जसपाको लिम्बुवान राष्ट्रिय सम्पर्क समिति काठमाडौं समायोजन, अध्यक्षमा टेक लावती

 लिम्बुवान न्युज
                       

काठमाठौं। जनता समाजवादी पार्टी (जसपा) नेपाल, लिम्बुवान राष्ट्रिय सम्पर्क समिति काठमाडौँको समायोजन कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार काठमाडौंमा आयोजित सम्पर्क समितिको समायोजन तथा नवप्रवेशीहरुलाई स्वागत कार्यक्रमबाट टेक लावतीको अध्यक्षतामा ३१ सदस्यीय समिति विस्तार गरिएको हो । समितिको उपाध्यक्षहरुमा बिवस हेल्लोक, देबेन्द्र नेम्वाङ र उमादेबी लिम्बू रहेका छन् भने सचिव, सहसचिव र कोषाध्याक्षमा क्रमशः कविन्द्र सम्बाहाम्फे, सुनिल आङ्बो र भक्त माखिमलाई जिम्मेवारी पाएका छन् ।

त्यस्तै सदस्यहरुमा क्रमशः पुर्ण जवेगु, अनुप लिङ्देन, हेमा फेउदिन, जया यादव, रेणुका सौर्य मगर, अनिता लिम्बू, सबिता पन्धाक, सुर्य बिक्रम चेम्जोङ, जयकुमार राई, दिल बहादुर येङदेन, दिल बहादुर राई, भजिन्द्रा लिङदम लावती, मन कुमार भट्टराई, नारायण नेयङ, नितुरानी नेम्वाङ, शिव राई र भगवती सिङ्जाली मगर लगायत चयन भएका छन् ।

पार्टी अध्यक्ष उपेन्द्र यादवको प्रमुख आतिथ्यमा भएको समयोजन कार्यक्रममा रकम चेम्जोङ, रेखा यादब, जयराम यादव, दलमर्दन कामी, रत्न बिक्रम स्याङबो, डा. के के राई, दिपेन्द्र आङ्देम्बे, प्रेमराज लावती, लाल धोज नेम्वाङ, डिबि आङ्बुङ, सुमन कुमार चौधरी लगायतका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमलाई प्रदेश न. १ सम्पर्क समितिका अध्यक्ष महेन्द्र राईको अध्यक्षता गरेका थिए ।

उक्त कार्यक्रममा सफल ब्यावसायी तथा समाजसेवी दिल बहादुर लावती, पुर्व डिएसपि श्यामल एभेङ सुब्बा, समाज सेवी सुर्य बिक्रम चेम्जोङ, कमला आङदेम्बे लगायत करिब पाँच दर्जनभन्दा बढीले पार्टी प्रवेश गरेका छन् ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...