उपेन्द्र सुब्बाको जारी वैशाख १ बाट हलमा

 लिम्बुवान न्युज
                       

काठमाडौं, १० माघ । कवि, साहित्यकार, लेखक उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्म जारी वैशाख १ गतेबाट हलमा लाग्ने निश्चत भएकोछ । सोमबार एक पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो ।

लेखक सुब्बाको फिल्म जारीमा अभिनेता दयाहाङ राई र मिरुना मगरको मुख्य अभिनय रहेको छ । सार्वजनिक पोस्टरमा दयाहाङ र मिरुनालाई प्रस्तुत गरिएको छ । पोस्टरमा उनीहरू दुवै गम्भीर मुद्रामा देखिएका छन् ।

फिल्म लिम्बु समुदायको प्रेमकथामा आधारित छ जसमा आफ्नी श्रीमतीलाई फिर्ता ल्याउन पुरुषले गर्नु परेको संघर्षलाई देखाइनेछ । लिम्बु समाजमा कसैको श्रीमतीलाई कसैले लगेमा उसले सो बापत विवाह गर्दा दिएको सुनचादी गरगहना लगायत विवाह खर्च वापत जारी तिर्नुपर्ने परम्परा रहेको छ । सोही कथालाई प्रेमकथामा रुपान्तरण गरिएको यो फिल्मले वक्स अफिसमा पुनः एकपटक तहल्का पिट्ने जनाइएको छ ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन रहेको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन् । बासुरी फिल्म्स ब्यानरको फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको पनि अभिनय रहेको छ ।

यसअघि अभिनेता दयाहाङ र मिरुनालाई ‘कबड्डी ४’ मा एकसाथ देखिएको थियो उक्त फिल्मले नेपालमा सर्वाधिक कमाउने रेकर्ड समेत राखेको छ ।

सम्बन्धित समाचार

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...

दमककाे भ्यू टावर सर्वसाधरणकाे लागि साउन १ बाट खुला हुने

दमक, ३२ असार । झापाको दमकमा निर्मित १८ तले दमक भ्यू टावर भोलि साउन १ गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको छ । शहरी विकास तथा भवन निर्माण विभाग सघन शहरी तथा भवन निर्माण आयोजनाले...

दमकमा एक बालक मृत फेला

दमक, ३१ असार । झापा दमक नगरपालिका वडा नं. ९ का एक बालक मृत फेला परेका छन् । पौडी खेल्न गएका ११ बर्षीया स्थानीय रमन धिमाल मृत फेला परेका हु्न् । सुमन धिमाल र शुष्मा...