याक्थुङ लिम्बू भाषाको गीत ‘नोइत्छो’ को अडियो सार्वजनिक
शुक्रबार, २९ पुष, २०७९ रातीको ०९:२७ बजे,
लिम्बुवान न्युज
काठमाडौ, २९ पुष / याक्थुङ लिम्बू भाषाको गीत ‘नोइत्छो’ को अडियो सार्वजनिक भएको छ । नोइत्छो अर्थात् खस नेपाली भाषामा ‘शुभकामना’ को शुक्रबार याक्थुङ फिल्म्स युटुब च्यानलद्वारा सार्वजनिक गरिएको हो ।
याक्थुङ फिल्म्सको निर्माणमा शब्द/संगीत सागर केरुङ, एरेन्ज मोनि ताम्लिङको रहेको छ भने गंगा फियाक र नोगेन लिम्बू हाङ्सरुम्बाले स्वर दिएका छन ।
याक्थुङ लिम्बू जातिको नयाँ बर्ष/येले तङ्बे ५०८३ र नयाँ बर्ष कुसङ तङ्बे माघ १ गते कक्फेवा तङ्नाम माघे सङ्क्रान्तिको बिषयमा बनाइको बताइएको छ । लिम्बू भाषाको कुसङ तङ्बे नयाँ बर्ष र कक्फेवा तङ्नाम माघे सङ्क्रान्तिको बिषयमा निर्माण भएको यो पहिलो गीत हो ।
दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित मनकुमार...
दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली ३ गते सम्म संचालन हुनेछ । दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र मेडलमा चित्त बुझाउनु पर्ने छ ।
दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...
ललितपुर, ३२ असार । जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...