मुक्कुमलुङमा केवलकार निर्माण कार्य रोक्न माग गर्दै ताप्लेजुङमा जनप्रदर्शन
सोमबार, १५ माघ, २०८० रातीको ०९:४० बजे,
लिम्बुवान न्युज
ताप्लेजुङ, १५ माघ । ताप्लेजुङको पवित्र धार्मिक स्थल मुक्कुमलुङमा केबलकार निर्माण गर्न नहुने अडान दोहो¥याउँदै सोमवार फुङलिङमा जनप्रर्दशन भएको छ ।
‘मुन्धुमीस्थलको माथि–माथि केबलकार कुदाउन पाँईदैंन,राष्ट्रिय फूल लालीगुराँस काट्ने नीति चाँहिदैंन, प्रकृति पूजकहरु एक होऔं’जस्ता नारा सहित जनप्रर्दशन भएको छ ।
मुक्कुमलुङ संयुक्त संघर्ष समिति, केवलकार निर्माण खारेजी संयुक्त संघर्ष समिति, किराँत याक्थुङ चुम्लुङ, प्रदेश नं १ पुनःनामाङ्कन संयुक्त संघर्ष समिति, किराँत धर्म तथा साहित्य उत्थान संघ, पहिचानका लागि युवा, मुक्कुमलुङ फासिङ तान्सेःप् चुम्भो सहित विभिन्न संघसंस्था र पहिचान पक्षधर राजनीति दलहरुकोहरूको संयोजनमा जनप्रर्दशन भएको हो ।
जनप्रर्दशनमा सहभागिता जनाउन राष्ट्रिय जनमुक्ति पार्टीका केन्द्रीय अध्यक्ष केपी पालुङ्वा, किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेन, प्रदेश नं १ पुनःनामाङ्कन संयुक्त संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम र लिम्बू थरगत संस्था (याक्थुङ सयङ) मूल अभियान सहजीकरण समूहका संयोजक नन्द कन्दङ्वा सहितका पहिचान पक्षधर नेताहरुले फुङलिङमा आएर सम्बोधन समेत गरेका थिए।
मुक्कुमलुङ्मा केबलकार निर्माण गर्न नहुने अडान राख्दै उनिहरुले केवलकार निर्माणले सो क्षेत्रको पर्यावरण, पुरातात्विक र जैविक विविधता नष्ट संगै मनोरम प्राकृतिक सम्पदा विनास हुने तथा साँस्कृतिक अतिक्रमण बढ्ने तर्क गरिरहेका छन् ।
कार्यक्रममा हजारौं सहभागी भएका थिए भने उनिहरुले फुङ्लिङ बजारमा विभिन्न नाराहरु लेखिएको प्ले कार्ड बोकेर परिक्रमा समेत गरेका थिए ।
झापा, इलाम, पाँचथर र छिमेकी जिल्ला तेह्रथुमबाट समेत कार्यक्रममा सहभागी भएको बताइएको छ । केवलकार निर्माण कार्य नरोकिए कडाभन्दा कडा आन्दोलन गर्ने समेत उनिहरुले चेतावनी दिएका छन् ।
दमक,झापा / झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...
दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...
दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...
ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...