ईतिहासकार ईमासिं चेम्जोङकाे एकसय २२औं जन्मजयन्ती मनाइयाे

 लिम्बुवान न्युज
                       

  • राजकुमार तेयुङ

मेयङलुङ, १८ पाैष । तेह्रथुमको म्याङलु बजारमा विभिन्न कार्यक्रमहरू सहित ईतिहासकार ईमासिं चेम्जोङकाे एकसय २२औं जन्मजयन्ती मनाएकाे छ।

भरतकाे दार्जिलिङ जिल्ला अन्तरगत कालिङपुङकाे रिन्केनपुमा आज भन्दा १ सय २२ बर्ष अगाडी जन्मेका ईतिहासकार ईमानसिं चेम्जाेङकाे बारेमा किरात याक्थुङ चुम्लुङ मेयङलुङ नगरपालिकाका नगर अध्यक्ष साम थाम्देन थाङबेनले लिम्बू समुदायकाे ईतिहासकार ईमानसिं चेम्जाेङ, सिङजङगा सिं थेबे र फाल्गुन्द लिङदेनकाे हुलाक टिकट रहेकाे ईतिहास बताउनुभयाे।

नेपाल आदिबासी जनजाती माहासंघ तेह्रथुमका अध्यक्ष बलदेब तुम्बाहाङफेले ईतिहासकार ईमानसिं चेम्जाेङ सिङ्गाे लिम्बू याक्थुङ समुदायकाे महान ब्याक्ति भएकाे बताउनुभयाे। ८७ बर्षका घनश्याम सावादेनले मान्छे मान्छेकाे समाजमा जन्मेपछि ईमानसिं चेम्जाेङले लिम्बू समुदायमा पुर्याएकाे याेगदान जस्तै हामीले पनि हाम्रो समुदायमा याेगदान पुर्याउनुपर्ने बताउनुभयाे।

किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमका सल्लाहकार कृष्णमान तुम्बाहाङफेले ईतिहासकार ईमानसिं चेम्जाेङले लिम्बू समुदायमा ठूलाे याेगदान पुर्याएर जानुभएकाेले उहाले हिडेकाे गाेरेटाेहरूमा हिडनुपर्ने बताउभयाे।

यसरीनै कियाचु लिम्बू भाषा साहित्य प्रतिष्ठान तेह्रथुमका अध्यक्ष तथा रेडियो मेन्छ्यायेमका स्टेसन मेनेजर भगिश्वर तेयुङले मान्छे भएर जन्मे पछि ठूलाे या सानाे हाेस निस्वाथ्य भावनाले काम गर्दा समाजले सम्झिन्ने भएकाेले ईमानसिं चेम्जाेङकाे पथयात्रामा हामी सबै हिडन अनुराेध गर्नुभयाे।

किरात याक्थुङ चुम्लुङ तेह्रथुमकाे आयाेजनामा भएकाे कार्यक्रममा किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमले स्थापना गरेकाे कियाचु ईमानसिं चेम्जाेङ पुरस्कार काेषद्वारा लिम्बू भाषाकाे बिकासका निम्ति लिम्बू भाषा साहित्य लेखनमा याेगदान पुर्याकाे भन्दै म्याङलुङ नगरपालिका वाड नं ९ साब्ला फुङसीङमा टाेल बस्ने ८७ बर्षका घनश्याम सावादेन लिम्बुलाई नगत सहित सम्मान पत्रले समेत गरेकाे छ । ईतिहासकार चेम्जाेङकाे जन्म जयन्तीकाे अबसरमा किरात याक्थुङ चुम्लुङका पूर्ब केन्द्रीय सदस्य ईन्द तुम्बाहाङफे, राम तुम्बाहाङफे र दिल बहादुर साेदेम्बाले समेत आफ्नाे धारणा राख्नुभएकाे थियाे।

ईतिहासकार ईमासिं चेम्जाेङकाे १ सय २२औं जन्म जयन्ती किरात याक्थुङ चुम्लुङ तेह्रथुमका अध्यक्ष सेसेहाङ हुक्पा चाेङबाङकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे।

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...