चुम्लुङले ५ दिने याक्थुङ पाःन नु सक्सक् कक्षा संचालन गर्दै

 लिम्बुवान न्युज
                       

ललितपुर, १२ माघ । किरात याक्थुङ चुम्लुङ ललितपुरले लिम्बु भाषा र लिपि (याक्थुङ पाःन नु सक्सक्) कक्षा संचालन गर्ने भएको छ । कियाचुले एक सूचना जारी गर्दै ५ दिने भौतिक कक्षा सञ्चालन गरिने जानकारी दिएको हो ।

कियाचु केन्द्रीय अध्यक्ष प्रेम येक्तेनका अनुसार यस कक्षामा किरात याक्थुङ चुम्लुङसँग आवद्ध संगठन र लिम्बुजन्य संस्थाका पदाधिकारीहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।

माघ १६ देखि २० गते शनिबारसम्म ललितपुरस्थित चुम्लुङहिममा बिहान ११ बजेदेखि २ बजेसम्म दैनिक ३ घण्टा कक्षा संचालन हुने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार लिम्बु भाषा र लिपिबारे आधारभुत कक्षा, लिम्बु भाषामा व्यानर र पोष्टर लेखन, लिम्बु भाषामा कार्यक्रम 
सञ्चालन (उद्घोषण) र मन्तव्य सम्बन्ध कक्षा संचालन गरिने छ ।

नाम दर्ताका लागि आशा नेम्बाङ (९८५१०३६५४०), कमला लिवाङ (९८५१०७६०८४) र शुभराज थाम्सुहाङ (९८२३३४५४२३) लाई सम्पर्क गर्न सकिने पनि आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...