उपेन्द्र सुब्बाको जारी वैशाख १ बाट हलमा

 लिम्बुवान न्युज
                       

काठमाडौं, १० माघ । कवि, साहित्यकार, लेखक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म जारी वैशाख १ गतेबाट हलमा लाग्ने निश्चत भएकोछ । सोमबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

लेखक सुब्बाको फिल्म जारीमा अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहेको छ । सार्वजनिक पोस्टरमा दयाहाङ र मिरुनालाई प्रस्तुत गरिएको छ । पोस्टरमा उनीहरू दुवै गम्भीर मुद्रामा देखिएका छन् ।

फिल्म लिम्बु समुदायको प्रेमकथामा आधारित छ जसमा आफ्नी श्रीमतीलाई फिर्ता ल्याउन पुरुषले गर्नु परेको संघर्षलाई देखाइनेछ । लिम्बु समाजमा कसैको श्रीमतीलाई कसैले लगेमा उसले सो बापत विवाह गर्दा दिएको सुनचादी गरगहना लगायत विवाह खर्च वापत जारी तिर्नुपर्ने परम्परा रहेको छ । सोही कथालाई प्रेमकथामा रुपान्तरण गरिएको यो फिल्मले वक्स अफिसमा पुनः एकपटक तहल्का पिट्ने जनाइएको छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् । बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको पनि अभिनय रहेको छ ।

यसअघि अभिनेता दयाहाङ र मिरुनालाई ‘कबड्डी ४’ मा एकसाथ देखिएको थियो उक्त फिल्मले नेपालमा सर्वाधिक कमाउने रेकर्ड समेत राखेको छ ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...