फाकफोकमा लिम्बुवानको अन्तरक्रिया, अध्यक्षमा फुर्सद याेङहाङ

 लिम्बुवान न्युज
                       

इलाम। संघीय लिम्बुवान मञ्च, नेपाल इलाम जिल्ला समितिले फाकफोक ४ मा राजनीतिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । शनिबार साँझ आयोजित कार्यक्रम मञ्चका प्रान्तीय महासचिव शान्ता योङहाङको प्रमुख आतिथ्यतामा आयोजना गरेको हो ।

संघीय मञ्चको दोस्रो चरणको मेचीकाली राजनीतिक अभियानको अन्तिम कार्यक्रमको रुपमा आयोजित उक्त कार्यक्रममा महासचिव योङहाङ्ले वर्तमान देशको राजनीति उथलपुथलको वावजुद पहिचान सहितको १०+१ प्रान्त निर्माणको दर्वियानमा निस्किएको एकमात्र पार्टी मञ्चले जनताको घरआँगन मै पुगेर अधिकार प्राप्तिको विकल्पको रुपमा उभिएर देशव्यापी कार्यक्रममा निस्किएको बताउनु हुँदै कोही पनि अब अधिकारको निमित्त चुप लागेर बस्न नहुने बताइन् । अब पनि अधिकारको निमित्त हामी चुप लाग्ने हो भने नेकपा र कांग्रेस जस्ता अवसरवादी पार्टीहरुको भोटबैंक मात्र भईने हुँदा त्यस प्रति सजक रहन अनुरोध गरिन् ।

कार्यक्रममा मञ्चका संघीय अर्थ संयोजक विष्णु यक्सो, उपमहासचिव दिल कुमार लावती, दलित मञ्चकी महासचिव शर्मिला वागचन्द, सचिवालय सदस्य हेम जवेगु लगायतले सचेत युवाहरु पहिचान, संघीयता र आत्मानिर्णय अधिकार सहितको संघीय राज्य निर्माणको निमित्त एकजुट भएर उभिन्न अनुरोध गरेका छन् । कार्यक्रममा मञ्चका संघीय सदस्य चन्द्र लिम्बु, सुर्य लिम्बु, नारायण लावती र रिता मादेनको उपस्थिति रहेको थियो ।

यसैगरी सो कार्यक्रममा फुर्सद लिम्बुको अध्यक्षतामा १७ सदस्यीय फाकफोक वडा नं. ४ को संघीय लिम्बुवान मञ्च समिति गठन भएको छ । समितिको उपाध्यक्षमा विक्रम सुब्बा, सचिव समुन्द्र सुब्बा, अर्थसचिव धर्मेन्द्र लिम्बु चयन भएका छन् भने सदस्यहरुमा सन्तवीर लिम्बु, कमल लिम्बु, इन्द्रमान लिम्बु, कविराज लिम्बु, खगेन्द्र लिम्बु, सञ्जय लिम्बु, मन प्रसाद लिम्बु, डकेन्द्र लिम्बु, गोविन्द लिम्बु, रितु लिम्बु, याम बहादुर लिम्बु र राजकुमार लिम्बु योक्पादेन चयन भएका छन् ।

कार्यक्रम लिम्बुवान मञ्च इलाम जिल्ला उपाध्यक्ष सानबहादुर योङहाङ्को सभाध्यक्षतामा भएको उक्त कार्यक्रमलाई जिल्ला अध्यक्ष दिपक योङहाङ्ले सहजीकरण गरेका थिए ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...