बिर्तामोडमा पत्रकारिता सम्बन्धी अन्तरक्रियात्मक प्रशिक्षण हुँदै

 लिम्बुवान न्युज
                       


बिर्तामोड, २३ पुस । पत्रकारिता सम्बन्धी दुई दिने अन्तरक्रियात्मक प्रशिक्षण शनिबार बिर्तामोडमा शुरु भएको छ ।
यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय प्रदेश नं. १ को आयोजना र नेपाल पत्रकार महासंघ झापा शाखाको सहकार्यमा बिर्तामोडस्थित होटल हेवनमा शुरु भएको प्रशिक्षणमा ४० जना सञ्चारकर्मीको सहभागिता रहेको छ ।

मन्त्रालयका महाशाखा प्रमुख गौतमराज अमात्यको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पत्रकार महासंघ झापा शाखाका पूर्व अध्यक्ष अग्रज पत्रकार भीम नेम्वाङले गरेका थिए ।

प्रमुख अतिथि नेम्वाङले पत्रकारितामा संलग्नहरुले अध्ययन, खोज अनुसन्धानमा विशेष अभिरुची राख्नुपर्ने र प्रविधिमा अब्बल हुनुपर्नेमा जोड दिए । पत्रकार महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले प्रशिक्षणका विषयमा प्रष्ट्याउँदै सक्रिय पत्रकारलाई आगामी दिनमा एडभान्स प्रशिक्षण र लेखनवृत्ति समेत प्रदान गरिने बताए । प्रशिक्षणको सहजीकरण पत्रकारहरु उमाकान्त खनाल, केशव भट्टराई, डिकेश लामा र मन्त्रालयका अधिकृत गणेशबहादुर कार्कीले गरिरहेका छन् ।

प्रशिक्षण उद्घाटन समारोहमा पत्रकार महासंघ प्रदेश समितिका सदस्य सुरेन्द्र भण्डारी, लीलाराज झापाली, महासंघका राष्ट्रिय परिषद् सदस्य दिपीन राई लगायतको आतिथ्य रहेको थियो ।

पत्रकारिताको आधारभूत तहको अन्तरक्रियात्मक प्रशिक्षणमा पत्रकारितामा भर्खरै प्रवेश गरेका तथा पत्रकारिता सम्बन्धी प्रशिक्षणको अवसर नपाएका महिला, दलित, जनजाति, आदिवासी, मधेशी, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, पीछडावर्ग समुदायबाट सहभागिता रहेको छ ।
प्रशिक्षणमा पत्रकारिताका विविध विषयसँगै आचारसंहिताको बारेमा समेत छलफल हुने बताइएको छ । कार्यक्रम उद्घाटन समारोहको सञ्चालन महासंघका सहसचिव अर्जुन राजवंशीले गरेका थिए ।

सम्बन्धित समाचार

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...

दमक खेलकुद महोत्सवको उद्घाटन सम्पन्न

दमक, झापाको दमक नगरपालिकाको आयोजनामा दोस्रो दमक नगरस्तरीय खेलकुद महोत्सवको उद्घाटन भएकाे छ । आइतबार दमक नगरपालिकाको प्राङ्गगणबाट दमक ७स्थित नमुना व्याट्मिन्टनको सभाहलसम्म विभिन्न झाँकी सहित खेलकुद महोत्सवको उद्घाटन गरिएकाे हो । खेलकुद महोत्सवमा फुटबल,...

पान्थरमा सात लिम्बू स्रष्टाका एक दर्जन कृति लोकार्पण

फेदेन। पान्थर जिल्लाको  फेदेनस्थित होटल सरगमको सभाहलमा सनिवार आयोजित याक्थुङ साहित्यको सिन्थेसिस’ कार्यक्रममा सात जना स्रष्टाका एक दर्जन कृतिहरू एकैसाथ लोकार्पण गरिएको छ । प्रमुख अतिथि किरात याक्थुङ् चुम्लुङ चुम्लुङका सङघीय अध्यक्ष तुत्तु गोविन्द आङ्बुङको...