इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थलबाट हवाई उडान सुरु हुने

,   लिम्बुवान न्युज
                       

इलाम, २ माघ । इलामको फाल्गुनन्द–सुकिलम्बा विमानस्थलबाट उडान सुरुहुने भएको छ । यहि ८ फागुनदेखि इलाम काठमाडौं उडान हुने भएको हो । काठमाडौं–इलाम–काठमाडौं उडानको लागि तारा एयरलाइन्स र इलाम नगरपालिकाबीच सम्झौता भएको छ । साताको प्रत्येक आइतबार उडान गर्ने गरी नगरपालिका र तारा एयरलाइन्स बीच सम्झौता भएको हो ।

नगरपालिका र एयरलाइन्सका बीचमा भएको सम्झौता अनुसार आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी इलाम नगरपालिकाले गर्नुपर्नेछ । ११ जना यात्रु नपुगे अपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नु पर्नेछ । हवाई यात्राको लागि एकतर्फी भाडा आठ हजार ७०० कायम गरिएको छ ।

त्यस्तै उडानको लागि विमानस्थलमा आवश्यक कर्मचारीको व्यवस्थापन र भूमिस्थल सेवाको व्यवस्था पनि नगरपालिकाले गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

नगरपालिका र तारा एयरलाइन्सका बिचमा भएको सम्झौता १२ उडान अर्थात् तीन महिनाको लागि भएको हो । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलको सञ्चालन र यहाँबाट हवाई यात्रा गर्ने बानीको विकासको लागि नगरपालिकाले एयरलाइन्ससँग सम्झौता गरेको इलाम नगरपालिकाका प्रमुख बस्नेत बताउँछन् ।

तीन महिनासम्म नियमित उडानमा यात्रुको चाप पुगे उडान दिगो हुने उनको भनाई छ । ‘तीन महिनाको ट्रायल फ्लाइट चल्यो भने नियमित रूपमा चल्छ, नभए चल्दैन भन्ने एयरलाइन्स कम्पनीका साथीहरूको कनक्लुजन छ’, बस्नेतले भने, ‘यो विमानस्थल जनस्तरबाटै सुरु भएको हो । जुन अपेक्षाबाट पैसा हालिएको थियो त्यो अपेक्षा पुरा होस भन्ने हामी चाहन्छौ ।’

इलामबाट नियमित उडानको लागि नगरपालिकाले हवाई उडानको लागि सहुलियत दिने भएको छ । हवाई यात्राको एकतर्फी टिकट गर्दा नगरपालिकाले ‘टु वे टिकट’को व्यवस्था गरिदिने भएको हो । यस्तो सहुलियत इलाम नगरपालिका क्षेत्रका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बेपारी र खेलाडीले प्राप्त गर्नेछन् ।

विमानस्थलबाट नियमित उडान भएमा इलामको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्नेछ । इलाममा हवाई यात्रा नहुँदा यहाँ आउन चाहने पर्यटकहरू पनि लामो यात्रा गर्नुपर्ने झन्झटले पनि इलाम नआउने गरेको सरोकारवाला बताउँछन् । फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसहरूलाई हवाई यात्राको लागि सहज हुनेछ ।

फाल्गुनन्द सुकिलुम्बा विमानस्थल निर्माण पुरा भएको पाँच महिना वित्दा पनि उडान सुरु भएको थिएन । विमानस्थल बनाउन सुरु भएको दश वर्षमा मात्रै निर्माण पुरा भएको हो । २०५८ सालमा नै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो । विमानस्थल बनाउने प्रक्रिया थालेको दश वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थल निर्माण पुरा भएको हो ।

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;