माङसेबुङमा ११औं पवित्रहाङका कप फूटबल प्रतियोगिता हुने

,   लिम्बुवान न्युज
                       

माङसेबुङ्। ११औं पवित्रहाङमा गोल्डकप फूटबल प्रतियोगिता हुने भएको छ । किरातीहरुको धार्मिक तथा पर्यटकीयस्थल इलामकाे माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा खेल सञ्चालन हुने भएको हो ।

खेल आयोजक समितिले आज विज्ञप्ति प्रकाशन गर्दै “हाम्रो पहिचान, राष्ट्रको शान र धर्मको महलमा किरात धर्म लेखौं, राष्ट्रिय जनगणना २०७८ सफल पारौं” भन्ने नाराका साथ पवित्रहाङमा कप खेलकुद प्रतियोगिता आयोजना गरिने आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए ।

मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६५ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित फूटबल प्रतियोगिता आगामी माघ २९ गते सुरु भई फागुन २ गते फाइनल हुने जनाएको छ ।

११औं संस्करणको गोल्डकप प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, र दार्जिलिङ भारतका ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा ए. पि. एस. सी. दार्जिलिङ भारत, रोयल स्पोर्टस क्लब दमक झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद समिति इलाम, पञ्चकन्या एफ.सी उदयपुर, सतिसाले एफ. सि. मोरङ, खदम स्पोर्टिङ क्लब मोरङ र धरान फुटबल क्लब सुनसरीको सहभागिता रहने छ ।

११ औं पवित्रहाङमा कप विजेताले नगद १ लाख १ सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट कोचलाई समेत आकर्षक पुरस्कार प्रदान गरिने आयोजक कमिटीले जनाएको छ । पुरस्कार फागुन ३ गते ६५औं शुभजन्मोत्सव तथा नुमाङ्गेन्ना सेवा समारोहको दिन वितरण गरिने हक्चात यक्चुमका अध्यक्ष आङबुहाङले बताए ।

फागुन २ गते फूटबल खेलको फाइनलका साथै अन्य विभिन्न अतिरिक्त खेलहरु पनि सञ्चालन हुने छन् । अन्य खेलहरुमा म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्ने, फूलमाला दौड, गाग्री भर्ने दौड, चम्चा दौड (१५ वर्ष मुनि), कराँते लगायतका खेलहरु सञ्चालन हुने विज्ञप्तीमा उल्लेख छ ।

यो खेलकुद प्रतियोगिता माङसेबुङ् गाउँपालिकाको आर्थिक सहयोग र फूटबल संघ इलामको प्राविधिक सहयोगमा सञ्चालन हुने आयोजकको भनाई छ । इलामको माङसेबुङमा पवित्रहाङमा गोल्डकप २०६७ यता हरेक वर्ष मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको शुभ जन्मोत्सवको अवसरमा सञ्चालन हुँदै आएको छ ।

 

सम्बन्धित समाचार

दमकमा ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी अन्तरक्रिया

दमक, १४ असोज ।  झापाको दमकस्थित कामक्ष होटलमा आज ‘भुटानी शरणार्थीका समस्या तथा समाधान’ सम्बन्धी एक विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल भुटानी अर्गनाइजेसन (GBO Nepal) र पिस इनिसिएटिभ भुटान (Peace Initiative Bhutan) को...

दमक अस्पतालमा डायलासिस र सिटी स्क्यान सेवा सुरु हुने: पूर्वाधार विस्तार तीव्र

दमक, १४ असोज। झापाको दमक अस्पतालले निकट भविष्यमै डायलासिस तथा सिटी स्क्यान सेवा सञ्चालनमा ल्याउने भएको छ। स्वास्थ्य सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अस्पतालले आफ्नो भौतिक पूर्वाधार विस्तार गर्दै थप एक तला भवन निर्माण...

‘विजयपुर सम्मेलन’: इतिहास, पहिचान र भूमिको खोज

दमक, १३ असोज । लिम्बुवानको इतिहास, विजयपुर दरबारको संरक्षण, सांस्कृतिक अतिक्रमण र आदिवासी लिम्बूहरूको भूमिसम्बन्धी विषयमा केन्द्रित हुँदै धरानमा दुईदिवसीय ‘विजयपुर सम्मेलन’ सुरु भएको छ । धरानस्थित लाङ्घाली सामुदायिक वनको भवनमा मङ्गलवारदेखि सुरु भएको सम्मेलनमा...

लिम्बू सांस्कृतिक परिषद्को प्राज्ञिक जर्नल ‘थिम्-साक्थिम्’ विमोचन हुने

ललितपुर, १४ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति लिम्बू सांस्कृतिक परिषद्ले प्रकाशन गरेको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ आगामी २०८३ साल असोज १६ गते विमोचन हुने भएको छ । परिषद्का अनुसार ललितपुरस्थित चुम्लुङहिममा आयोजना हुने विशेष...

;