
काठमाडौं, २२ पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको दोस्रो प्रादेशिक महाधिवेशनबाट अध्यक्षमा युवराज श्रेष्ठ निर्वाचित भएका छन् ।
विहीबार सम्पन्न कार्यक्रमले समितिको उपाध्यक्षहरुमा राजेश रुम्बा र डोल्मा शेर्पा, महासचिवमा श्याम राना मगर त्यसैगरी संगठन सचिवमा शिशिर दोङ र संस्थागत सचिवमा राजु नापित त्यसैगरी कोषाध्यक्षमा शंकर श्रेष्ठ निर्वाचित भएका छन् ।
यसरी नै समितिको सदस्यहरुमा मिना श्रेष्ठ, कमला तामाङ, पासाङ शेर्पा, पुर्णबहादुर मगर, उद्दवकुमार श्रेष्ठ, अर्बिन्द्रमान सिंह, सरोज लामा, पासाङ घिसिङ निर्वाचिन भएका छन् । त्यस्तै गरी संस्थागत सदस्यहरुमा रबिन्द्र सिन्हाली मगर, दिक्की डोल्मा शेर्पा, फुर्वा तामाङ, सन्जय चौधरी, हिरालाल गुरुङ रहेका छन् ।
लेखा समितिको संयोजकमा राजेन्द्र मानन्धर र सदस्यहरुमा दोलख गुरुङ र राकेश चौधरी रहेका छन् । यसरी नै अनुशासन समितिमा संयोजक बाबुकाजी श्रेष्ठ, सदस्यहरूमा रिदेन महर्जन, रसिया श्रेष्ठ रहेका छन् ।
महाधिवेशनले संघीय महाधिवेशन प्रतिनिधिमा पेमा लामा, पुर्णभक्त दुवाल र सम्झना श्रेष्ठलाई चयन गरेको फोनिजका संघीय सचिव मिलन लिम्बुले बताएका छन् ।