मलेसियामा युमा साम्यो महासभाको समिति बन्यो, महासचिवमा सुमन येक्तेन निर्वाचित

 लिम्बुवान न्युज
                       

मलेसिया। युमा साम्यो महासभा मलेसियाको पहिलो अधिवेशन सम्पन्न भएको छ । आइतबार मलेसियामा सम्पन्न अधिवेशनले पुरानाे तदर्थ समितिलाई पूर्णता दिदै नयाँ कार्य समिति बनेको हो ।

भरत केदेमको अध्यक्षतामा नयाँ समिति चयन भएको छ । समितिको महासचिवमा सुमेन येक्तेन सर्वसहमतिले निर्वाचित भएका छन् । त्यसैगरी संस्थापकमा पेशल माबुहाङ र संरक्षकमा उदय चोङ्बाङक्याक् रहेका छन् ।

यसैगरी वृहत जुम बैठकमार्फत गठित समितिको उपाध्यक्षहरुमा इन्द्रकुमार आङबुहाङ र भिम साउदेन, महिला उपाध्यक्षमा गीता वनेम, सचिव लाल वनेम र कोषाध्यक्षमा रबिन पालुङवा चयन भएका छन् ।
साथै सदस्यहरुमा अमृत आङबुहाङ, हर्क ब तुम्बाहाङफे, बिस्णु ब. खजुम, मन कु पालुङवा, सन्तोष माबो, राज कु अन्छ्ङबो, सन्तोष माबुहाङ, राम कु पालुङवा, सुक ब वनेम, शान्तिराम इङनाम, लाजेहाङ यक्सो, मिलन यक्सो, सबिन फागो, टेक ब पन्धाक, महेन्द्र यक्सो, सेर बहादुर चेम्जोङ, श्रीमान ओख्राबु, सुरेन निङलेकु, दिनेश फ्याक, नरेन्द्र यक्सो, असारे कान्छा मुसाहाङ लिम्बू, तेज कु.लिम्बु, निर्मल साउदेन, दिल कुमार लिम्बु (थेगिम), दिपक साउदेन, मिसन अन्छङ्बो, कुमार आङ्देम्बे, चन्द्रकुमार सुहाङ, मनोज लिम्बु र कान्छाहाङ फियाक चयन भएका छन् ।

त्यसैगरी सल्लाहकारहरुमा तुलसी माबुहाङ, खगेन्द्र खजुम, अटल सेनेहाङ, कमल काम्बाङ, खगेन्द्र इम्सङ, भिम थेबे, रोशन लेःवा, सन्त कुमार साँवा, कविन्द्र चोङबाङ, अमर थेगीम, मनिकुमार इजम र आइतराज येक्तेन छन् ।

याक्थुङ जातिको मौलिक संस्कार, मुन्धुम र मुन्धुमसँग प्रत्यक्ष जोडिएका प्रागऐतिहासिक मुन्धुमी स्थलहरुको संरक्षण, सम्वर्द्धन र प्रवर्द्धन गर्ने महान उद्देश्यका साथ निकट भविष्यमै हुन गइरहेको २०७८ सालको बाह्रौँ राष्ट्रिय जनगणनामा जातिको कोलममा “याक्थुङ लिम्बू“ र धर्मको महलमा “युमा धर्म“ लेखेर अघि बढ्ने अभियान सञ्चालन गर्ने प्रतिबद्धता जाहेर अधिवेशन सम्पन्न भएको नव निर्वाचित समितिका महासचिव सुमन येक्तेनले बताए ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ् मोरङ अध्यक्षमा डिल्ली लिङदम निर्वाचित

दमक, २१ माघ । किरात याक्थुङ चुम्लुङ् मोरङ जिल्लाको नवौं अधिवेशन सम्पन्न भएको छ । सोमबार चुम्लुङका संघीय महासचिव निरन्ती तुम्बापोको प्रमुख आतिथ्यतामा सुन्दरहरैचास्थित चुम्लुङहिमको सभाहलमा सम्पन्न अधिवेशनले डिल्ली लिङदमको अध्यक्षतामा नयाँ समिति गठन गरिएको...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...