दयाहाङ राईकाे मुख्य भूमिका रहेकाे फिल्म ‘दयारानी’काे टिजर सार्वजनिक

 लिम्बुवान न्युज
                       

काठमाडौं, ६ माघ ।   माघ २६ गतेबाट प्रदर्शन तयारीमा रहेको नेपाली फिल्म ‘दयारानी’को टिजर सार्वजनिक भएको छ । टिजरले फिल्मको कथावस्तुको खास खुलासा गरेको छ ।

शीर्ष भूमिकामा दयाहाङ राई र दीया पुनले अभिनय गरेका छन् । फिल्ममा यी दुईले सन्तान सुखको चाहना राख्ने निःसन्तान दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

पाका फिल्ममेकर तथा अभिनेता माओत्से गुरुङको फिल्म निर्देशन गरेका हुन नेपालीभाषामा पहिलो र्डेब्यु फिचर हो । माओत्सेले सात गुरुङ फिल्म निर्देशन गरिसकेका छन ।

यो मल्टिस्टार फिल्ममा दयाहाङ राई , दीया पुन, विजय बराल, प्रमिस गुरुङ, शिरिष कुँवर, नयन गुरुङ, पुष्कर गुरुङ, टीकाराम घले लगायतको अभिनय छ । बाँसुरी फिल्म्सको प्रस्तुति र माओत्से गुरुङ फिल्म्सको निर्माणमा फिल्म प्रदर्शन हुन लागेको हो ।

नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा वितरण गर्दै आएको ७ सीज इन्टरेन्मेन्ट प्रालिले फिल्म अमेरिका, अष्ट्रेलिया, मध्यपूर्व, युरोप, पूर्वी एसियाका देशहरूमा वितरण गर्ने भएको छ । ७ सीज इन्टरेन्मेन्ट प्रालिले नेपालमा फिल्म पर्दशनी हुने दिन नै अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म रिलिज गर्दै आइरहेको छ ।

सम्बन्धित समाचार

विर्तामाेडमा प्रतिबन्धित औषधीसहित एकजना पक्राउ

दमक, २ साउन । झापाको बिर्तामोड नगरपालिका-५ स्थित एक औषधी पसलबाट ठुलो परिमाणमा भण्डारण गरी राखेको प्रतिवन्धित औषधी सहित अर्जुनधारा नगरपालिका ६ का २५ बर्षीय बिनोद घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएकाे छ । बिर्तामोड-५ स्थित  मनकुमार...

प्रथम ध्रुवतारा फूटसल प्रतियाेगिता हुँदै

दमक, २ साउन । झापाको दमकमा प्रथम ध्रुवतारा फुटसल प्रतियोगिता-२०८२ हुने भएको छ । आजबाट हुने साे प्रतियाेगिता भाेली  ३ गते सम्म संचालन हुनेछ ।  दुई दिनसम्म हुने साे प्रतियोगिता दमक ५ गोर्खाली टोलमा रहेको विष्ट फुटसलको कोर्टमा सञ्चालन हुने आयाेजकले जनाएकाे छ । ध्रुवतारा स्पोर्टिङ क्लब दमकको आयोजनामा हुने साे प्रतियोगितामा सहभागी टिमले  इन्ट्रि फि ६ हजार रुपैयाँ रहेको खेल संयोजक सन्दिप तामाङले बताए । उनका अनुसार यस प्रतियोगितामा प्रतिस्पर्धी टिमले ए डिभिजन खेलाडीहरु एक जना मात्र सहभागी गराउन सक्ने नियम रहेको छ । प्रतियोगिताको विजेताले नगद ७० हजार रुपैयाँ सहित ट्रफि र मेडल हात पार्ने छ भने उपविजेता टिमले नगद ३५ हजार रुपैयाँ सहित ट्रफि र  मेडलमा चित्त बुझाउनु पर्ने छ ।

प्रदेश नं. १ नामकरण बहसले लियो नयाँ मोड– अशाेक चेम्जाेङ्

दमक, ३२ असार । प्रदेश नं. १ को नाम कोशी नामाकरणसँगै प्रदेशका पहिचान पक्षधरहरु एकजुट भएर नाम खारेजी आन्दोलनमा लडेकाहरु यतिवेला नामको विषयमा पुनः आरोप प्रत्यारोपमा उत्रिएका छन् । सामाजिक संजालमा पहिचानवादी एकता अभियानको एक...

सरकारले प्रतिनिधिसभामा दुइतिहाइ गुमायाेः राष्ट्रिय सभामा अल्पमत

ललितपुर, ३२ असार ।  जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले सरकारलाइ दिएकाे समर्थन फिर्ता लिएकाे जनाएकाे छ । सत्ता साझेदार दल जसपा, नेपालले भूमि विधेयकको अन्तर्वस्तुप्रति असहमति जनाउँदै बुधबार बसेको संसदीय दल बैठकले सरकारलाइ दिएकाे समर्थन फिर्ता ...