‘सम्मान मिस लिम्बू’ प्रतियोगिता चैत ११ गते हुँदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, ९ माघ ।  ‘सम्मान मिस लिम्बू’ प्रतियोगिता चैत ११ गते काठमाडौंमा हुने भएको छ । आयोजक संस्था याक्थुङ युथ एशोसिएसनले शनिबारकाठमाडौंमा पत्रकार सम्मेलन गरी सम्मान मिस लिम्बू (सिसागेन याक्थुङ्मा) २०७९ को छैटौं संस्करण काठमाडौंको नेपाल प्रज्ञाप्रतिष्ठानमा हुने जानकारी दिएको हो ।

‘बौद्धिक विकास, सौन्दर्य पहिचान र संस्कृति’ भन्ने मूल नारासहित काठमाडौंमा हुने ‘मिस लिम्बू–२०७९’का लागि नेपालसहित भारतकोसिक्किम, दार्जिलिङ, युके र हङकङमा पनि अडिसन हुने आयोजकले जनाएको छ । लिम्बू समुदायको बसोबास रहेको स्थानलाईमध्येनजर गर्दै हङकङ, युके र भारतको सिक्किम र दार्जिलिङमा पनि अडिसन लिने भएको आयोजक संस्थाका अध्यक्ष एवं गायक भिमलिम्बूले जानकारी दिए ।

उनका अनुसार नेपालको काठमाडौंमा फागुन ६ गते र धरानमा माघ २८ गते अडिसन हुने भएको छ । तर, सिक्किम, दार्जिलिङ, युके र हङकङ भने आवेदन दिनेको संख्या हेरेर अडिसनको मिति तय गरिने आयोजकले जनाएको छ । ती सबै स्थानबाट प्रतियोगितामा ३० जना युवतीलाई फाइलनका लागि छनोट गरिने आयोजकले जनाएको छ ।

‘मिस लिम्बू’मा पाटिसिपेन्ट हुनका लागि आयोजकले केही निश्चित मापदण्ड तोकेको छ । कार्यक्रमका संयोजक तथा गायक रुकमानलिम्बूका अनुसार प्रतियोगितामा भाग लिनका लागि न्यूनतम एसईई उतिर्ण १७ देखि २६ वर्ष नकटेका लिम्बू समुदायका अविवाहित हुनुपर्ने छ ।

आयोजकले जानकारी गराएअनुसार ‘मिस लिम्बू’को यस छैटौं संस्करणलाई पूर्वमिस नेपाल तथा कोरियोग्राफर सदिक्षा श्रेष्ठलेकोरियोग्राफी गर्ने भएका छन् । साथै, उनीहरुलाई पूर्व मिस नेपाल माल्भिका सुब्बा, सुविन लिम्बू, भाषाविद् यासेली योङहाङ, डिबीआङबुङलगायतले व्यक्तित्व विकासबारे ग्रमिङ कक्षा दिनेछन् ।

यस्तै प्रतियोगितामा विभिन्न १६ वटा सवटाइटल रहने संयोजक रुकमान लिम्बूले बताए । उनका अनुसार शीर्ष विजेताले नगद ५० हजारसहित स्कुटी पाउनेछ र टाइटल स्पोन्सर सम्मान इन्जिनियरिङ् लिमिटेड कम्पनीको ब्रान्ड एम्बासडर बनाइने र कम्पनीमार्फत हङकङ भ्रमण गराइने छ ।

यस्तै फस्ट रनरअपले एक लाख र सेकेण्ड रनरअफ विजेताले ५० हजार रुपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै, ‘मिस लिम्बू’को शीर्ष विजेताले मिस नेपाल आयोजक संस्था हिडेन ट्रेजरको मापदण्ड पूरा गरेको खण्डमा आगामी मिस नेपालमा सिधैप्रवेशको अवसर दिइने पनि आयोजकले जनाएको छ ।

आयोजक संस्थाका अध्यक्ष भिम लिम्बूको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा पूर्वमिस नेपाल सदिक्षा श्रेष्ठ, समाजसेवी याड्ंजोम शेर्पा, तेह्रथुमे ढाका कलेक्शनकी सञ्चालक तथा फेसन डिजाइनर निरु आङबुङ तथा पूर्वमिस लिम्बूहरुलगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

२५२ बर्ष अघि भएकाे लालमाेहर सन्धिकाे सरकारलाई गरायाे ध्यानाकर्षण

दमक । किरात याक्थुङ चुम्लुङले लिम्बुवान र तत्कालीन गोर्खा राज्यबीच भएको ऐतिहासिक नुनपानी सन्धिको २५२औँ वर्ष स्मरण गर्दै प्रधानमन्त्रीका नाममा ज्ञापनपत्र बुझाएको छ । किरात याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिको समन्वयमा विभिन्न संघसंस्था र राजनीतिक दलका...

हरि वाजीको अध्यक्षतामा कियाचु जोहोर मलेसिया समिति गठन

प्रवास । मलेसियाको जोहोर बारुस्थित JO Hotel JB मा आयोजित किराँत याक्थुङ चुम्लुङ जोहोरको प्रथम अधिवेशन–२०२६ सम्पन्न भएको छ । अधिवेशनले हरि वाजी लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । किराँत याक्थुङ चुम्लुङका संघीय...

स्पेन बन्यो २०२६ को विश्वकप विजेता

स्पेनले दोस्रोपटक विश्वकप फुटबलको उपाधि चुमेको छ । सोमबार विहान न्यु जर्सीको मेटलाइफ रंगशालामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई अतिरिक्त समयमा १–० गोलले पराजित गरेको हो । स्पेनले खेल पूर्ण रूपमा आफ्नो नियन्त्रणमा राखेको थियो ।...

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...