म्याङलुङमा लिम्बु भाषा कविता प्रतियोगिताः नरेन्द्र खापुङको कविता प्रथम

 लिम्बुवान न्युज
                       


तेह्रथुम, १८ पुष । तेह्रथुमको सदरमुकाम म्याङलुङमा सम्पन्न खुल्ला लिम्बु भाषा कविता प्रतियोगिताबाट नरेन्द्र खापुङ संङयक प्रथम हुनु भएको छ ।

लिम्बुवान भुमीमा लिम्बुहरुको मुन्धुम, लिम्बुहरुको ईतिहास खोज अनुसन्धानकर्ता इतिहासकार ईमानसिंङ्ग चेम्जोङबको १ सय १९ औ जन्मजयन्तीको अबसरमा आज म्याङलुङमा सम्पन्न खुल्ला लिम्बुभाषा कविता प्रतियोगीतामा मेन्छ्यायेम गाउँपालिका वडा नम्बर ६ मोराहाङका नरेन्द्र खापुङ संङ्यक प्रथम हुनु भएको हो ।

यस्तै म्याङलुङ नगरपालिका वडा नम्बर ९ साब्ला फुङ्सिङमा टोलका घनश्याम सावाँदेन दोस्रो र म्याङलुङ ९ साब्लाका विनिता श्रेङ चोङबाङ तेस्रो हुनु भएको छ ।

प्रतियोगितामा प्रथम हुनेले नगद रु ५ हजारको साथमा प्रमाण पत्र प्राप्त गरेको छ भने दोस्रो हुनेले नगद रु ३ हजारको साथमा प्रमाण पत्र, र तेस्रो हुनेले २ हजारको साथमा प्रमाण पत्र प्राप्त गरेको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले बतायनु भयो ।
प्रतियोगिता लिम्बुभाषालाई संरक्षण र सम्वर्धन गर्ने उदेश्यले आयोजना गरिएको किरात याक्थुङ चुम्लुङ तेह्रथुमका सचिव राजकुमार तेयुङले बताउनु भयो ।

किरात याकथुङ चुम्लुङ तेह्रथुमको आयोजनामा सम्पन्न भएको कार्यक्रम किरात याक्थुङ चुम्लुङ १ नम्बर प्रदेश उपाध्यक्ष टँकमाया लिम्बुको प्रमुख आथित्यता तथा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...