राष्ट्रिय सभा निर्वाचन सम्पन्नः सत्ता गठबन्धनबाट १८, एमालेबाट एकजना निर्वाचित

,   लिम्बुवान न्युज
                       


दमक, माघ १२ । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको छ । बिहीबार १९ वटा सांसद पदकालागी सात वटैं प्रदेशमा सम्पन्न मतदानबाट सबैं प्रदेशबाट निर्वाचत नाम टुंगो लागेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट प्रदेश १ बाट खुल्ला महिलातर्फ रुक्मणी कोइराला निर्वाचित भएका छन् भने १८ जना सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी र जसपाबाट निर्वाचित भएका छन् ।
प्रदेश १ बाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौंला र एमालेकी कोइराला निर्वाचित भएका छन् । यसरी नै मधेस प्रदेशबाट नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पुजा चौधरी निर्वाचित भएका छन् ।
बागमती प्रदेशबाट नेपाली कांग्रेसबाट विष्णुकुमारी पुडासैनी, जीतजंग बस्नेत त्यसैगरी माओवादीबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल निर्वाचित भएका छन् । यसरी नै लुम्बिनी प्रदेशबाट बिष्णुकुमारी सापकोटा नेपाली कांग्रेसबाट निर्वाचित हुँदा माओवादीबाट झक्कु सुवेदी निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ निर्वाचित भएका छन् भने माओवादीकी मनरुपा शर्मा निर्वाचित भएका छन् । यसरी नै सुदूरपश्चिम प्रदेशबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट निर्वाचित हुँदा माओवादीकी रेणु चन्द निर्वाचित भएका छन् भने कर्णालीबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, माओवादीबाट बिष्णुबहादुर विश्वकर्मा र एकीकृत समाजवादीबाट सावित्री मल्ल निर्वाचित भएका छन् ।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट निर्वाचित मनोनित एकसहित २० सांसदको पदावधि यहि फागुन २० गते सकिदैछ । यसरी पदावधि समिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपा, मनोनित र स्वतन्त्र एक÷एक जना रहेका छन् ।
एमालेबाट पदावधि समिनेमा गणेशप्रसाद तिमिल्सिना, इन्दु कडरिया, कुमार दसौंदी, दीप गुरुङ, दिलकुमारी रावल (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई रहेका छन् । यसैगरी नेपाली कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्धको सकिएको हो । माओवादीबाट विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा त्यसैगरी समाजवादीबाट नन्दा चापागाई र सिंहबहादुर विश्वकर्मा बिदाइ हुँदैछन् ।
त्यसैगरी जनता समाजवादी पार्टीबाट प्रमिला देवी, राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि सकिँदैछ ।
संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक स्थापना भएपनि राष्ट्रिय सभामा निर्वाचित अनुहारहरु समावेशी नभएको केही राजनैतिक विश्लेषक तथा आदिवासी जनजाति अभियान्ताहरु बताउँछन् । मुलुकमा गणतन्त्रात्मक व्यवस्था लागू भएपनि पनि पुरानो शैली परिवर्तन नभएको उनीहरुको तर्कछ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;