विवाहमा झगडा हुँदा चारजना घाइते, बेहुला बेहुलीले भागेर ज्यान बचाए

 लिम्बुवान न्युज
                       

विराटनगर। विवाह घरमा आएको समूहको आक्रमणमा परी मोरङको केराबारीमा चारजना घाइते भएका छन् । केराबारी गाउँपालिका–७ नर्कटेमा विवाह घरमा आएको समूहको आक्रमणमा परी बेहुलीका बुवासहित चारजना घाइते भएका हुन् । आक्रमणमा संलग्न समूहले विवाह घरमा लुटपाट पनि गरेको छ ।

स्थानीय भागीमान लिम्बूको छोरीको विवाहमा आएको १०–१२ जनाको समूहले आक्रमण गरी पैसा र सुनचाँदीका गरगहना लुटेको प्रहरीले जनाएको छ । लुटपाट गर्ने गिरोहको आक्रमणबाट बेहुलीका बुवा ५९ वर्षीय भागीमान, दिदी ३० वर्षीया सविना लिम्बू (राई), कान्छा मामा केराबारी–९ का ४५ वर्षीय भगत याक्खा र बिहेमा बेहुलातर्फबाट जन्ती आएका भोजपुरको भोजपुर नगरपालिका–७ का ३३ वर्षीय रमेश राई घाइते भएका हुन् ।

उनीहरुको न्यूरो अस्पताल विराटनगरमा उपचार भइरहेको छ । बेहुलीका बुवा भागीमान र मामा भगतको अवस्था गम्भीर छ । उनीहरुको टाउको, खुट्टा, हातलगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ । प्रहरीका अनुसार भागीमानको टाउकोमा १३ टाँका लगाइएको छ । उनको छातीमा भाला पनि प्रहार भएको प्रहरीले जनाएको छ ।

भगीमानकी छोरी २३ वर्षीया सम्झना लिम्बू र नुवाकोट घर भएका सुदीप राईको विवाह शुक्रबार राति आयोजना गरिएको थियो । विवाह सकिएपछि आफन्त सुतेको समयमा आएको समूहले आक्रमणपछि लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए । आफन्तले लुटपाट भएको बताएपनि प्रहरीमा भने लुटपाटको जानकारी नआएको उनले बताए । बेहुला, बेहुली र अन्य पाहुनाले भागेर ज्यान जोगाएका थिए ।

नाच्न नपाउँदा झगडा, बरण्डाबाट चढेर आक्रमण

प्रहरीका अनुसार शुक्रबार रातिको वैवाहिक कार्यक्रममा करिब १० बजेतिर मादक पदार्थ सेवन गरी विवाह घरमा पुगेको एक समूहले साउण्ड सिस्टम बजाएर नाच्न पाउनुपर्ने भन्दै विवाद गरेको थियो ।

विवाहघरमा रहेकाले सम्झाएपछि गएको समूह पुनः फर्केर आएर होहल्ला ग¥यो। आक्रमण गर्ने शैलीमा आएपछि आफन्तले प्रहरीलाई खबर गरे । राति करिब १ बजे स्थानीयले उजुरी गरेपछि प्रहरी पुग्यो । प्रहरीलाई देखेपछि भागेको समूह प्रहरी फर्किएपछि पुनः घरमा आएर आक्रमण गरेको हो । तर प्रहरी फर्किएको केहीबेरमा आएको उक्त समूहले बरण्डाबाट घरमा चढेर अन्धाधुन्ध आक्रमण गरेको थियो ।

घरको पछाडिबाट बरण्डामा चढेका उनीहरुले खुकुरीले हानेर घरको झ्याल र ढोका काट्दै सुतिसकेकालाई ओछ्यानमै पुगेर आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणपछि बिहेघरमा भागदौड मच्चिएको थियो ।

विवाहमा बेहुलीको नाममा टिका लगाएर जम्मा भएको दुई लाख ३५ हजार पाँच सय रुपैयाँ नगद र सुनचाँदीका गरगहना लुटपाट गरेर समूह भागेको आफन्तले बताएका छन् । प्रहरी स्रोतका अनुसार आक्रमण गर्ने सबै केराबारीकै हुन् । आक्रमण र लुटपाटमा केराबारी–७ का २८ वर्षीय मुस्कान चेम्जोङ लिम्बू, २५ वर्षीय निशान चेम्जोङ लिम्बू, ३० वर्षीय विश्वास लिम्बू, केराबारी–८ का २२ वर्षीय भाइराजा लिम्बू लगायतको संलग्नता देखिएको प्रहरीले जनाएको छ ।

लुटपाट गरी फरार भएको समूहको खोजी तीव्र पारिएको मोरङका प्रहरी उपरीक्षक खड्काले बताए ।

(अनलाइन खबरबाट साभार)

सम्बन्धित समाचार

संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका गठन

सुनसरी, ७ जेठ । संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका समिती गठन भएको छ । रहमतुलम मन्सुरीको संयोजकत्वमा २९ सदस्य समिती गठन गरिएको हो । यसैगरी सहसंयोजकमा हसबुल मिया, सदस्य सचिवमा वादिल अन्सारी, सह-सचीवमा खतिजा खातुन...

केवलकार निर्माण नारोकिए कडा संघर्ष गर्ने चेतावनी

ललितपुर, ६ जेठ । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । केवलकार निर्माणलाई विकासको योजना भन्दै उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लंघन तथा जबर्जस्ती अगाडि नबढाउन ललितपुरमा आयोजित पत्रकार...

गंगा साउदेनको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा गठन

दमक, ६ जेठ । इलामको चुलाचुलीमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मंगलबार चुलाचुलीस्थित आपझोलामा भएको एक कार्यक्रमले गंगा साउदेन लिम्बुको संयोजकत्वमा मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमले समितिको सहसंयोजकहरुमा विरमान तामाङ, विक्रम...

कोशी नाम खारेजी आन्दोलन साझा नाममा सहमति खाेज्ने र राजनीतिक संवाद गर्दै अघि बढाउने

ललितपुर, ६ जेठ । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलन राजनैतिक संगठनहरुसँग संवाद गर्दै अगाडि बढाउने निर्णय भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा बसेको बैठकले पहिचानको आधारमा प्रदेशको नाममा सहमति...