चुम्लुङले ५ दिने याक्थुङ पाःन नु सक्सक् कक्षा संचालन गर्दै

,   लिम्बुवान न्युज
                       

ललितपुर, १२ माघ । किरात याक्थुङ चुम्लुङ ललितपुरले लिम्बु भाषा र लिपि (याक्थुङ पाःन नु सक्सक्) कक्षा संचालन गर्ने भएको छ । कियाचुले एक सूचना जारी गर्दै ५ दिने भौतिक कक्षा सञ्चालन गरिने जानकारी दिएको हो ।

कियाचु केन्द्रीय अध्यक्ष प्रेम येक्तेनका अनुसार यस कक्षामा किरात याक्थुङ चुम्लुङसँग आवद्ध संगठन र लिम्बुजन्य संस्थाका पदाधिकारीहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।

माघ १६ देखि २० गते शनिबारसम्म ललितपुरस्थित चुम्लुङहिममा बिहान ११ बजेदेखि २ बजेसम्म दैनिक ३ घण्टा कक्षा संचालन हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार लिम्बु भाषा र लिपिबारे आधारभुत कक्षा, लिम्बु भाषामा व्यानर र पोष्टर लेखन, लिम्बु भाषामा कार्यक्रम 
सञ्चालन (उद्घोषण) र मन्तव्य सम्बन्ध कक्षा संचालन गरिने छ ।

नाम दर्ताका लागि आशा नेम्बाङ (९८५१०३६५४०), कमला लिवाङ (९८५१०७६०८४) र शुभराज थाम्सुहाङ (९८२३३४५४२३) लाई सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;