जोर्डनमा तामाङसालिङ मञ्च गठन

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २६ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय तामाङसालिङ प्रान्तीय मञ्च अन्तर्गत संघीय तामाङसालिङ सामाजिक मञ्च जोर्डन गठन भएको छ । आज सम्पन्न एक कार्यक्रममा आशा दोङ तामाङकाे अध्यक्षतामा कार्यसमिति गठन भएको हो ।

समितिको उपाध्यक्षहरुमा अभिषेक तामाङ्, पासाङ तामाङ, निमा लामा, महासचिवमा सुमन तामाङ घिसिङ, उपमहासचिव माया तामाङ, र सचिवमा अनुसा तामाङ् चयन भएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा युकेश तामाङ, वीरबहादुर तामाङ गोले, रुजी लामा, सुशिल योञ्जन, लोप्सङ थुप्तेन, माया शेर्पा, मिलन तामाङ बोम्जन, साईला तामाङ्, अनिल तामाङ् बोम्जन, जेसुम माया तामाङ्, अनिता तामाङ् र जुनु तामाङ् चयन भएका छन् ।

तामाङसालिङ मञ्चका अध्यक्ष मिङमार लामाका अनुसार अब अन्य प्रवासहरुमा पनि निरन्तर गठन गर्ने बताए । तामाङसालिङ् स्वायत्तता प्राप्तिको लागि प्रवासमा रहेकाहरुसँग जोडिन पनि प्रवासमा समिति गठन गरिएको उनले बताए ।

 

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...