्यहरू चन्द्र कन्दवा, सुर्य लिम्बु, माेरङ जिल्ला अध्यक्ष दिलु लिङ्देन लावतीकाे समेत उपस्थिति रहेकाे थियाे ।

 

 

 

सम्बन्धित समाचार

निर्वाचन आयोगले फाल्गुन २१मा हुने प्रतिनिधि सभा निर्वाचनको तालिका गर्यो सार्वजनिक

ललितपुर, मङ्सिर १ / निर्वाचन आयोगले फागुन २१ गतेका लागि ताकिएको प्रतिनिधि सभा निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। आइतबार आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभा निर्वाचनका लागि पहिलो हुने निर्वाचित...

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...