पान्थरमा भावना इङवाको संयोजकत्वमा संयुक्त पहिचानवादी महिला मोर्चा गठन

,   लिम्बुवान न्युज
                       


दमक, १० माघ । पान्थरमा संयुक्त पहिचानवादी महिला मोर्चाको जिल्ला समिति गठन भएको छ । पान्थरको फेदेनमा भएको एक कार्यक्रमले नेत्री भावना इङवाको संयोजकत्वमा ४८ सदस्यीय महिला मोर्चा गठन गरेको हो ।

यसैगरी उक्त समितिको सहसंयोजकहरुमा नरमाया धमला, टीका केरुङ र सदस्य सचिवमा नविना राई सहित चयन भएका छन् ।

कार्यक्रममा मोर्चाका जिल्ला संयोजक दिलेन्द्र कुरुम्बाङ, नेताहरु रामभक्त कुरुम्बाङ, प्रेमराज लावती, एलबी पालुङवा, दिपा लक्सम, विराज आङदेम्बे, चन्द्रराज आङदेम्बे, राकेश माङ्मु, श्री सेलिङ, अर्जुन स्याङबो लगायत नेताहरुले कार्यक्रममा आ–आफ्ना विचारहरु राखेका थिए ।

कार्यक्रमले पहिचान पक्षधरहरु एक हुनु थप मद्दत पुगेको जनाउँदै यसरी नै अन्य पहिचान पक्षधरहरुलाई पनि संयुक्त पहिचानवादी मोर्चामा आउन वक्ताहरुले अपिल गरेका छन् । कार्यक्रम संयाेजकमा चयन हुनभएकी भावना इङ्वाकै अध्यक्षतामा भएको हाे ।

संयुक्त पहिचानवादी माेर्चामा नेपाल जनमुक्ति पार्टी, नागरिक उन्मुक्ति पार्टी प्रदेश नं. १, पहिचानवादी माेर्चा र प्रदेश नं. १ पुनः नामाकरण अभियान समिति चार वटा संगठनहरू समाहित छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;