दमकमा आगलागी हुँदा करोडौंको क्षति

 लिम्बुवान न्युज
                       

दमक, १ माघ । झापाको दमकमा आगलागी हुँदा करोडौंको क्षति भएको छ । आज (आइतबार) विहान साढे तीन बजे स्थित नमुना मार्गसँग जोडिएका पसलमा आगलागी भएको हो ।

राजु श्रेष्ठको जुत्ता पसलबाट सुरू भएको आगोले सँगै जोडिएका अन्य पाँच वटा पसलमा क्षति गरेको छ भने अन्य केही पसलहरुमा पनि क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आगो अहिले बिहान पूर्ण रुपमा नियन्त्रणमा आइसकेको छ ।

दमक, कमल, गौरादह र उर्लाबारी नगरपालिकाका बारूण यन्त्र, स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् । नमुना मार्गभित्र ४ पांग्रे गाडी छिर्न नमिल्ने गरि बनाइएको डे«न तोड्न केही समय लाग्दा दमकल तत्काल छिर्न असफल हुँदा नियन्त्रण लिन केही समय लागेको थियो ।

श्रेष्ठको जुत्ताचप्पल पसलमा विद्यु सर्ट भई आगलागी हुँदा सोही पसलसँग जोडिएका संगिता श्रेष्ठ, बिजय श्रेष्ठ, कृष्ण न्यौपाने र पुनम घिमिरेको कपडा तथा कस्मेटिक पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए ।

करोडौंको क्षति भएको विवरण प्रहरीले संकलन गरिरहेको हुँदा थप विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

सम्बन्धित समाचार

पहिचान माग्दा थारुलाई जातीय आरोप लगाई जेल हालियोः रेशम चौधरी

काठमाडौं, २१ जेष्ठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थारुहरुले आफ्नो परिचान माग्दा जातियवादको आरोप लाग्ने गरेको बताएका छन् । आइतवार तुलसीपुरमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै उनले आफुहरु जातीयवादी नभएको प्रष्ट पार्दै केही...

दिपेन्द्रराज तिम्सिनाको १०औं कृति “माईखोलादेखि पूर्नवाससम्म” सार्वजनिक

दमक, २१ जेष्ठ । मोरङ् पथरीका खोज अनुसन्धानकर्ता तथा लेखक दिपेन्द्रराज तिम्सिनाले आफ्नो १० औं कृति का”माईखोलादेखि पूर्नवाससम्म” सार्वजनिक गरेका छन् । सन् १९९० देखि नेपालीभाषी भुटानी शरणार्थीहरूको कारूणिक शरणार्थी जीवन भोगाइदेखि विश्वका विभिन्न देशहरूमा...

लिम्बु कथानक चलचित्र ‘जारी’ले आज मनाउँदै ५१औं दिन

जारीले कमाइ करिब १७ कराेड ग्रस कलेक्सन दमक, २० जेष्ठ । दयाहाङ राई र मिरुना मगर स्टारर ‘जारी’ले आज (शनिबार) प्रदर्शनको ५१औं दिन पूरा गर्दैछ । नयाँ बर्ष वैशाख १ गते देखि प्रदर्शनभएको जारी २०८०...

पक्राउ परेका २६ जनाको रिहाईः अनिश्चितकालीन आम हड्ताल फिर्ता

दमक, १६ जेष्ठ । शान्तिपूर्ण प्रदर्शनको क्रममा पक्राउ परेका २६ जना नेता कार्यकर्ताहरु विनाशर्त रिहाई भएका छन् । प्रदेश १ को नाम कोशी खारेजीको माग राख्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरुलाई १४ गते प्रहरीले हिरासतमा लिएको थियो...