दयाहाङ राईकाे मुख्य भूमिका रहेकाे फिल्म ‘दयारानी’काे टिजर सार्वजनिक

,   लिम्बुवान न्युज
                       

काठमाडौं, ६ माघ ।   माघ २६ गतेबाट प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘दयारानी’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तुको खास खुलासा गरेको छ ।

शीर्ष भूमिकामा दयाहाङ राई र दीया पुनले अभिनय गरेका छन् । फिल्ममा यी दुईले सन्तान सुखको चाहना राख्ने निःसन्तान दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

पाका फिल्ममेकर तथा अभिनेता माओत्से गुरुङको फिल्म निर्देशन गरेका हुन नेपालीभाषामा पहिलो र्डेब्यु फिचर हो । माओत्सेले सात गुरुङ फिल्म निर्देशन गरिसकेका छन ।

यो मल्टिस्टार फिल्ममा दयाहाङ राई , दीया पुन, विजय बराल, प्रमिस गुरुङ, शिरिष कुँवर, नयन गुरुङ, पुष्कर गुरुङ, टीकाराम घले लगायतको अभिनय छ । बाँसुरी फिल्म्सको प्रस्तुति र माओत्से गुरुङ फिल्म्सको निर्माणमा फिल्म प्रदर्शन हुन लागेको हो ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै आएको ७ सीज इन्टरेन्मेन्ट प्रालिले फिल्म अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, युरोप, पूर्वी एसियाका देशहरूमा वितरण गर्ने भएको छ । ७ सीज इन्टरेन्मेन्ट प्रालिले नेपालमा फिल्म पर्दशनी हुने दिन नै अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म रिलिज गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;