रुक्साना द भ्वाइस किड्सको टप फाइनलमा प्रवेश, द भ्वइसको स्टेज लिम्बुमय बन्यो

 लिम्बुवान न्युज
                       

काठमाडौं, २५ पुष । नेपालको चर्चित रियालिटी शो ‘भ्वइस अफ किड्स’को शनिबारको शो लिम्बू भाषा, संस्कृति र लिम्बू भेषभूषामय भएको छ ।

फाइनल राउण्डमा पुग्नु अघि टप १६ को प्रस्तुतिमा प्रतियोगी रुक्साना लिम्बूले भ्वइसको स्टेज नै लिम्बू संस्कृतिमय बनाएकी हुन् ।

लिम्बुले टप ८ मा प्रवेश गर्नै लाग्दा पहिलो अन्तरा लिम्बु भाषाको ‘खेप्सेम्मे खेप्सेम्मे तेङ्जुमसे’ बोलको गीतले स्टेज लिम्बु भाषामय बनेको थियो । जितेन राईको चर्चित पूर्वेली लोक गीत ‘मालिङ्गो काटी नि लैलै विनायो बाजा’ वोलको गीत प्रस्तुत गरेकी थिइन् । जुन प्रस्तुतीलाई दर्शक तथा कोचहरुले अत्याधिक मन पराएका थिए भने चारै जना कोचहरु छमछमी नाचेका थिए । सबैले उनको प्रस्तुतीको उच्च प्रशंसा गरेका छन् ।

रुक्सानाको लिम्बूमय प्रस्तुती त्यातिमै सिमित रहेन उनले लगाएको लिम्बू ड्रेस (ढाकाको कपडा) नाकको डुंग्री, साम्याङ फुङ, चन्द्रहार, कण्ठ लगायतको भेषले स्टेजको चमक नै अर्कै बनाएको थियो । मौलिक पहिचान झल्कने पोशाकले स्टेज चम्किएको थियो ।

भ्वइस किड्सको स्टेज रुक्सानाको प्रस्तुतीको प्रसंसा गर्दै भाषा संस्कृति रुची राख्ने कोच राजु लामाले आफ्नो भाषा संस्कृति नरहे हामी मान्छे मात्रै रहेर अर्थ नहुने भन्दै उनको प्रस्तुतीसँगैको भाषा र भेषभूषाको समेत प्रशंसा गरेका थिए ।

यसैगरी अर्की कोच मिलनले त झनै स्टेजमै लिम्बू भाषाको गीत गाएर झनै लिम्बू मय बनाइ दिएका थिए । उनले पनि रुक्सानाको प्रस्तुती र भेषको उच्च प्रशंसा गरिन् ।

रुक्सानाको आफ्नै कोच प्रमोद खरेलले पनि रुक्सानाको प्रस्तुती र भाषा, भूषालाई प्रशंसा गर्दै स्टेज लिम्बू संस्कृतिमय बनाउन कुनै कन्जुस्याइ गरेनन् । उनले लिम्बू भाषाबाटै रुक्सानासँग कुराकानी गरे ।

उनले स्टेजमै रुक्सानालाई लिम्बू भाषाबाट भने, ‘तिम्रो प्रस्तुतिले मेरो मन प्रसन्नभयो । सँगै भने आखे केल बे हौँ ? प्रश्नमा रुक्सानाले भनिन् नु आ हौँ ।’ कोच प्रमोदले रुक्साना गाउँनुसँगै सिकाएका कुराहरु छिटै सिक्ने खुवी भएको बताए ।

स्टेजमा अझ रमाइलो के थियो भने रुक्सानाको प्रस्तुतीबा बेला लिम्बू कल्चरल ड्रेसमा दायाँबायाँ उभिएका युवतीहरुका कारण झनै आकर्षक बनेको थियो । अझै रोचक त झन रुक्सानाले लगाएका सबै लिम्बू गहनालाई के के भनिन्छ भनेर होस्ट शुशिल नेपालले सोध्छन् ।

रुक्सानाले विन कुनै रोकावट फरर भन्छन् । नेपालका युवा युवतीले आफ्नो भाषा संस्कृती र भेषभूषा विर्सिदै जाँदा आफ्नो भेषभूषा र भाषा प्रति यतिको ठूलो ज्ञान हुने पक्कै पनि सानो कुरा होइन ।

गत शनिबारको प्रस्तुतिको आधारमा आएको भोटका आधारमा रुक्साना लिम्बू टप ८ मा प्रवेश गरेकी छन् । अब आगामी शनिबार एकै पटक भ्वइस किड्सको विजेता घोषणा गरिने आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

पोक्लाबाङ यकको अतिक्रमण रोक्न माग

फेदाप, २ माघ । पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थाम्रुङ फेदापको प्रथम साधारणसभा सम्पन्न भएपछि आज संस्थाको पारित रणनीति तथा कार्यक्रमहरु प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेको छ । आइतबार सम्पन्न साधारणसभाले फेदाप क्षेत्रका ऐतिहासिक भुमिहरुलाई जिवन्त...

इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलबाट हवाई उडान सुरु हुने

इलाम, २ माघ । इलामको फाल्गुनन्द–सुकिलम्बा विमानस्थलबाट उडान सुरुहुने भएको छ । यहि ८ फागुनदेखि इलाम काठमाडौं उडान हुने भएको हो । काठमाडौं–इलाम–काठमाडौं उडानको लागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ । साताको...

आगलागी पिढीतलाई राहत हस्तान्तरण

पाँचथर, २ माघ । फालेलुङ् ३स्थित ताङ्लेपाका आगलागी पिढीत पूर्ण केरुङ्लाई राहत हस्तान्तरण गरिएको छ । गत पुष १४ गते केरुङ्को घर जलेर नस्ट भएको थियो । आइतबार संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान प्रान्तीय...

पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङको प्रथम साधारणसभा सम्पन्न

सेसेहाङ चोङबाङ, तेह्रथुम । फेदाप, १ माघ । पोक्लाबाङ यक माङ्गेन्ना लुङ्धुङ थाम्रुङ फेदापको प्रथम साधारणसभा सम्पन्न भएके छ । फेदाप पोक्लाबाङ स्पोर्टिङ क्लबको सभाहलमा आयोजित साधारणसभा बृहतरुपले सम्पन्न भएको हो । १८ थरी लिम्बुहरुले...