संकटा क्लबले उचाल्यो आहा रारा गोल्डकपको उपाधी

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २३ पुष । आहा–रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले उपाधि जितेको छ ।

शनिबार पोखरा रंगशालामा भएको फाइनलमा अमेरिकन क्लब भुटानी युथ स्पोर्ट्स (बीवाईएससी)लाई ३–२ले हराउँदै संकटाले दोस्रो पटक आहा–रारा पोखरा गोल्ककपको उपाधि जितेको हो ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा संकटाका लागि सुनिल बल, सुरजज्यु ठकुरी, मेसुके ओलुमोउले गोल गरे भने बीवाईएससीका रेने सान्टिलोन र विलिस ग्रिफिथले गोल गरेका थिए।

आठौं मिनेटमा सुरजको गोलमा खेलमा संकटाले सुरुआती अग्रता लियो। ३५औं मिनेटमा ओलुमोउले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए।

३७औं मिनेटमा सान्टिलोनले गोल गर्दै बीवाईएससीलाई खेलमा फर्काए। पहिलो हाफकै इन्जुरी सयममा ग्रिफिथले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

पहिलो हाफमा ४ गोल भएको खेलमा दोस्रो हाफमा भने गोल हुन सकेन र खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयको २७औं मिनेटमा कप्तान सुनिल बलले गोल गर्दै संकटालाई च्याम्पियन बनाए ।

संकटाका कप्तानसमेत रहेका सुनिल बल उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै, संकटाकै आयुष घलान उत्कृष्ट मिडफिल्डर हुँदा संकटाकै टीकेन्द्र थापा उत्कृष्ट गोलरक्षक र संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड बने ।

उपाधिसँगै संकटाले १२ लाख रुपैयाँ प्राप्त नगद पुरस्कार प्राप्त गर्दा अमेरिकाबाट करोडौं खर्चर गरेर प्रतियोगिता खेल्न नेपाल आएको बीवाईएससीले ६ लाख रुपैयाँमा चित्त बुझायो। (सबै खेल बाट)

सम्बन्धित समाचार

लोक गायक एलपी जोशीको निधन

दमक, ११ असार । दमक निवासी लोकप्रिय लोक गायक लक्ष्मीप्रसाद (एलपी) जोशीको निधन भएको छ । बिहीबार ८८ वर्षीया गायक तथा गीतकार जोशीको झापाको विर्तामोडमा निधन भएको हो । वि.सं. १९९३ सालमा धनकुटा बजारमा जन्मिएका...

सौर्य एयरलाइन्सको जहाज दुर्घटना २२ जनाको मृत्यु

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा २२ जनाको मृत्यु भएको छ । नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता हंशराज पाण्डेले २२ जनाको मृत्यु भएको पुष्टि गरे । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको ९एन एएमई जहाज बुधबार...

पूर्व मन्त्री किराती पहिचानवादी मोर्चामा आबद्धः तेस्रो जनआन्दोलनको चेतावनी

दमक, ८ साउन । पूर्वमन्त्री गोपाल किराती डा. महेन्द्र लावतीको पहिचानवादी मोर्चामा अबद्ध भएका छन् । सोमबार काठमाडौंस्थित रिपोटर्स क्लवमा आयोजित पत्रकार सम्मेलनमा उनीहरुसहित नेकपा एकीकृत समाजवादी लिम्बु संघका इन्चार्ज कृष्ण चोङबाङ, दलित अधिकारकर्मी डा....

प्रधानमन्त्री केपी ओली सहित नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण

दमक, ३१ असार । नवनियुक्त मन्त्रीहरूले पदभार ग्रहण गरेका छन् । शितल निवासमा राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिएसँगै उनीहरूले आ–आफूले पाएका मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद्...