मञ्चका संघीय उपाध्यक्ष लिङ्देन पितृ शोकमा

 लिम्बुवान न्युज
                       


दमक, १९ पुष । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका संघीय उपाध्यक्ष चन्द्र कुमार लिङ्देन पितृ शोकमा परेका छन् । उपाध्यक्ष लिङदेनका पिता खड्ग सिंह लिङदेनको पुष १८ गते सोमबारका दिन ८९ बर्षको उमेरमा निधन भएको हो ।

पाँचथर सुझाङ ९ पेयाक्पामा बिक्रम सम्वत १९९० साल फाल्गुन ३ गते जन्मिनु भएका लिङदेन हाल झापा दमकमा स्थायी रुपमा बस्दै आएका थिए । दुई छोरा र दुई छोरीका धनी उनको पार्थी शरिरलाई आज मंगलबार किरात धार्मिक परम्परा अनुसार कमल गाउँपालिका तोपगाछीस्थित केर्खा बजारमा अन्त्येष्टि गरिएको छ ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन, उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्, उपाध्यक्ष तथा प्रदेश नं. १ सामाजिक विकास राज्य मन्त्री विष्णु तुम्बाहाम्फे, संघीय महासचिव अशोक चेम्जोङ् लगायत मञ्चका विभिन्न तहका नेताहरुको उपस्थितिमा पार्टीको झण्डा ओडाई एक मिनेट मौनधारण गर्दै मञ्चको तर्फबाट मन्त्री तुम्बाहाम्फेलाई श्रद्धाञ्जली मन्तव्य दिई मृतक प्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो ।

यूकेमा कार्यरत उपाध्यक्ष लिङदेन मञ्चका अन्तराष्ट्रिय समन्वय मञ्चका संयोजक समेत हुन् ।

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...