राष्ट्रिय सभा निर्वाचन सम्पन्नः सत्ता गठबन्धनबाट १८, एमालेबाट एकजना निर्वाचित

 लिम्बुवान न्युज
                       


दमक, माघ १२ । राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएको छ । बिहीबार १९ वटा सांसद पदकालागी सात वटैं प्रदेशमा सम्पन्न मतदानबाट सबैं प्रदेशबाट निर्वाचत नाम टुंगो लागेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट प्रदेश १ बाट खुल्ला महिलातर्फ रुक्मणी कोइराला निर्वाचित भएका छन् भने १८ जना सत्ता साझेदार नेपाली कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी र जसपाबाट निर्वाचित भएका छन् ।
प्रदेश १ बाट नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौंला र एमालेकी कोइराला निर्वाचित भएका छन् । यसरी नै मधेस प्रदेशबाट नेपाली कांग्रेसका आनन्द ढुंगाना र जनता समाजवादी पार्टीकी पुजा चौधरी निर्वाचित भएका छन् ।
बागमती प्रदेशबाट नेपाली कांग्रेसबाट विष्णुकुमारी पुडासैनी, जीतजंग बस्नेत त्यसैगरी माओवादीबाट श्रीकृष्ण अधिकारी र एकीकृत समाजवादीबाट घनश्याम रिजाल निर्वाचित भएका छन् । यसरी नै लुम्बिनी प्रदेशबाट बिष्णुकुमारी सापकोटा नेपाली कांग्रेसबाट निर्वाचित हुँदा माओवादीबाट झक्कु सुवेदी निर्वाचित भएका छन् ।
गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ निर्वाचित भएका छन् भने माओवादीकी मनरुपा शर्मा निर्वाचित भएका छन् । यसरी नै सुदूरपश्चिम प्रदेशबाट नेपाली कांग्रेसका बलदेव बोहरा र नारायणदत्त भट्ट निर्वाचित हुँदा माओवादीकी रेणु चन्द निर्वाचित भएका छन् भने कर्णालीबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, माओवादीबाट बिष्णुबहादुर विश्वकर्मा र एकीकृत समाजवादीबाट सावित्री मल्ल निर्वाचित भएका छन् ।
राष्ट्रिय सभामा राष्ट्रपतिबाट निर्वाचित मनोनित एकसहित २० सांसदको पदावधि यहि फागुन २० गते सकिदैछ । यसरी पदावधि समिनेमा एमालेका ८, कांग्रेसका ४, माओवादीका ३, एकीकृत समाजवादीका २, जसपा, मनोनित र स्वतन्त्र एक÷एक जना रहेका छन् ।
एमालेबाट पदावधि समिनेमा गणेशप्रसाद तिमिल्सिना, इन्दु कडरिया, कुमार दसौंदी, दीप गुरुङ, दिलकुमारी रावल (पार्वती), नरपति लुवार, भैरवसुन्दर श्रेष्ठ र रामचन्द्र राई रहेका छन् । यसैगरी नेपाली कांग्रेसका रमेशजंग रायमाझी, जितेन्द्रनारायण देव, अनिता देवकोटा र प्रकाश पन्धको सकिएको हो । माओवादीबाट विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा त्यसैगरी समाजवादीबाट नन्दा चापागाई र सिंहबहादुर विश्वकर्मा बिदाइ हुँदैछन् ।
त्यसैगरी जनता समाजवादी पार्टीबाट प्रमिला देवी, राष्ट्रपतिबाट मनोनित विमला राई पौड्याल र स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि पदावधि सकिँदैछ ।
संघीय लोकतान्त्रिक गणतन्त्र मुलुक स्थापना भएपनि राष्ट्रिय सभामा निर्वाचित अनुहारहरु समावेशी नभएको केही राजनैतिक विश्लेषक तथा आदिवासी जनजाति अभियान्ताहरु बताउँछन् । मुलुकमा गणतन्त्रात्मक व्यवस्था लागू भएपनि पनि पुरानो शैली परिवर्तन नभएको उनीहरुको तर्कछ ।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...