प्रदेश १ को नामकरण भूगोल कि पहिचान ?

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ७ माघ । ६ वटा प्रदेशको नामकरण पश्चात १ नं. प्रदेशको नाम टुंगो लगाउन प्रदेशसभामाथि दबाब बढेको छ । प्रदेश सरकारले पनि आउँदोे प्रदेशसभा अधिवेशनबाट प्रदेश नामाकरणको विषय टुंग्याउने गृहकार्य थालेको बुझिएको छ ।

दुईतिहाई बहुमतका साथ प्रदेश नम्बर २ सरकारले नामाकरण र राजधानी टुङ्गो लगाएसँगै प्रदेश नं. १ सरकारले पनि आन्तरिक गृहकार्य थालेको स्रोतले बताएको छ । नेपालका सातमध्ये पाँच प्रदेशले यस अघि नै भूगोलका आधारमा नामाकरण टुङ्गो लगाइसकेका थिए ।

प्रदेश नं. २ ले ‘पहिचानको आधारमा’ नामाकरण गर्न सफल भएको खुशीयालीमा १ दिन सार्वजनिक छुट्टी नै प्रदेश सरकारले दिएको थियो । प्रदेशको नामकरण पहिचानको आधारमा घोषणा भएसँगै पहिचान पक्षधरहरुलाई राहत मिलेको बताइन्छ । लामोसमय देखि पहिचानको मुद्दालाई संस्थागत गर्न लागेका दलहरुलाई उत्साहित बनाएको बताउँछन् ।

भूगोलका आधारमा यसअघि नै बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम नामकरण गरिसकेका छन् । कार्यकाल सकिन एक वर्षमात्र बाँकी छँदा गत सोमबार मात्रै प्रदेश नं. २ को प्रदेशसभाले स्थायी राजधानी जनकपुर र नामको नाम– ‘मधेश प्रदेश’ टुङ्गो लगाएको हो । सत्ता पक्ष र प्रतिपक्षका सबैले मधेशको पक्ष भोट हालेका थिए ।

प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले २० माघभित्र बस्ने भनिएको प्रदेशसभाको हिउँदे अधिवेशनमा सहमति जुटाएर नामाकरणको विषय छिनोफानो गर्ने तयारी रहेको बताएका छन् । सातमध्ये ६ प्रदेशको नामकरण भइसकेपछि प्रदेश १ सरकारले पनि आगामी हिउँदे अधिवेशनबाट नामाकरण गर्ने तयारी थालेको हो ।

आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले एमालेले साथ दिए नामकरणको विषय सजिलै टुङ्गो लाग्ने बताए । पहिचानकै आधारमा नामकरण हुने उन्नको तर्क छ ।

प्रदेश नं. १ का तत्कालीन मुख्यमन्त्री शेरधन राई नेतृत्वको सरकारले २३ वैशाख २०७५ मा प्रदेशको राजधानी विराटनगर टुङ्गो लगाएको थियो । त्यसको दुई दिनपछि १९ वैशाख ०७५ मा बसेको बैठकमा राजधानी र नामकरणका लागि प्रस्ताव पेश गरिएकोमा चार दिनपछि विराटनगरलाई राजधानी कायम गर्न सफल भए पनि नामकरण भने हुन सकेको थिएन ।

मुख्यमन्त्री राईले संसदको पाँचौं अधिवेशनबाटै नामकरण टुङ्गो लगाउने भरपुर प्रयास गरेका थिए । तर, सबैको अपनत्व हुने र सबैले शीरोधार्य गर्नसक्ने खालको नाम नभेटिएपछि नामाकरणको विषयले त्यतिबेला औपचारिकता पाएन । त्यसयता प्रदेशको नामकरणको विषय अन्यौलझैँ बनेको छ । मुलुक संघीय संरचनामा रुपान्तरण भएको पाँच वर्ष व्यतित हुन लाग्दासमेत प्रदेश नं. १ को मात्रै नामकरण हुन सकेको छैन् ।

राजनितिक दलहरुबीच अहिले पनि प्रदेशको नामकरणको विषयमा सहमति जुटन सकेको छैन । प्रदेशको नामकरण भूगोलको आधारमा गर्ने वा बहुपहिचानका आधारमा गर्ने विषयको अन्यौल हाल पनि जारी नै रहेको छ ।

प्रदेशको नामकरणको सवालमा हाल किरात, सगरमाथा र कोशी नाम बढि चर्चामा रहेको छ । प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र कुमार राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले विभिन्न कार्यक्रममा प्रदेश १ को नाम किराँत हुनुपर्ने सार्वजनिक अभिव्यक्ति समेत दिइसकेका छन् । यसर्थ जातीय पहिचान र सांस्कृति पहिचान अथवा भौगोलिक पहिचानको आधारमा नामकरण हुने हो त्यो भने अझै टुंगो लागेको देखिदैन ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेशको नाम ‘लिम्बुवान’ राख्नुपर्ने माग विगत १६ बर्ष देखि नै राख्दै आएको छ । २०६२ साल देखि नै नेपाल बहुभाषिक, बुहधार्मिक, बुहसांस्कृतिक र बहुजातीय बसोबास रहेको मुलुक भएको हुँदा यहाँको ऐतिहासिक विरासतलाई व्याख्या गर्दै ऐतिहासिक जातीय पहिचानको आधारमा लिम्बुवान किरात खम्बुवान राज्य नामकरण गरिने पर्ने बताउँदै आइरहेको छ । लामो समय देखि आन्दोलनरत दल मञ्चले संघीय लिम्बुवान मञ्च, नेपालको ब्यानरबाट प्रदेश १ का हजारौं कोणसभा, आमसभा गर्दै जातीय पहिचानले मात्र नेपालमा समृद्धि हुने र नयाँ नेपाल बन्ने अडान लिएर आन्दोलन गरिरहेको छ । हाल प्रदेश १ मा १ जना सांसद रहेको यो पार्टीले प्रदेश १ को गठबन्धन सरकारमा सहभागी भएको दल पनि हो ।

त्यस्तै अर्को पहिचानवादी दल जसका संसदीय दलका नेता सरकारका सामाजिक विकासमन्त्री एवं जयराम यादव प्रदेशको नामकरण जातीय पहिचानको आधारमा नभई ऐतिहासिक महत्व झल्किने किसिमको हुनुपर्ने बताउँछन् । उनको धारणामा अलिकति विरोधाभास भएको बुझिन्छ । पार्टीको आधाकिराकि धारणा पहिचानको पक्षमा नै नामकरण हुने पर्ने बताइएको छ ।

प्रदेशको नाममा आर्थिक, सामाजिक, राजनीतिक र बहु–सांस्कृतिक विविधता लगायतका विषयवस्तुहरु समेटिनुपर्ने उनको भनाइ छ । उनी भन्छन्, “प्रदेशको नामकरण पहिचानकै आधारमा हुनुपर्छ। तर, त्यसले कुनै एउटा जातजाति वा धर्म–सम्प्रदायलाई नेतृत्व गर्नुहुँदैन । नाम समावेशी प्रकृतिको हुनुपर्छ ।”

१४ जिल्ला, २८ निर्वाचन क्षेत्र, ५६ प्रदेश निर्वाचन क्षेत्र र १३७ स्थानीय तह रहेको प्रदेश १ मा पहाडी र हिमाली जिल्लाको संख्या ११ तथा तराईका जिल्लाको संख्या तीन रहेको छ ।

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;