अनलाइनखबरको प्रधानसम्पादकमा शिव गाउँले नियुक्त, सम्पादक बरालको विदाई

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपालको नम्बर वान अनलाइनखबरको प्रधान सम्पादकमा शिव गाउँले नियुक्त भएका छन् । नम्बर वान अनलाइन न्यूज पोर्टल संचालक अनलाइनखबर नेपाल प्रा.लिको सञ्चालक समिति बैठकले गाउँलेलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै ८ बर्ष सम्पादन गरेर अनलाइनलाई नेपालकै नम्बर वान अनलाईन समाचार पत्रिका बनाउन महत्वपूर्ण भूमिका खेलेका सम्पादक अरुण बरालले दिएको राजीनामा पनि स्वीकृत गरेर आजै विदाई गरेको छ ।

आज आयोजित एक समारोहमा गाउँलेलाई अध्यक्ष धर्मराज भुसालले स्वागत गरे । सो कार्यक्रममा बोल्दै अध्यक्ष भुसालले अनलाइन पत्रकारिता अब मूलधार बनिसकेको भन्दै गाउँलेको सम्पादकीय नेतृत्वमा अनलाइनखबरले अझै उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

यसैक्रममा नवनियुक्त प्रधानसम्पादक गाउँलेले अनलाइनखबरको सन्तुलित र न्यायपूर्ण पत्रकारितालाई निरन्तरता दिइने बताए । उनले भने, ‘सत्ता र शक्तिको पछि नलाग्ने बरु त्यसको विरुद्ध कभर स्टोरी बनाएर अघि बढ्ने बताए ।

तीन दशक लामो पत्रकारितामा सक्रिय गाउँले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत हुने । हिमाल खबरपत्रिकाको सम्पादक भई कुशल सम्पादन गरेर हाल पछिल्लो ६ वर्षदेखि खोज पत्रकारिता केन्द्रको सम्पादक रहेका थिए ।

सम्पादक बरालको बिदाइ

अध्यक्ष धर्मराज भुसाल सम्पादक अरूण बराललाइ विदाइ गर्नु हुँदै बिचमा नवन्यूक्त प्रधानसम्पादक शिव गाउँले

यसै वीच सम्पादक अरुण बराललाई बिदाइ गरिएको छ । संस्थाका अध्यक्ष धर्मराज भुसालले न्यूजरुपलाई नेतृत्व गरेर यहाँसम्म पु¥याउने सफल बरालको आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।
जाँदाजाँदै सम्पादक बरालले नेपालको नम्बर एक अनलाइनलाई लामो समय नेतृत्व गर्न पाएकोमा खुशी व्यक्त गर्दै अनुभवी र बरिष्ठ सञ्चारकर्मीलाई कार्यभार हस्तान्तरण गर्न पाउनु सुखको अनुभूति भएको बताए ।

कार्यक्रममा अनलाइनखबर डटकमका कार्यकारी निर्देशक सुरेश भुसाल लगायत अन्य सम्पादकीय सहकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

(तस्वीरः अनलाइन खबरबाट)

सम्बन्धित समाचार

चलचित्र ‘परान’ काे ट्रेलर सार्वजनिक

ललितपुर, ८ कार्तिक ।  यहि कार्तिक १४ गते रिलिज हुने 'परान' फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ । काठमाडौँको रञ्जना हलमा एक कार्यक्रमका बीच फिल्मको ट्रेलर लन्च गरिएको हो । सार्वजनिक ट्रेलरले फिल्मले नेपाली समाजको पारिवारिक...

१५ कात्तिकदेखि हुने ‘झापा महिला गाेल्डकप‘ प्रतियोगिताको तयारी तीव्र

दमक, ८ कार्तिक ।  झापाकाे शिवसताक्षी–११ दुधेमा पहिलोपटक हुन लागेको ‘झापा महिला गोल्डकप’ फुटबल प्रतियोगिताका लागि तयारी तीव्र पारिएकाे छ । यहि कार्तिक १५ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितास्थल दुधे रंगशालामा प्याराफिट निर्माण सकिएर...

जनमुक्ति एउटा – विश्व बिद्यालय !

केपी पालुङ्वा २०४७ साल बैशाख २३ गत्ते नेपालमा - आदरणीय एम एस थापा मगर ज्युको नेतृत्वमा - नेपाल राष्ट्रिय जनमुक्ति मोर्चा नामक एउटा पार्टीको जन्म भयो । (क) यस्को सैद्धान्तिक /बैचारिक लाइन १. एकात्मक शासन...

हिलिहाङ दरबार परिसरमा “हिलिहाङ साहित्य महोत्सव” हुने

पाँचथर । हिलिहाङ गाउँपालिकास्थित ऐतिहासिक हिलिहाङ दरबार परिसरमा आगामी कार्तिक तीन गते हिलिहाङ साहित्य महोत्सव हुने भएको छ | कार्यक्रम आयोजकका अनुसार  महोत्सवमा कार्यपत्र प्रस्तुती, अतिथि कवि एवम् हिलिहाङ गाउँपालिकाका स्रष्टाहरुको रचना वाचन र ख्यातीप्राप्त...