संकटा क्लबले उचाल्यो आहा रारा गोल्डकपको उपाधी

,   लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २३ पुष । आहा–रारा पोखरा गोल्डकपको उपाधि संकटा क्लबले उपाधि जितेको छ ।

शनिबार पोखरा रंगशालामा भएको फाइनलमा अमेरिकन क्लब भुटानी युथ स्पोर्ट्स (बीवाईएससी)लाई ३–२ले हराउँदै संकटाले दोस्रो पटक आहा–रारा पोखरा गोल्ककपको उपाधि जितेको हो ।

निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा संकटाका लागि सुनिल बल, सुरजज्यु ठकुरी, मेसुके ओलुमोउले गोल गरे भने बीवाईएससीका रेने सान्टिलोन र विलिस ग्रिफिथले गोल गरेका थिए।

आठौं मिनेटमा सुरजको गोलमा खेलमा संकटाले सुरुआती अग्रता लियो। ३५औं मिनेटमा ओलुमोउले गोल गर्दै संकटाको अग्रता दोब्बर बनाए।

३७औं मिनेटमा सान्टिलोनले गोल गर्दै बीवाईएससीलाई खेलमा फर्काए। पहिलो हाफकै इन्जुरी सयममा ग्रिफिथले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए।

पहिलो हाफमा ४ गोल भएको खेलमा दोस्रो हाफमा भने गोल हुन सकेन र खेल अतिरिक्त समयमा गयो । अतिरिक्त समयको २७औं मिनेटमा कप्तान सुनिल बलले गोल गर्दै संकटालाई च्याम्पियन बनाए ।

संकटाका कप्तानसमेत रहेका सुनिल बल उत्कृष्ट खेलाडी घोषित भएका छन् । त्यस्तै, संकटाकै आयुष घलान उत्कृष्ट मिडफिल्डर हुँदा संकटाकै टीकेन्द्र थापा उत्कृष्ट गोलरक्षक र संकटाकै स्टेफन बिनोङ उत्कृष्ट फरवार्ड बने ।

उपाधिसँगै संकटाले १२ लाख रुपैयाँ प्राप्त नगद पुरस्कार प्राप्त गर्दा अमेरिकाबाट करोडौं खर्चर गरेर प्रतियोगिता खेल्न नेपाल आएको बीवाईएससीले ६ लाख रुपैयाँमा चित्त बुझायो। (सबै खेल बाट)

सम्बन्धित समाचार

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

;