अनलाइनखबरको प्रधानसम्पादकमा शिव गाउँले नियुक्त, सम्पादक बरालको विदाई

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपालको नम्बर वान अनलाइनखबरको प्रधान सम्पादकमा शिव गाउँले नियुक्त भएका छन् । नम्बर वान अनलाइन न्यूज पोर्टल संचालक अनलाइनखबर नेपाल प्रा.लिको सञ्चालक समिति बैठकले गाउँलेलाई प्रधान सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै ८ बर्ष सम्पादन गरेर अनलाइनलाई नेपालकै नम्बर वान अनलाईन समाचार पत्रिका बनाउन महत्वपूर्ण भूमिका खेलेका सम्पादक अरुण बरालले दिएको राजीनामा पनि स्वीकृत गरेर आजै विदाई गरेको छ ।

आज आयोजित एक समारोहमा गाउँलेलाई अध्यक्ष धर्मराज भुसालले स्वागत गरे । सो कार्यक्रममा बोल्दै अध्यक्ष भुसालले अनलाइन पत्रकारिता अब मूलधार बनिसकेको भन्दै गाउँलेको सम्पादकीय नेतृत्वमा अनलाइनखबरले अझै उचाइ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

यसैक्रममा नवनियुक्त प्रधानसम्पादक गाउँलेले अनलाइनखबरको सन्तुलित र न्यायपूर्ण पत्रकारितालाई निरन्तरता दिइने बताए । उनले भने, ‘सत्ता र शक्तिको पछि नलाग्ने बरु त्यसको विरुद्ध कभर स्टोरी बनाएर अघि बढ्ने बताए ।

तीन दशक लामो पत्रकारितामा सक्रिय गाउँले नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत हुने । हिमाल खबरपत्रिकाको सम्पादक भई कुशल सम्पादन गरेर हाल पछिल्लो ६ वर्षदेखि खोज पत्रकारिता केन्द्रको सम्पादक रहेका थिए ।

सम्पादक बरालको बिदाइ

अध्यक्ष धर्मराज भुसाल सम्पादक अरूण बराललाइ विदाइ गर्नु हुँदै बिचमा नवन्यूक्त प्रधानसम्पादक शिव गाउँले

यसै वीच सम्पादक अरुण बराललाई बिदाइ गरिएको छ । संस्थाका अध्यक्ष धर्मराज भुसालले न्यूजरुपलाई नेतृत्व गरेर यहाँसम्म पु¥याउने सफल बरालको आगामी यात्राका लागि शुभकामना व्यक्त गरे ।
जाँदाजाँदै सम्पादक बरालले नेपालको नम्बर एक अनलाइनलाई लामो समय नेतृत्व गर्न पाएकोमा खुशी व्यक्त गर्दै अनुभवी र बरिष्ठ सञ्चारकर्मीलाई कार्यभार हस्तान्तरण गर्न पाउनु सुखको अनुभूति भएको बताए ।

कार्यक्रममा अनलाइनखबर डटकमका कार्यकारी निर्देशक सुरेश भुसाल लगायत अन्य सम्पादकीय सहकर्मीहरुको समेत उपस्थिति रहेको थियो ।

(तस्वीरः अनलाइन खबरबाट)

सम्बन्धित समाचार

झापाको मतगणना आजैबाट शुरु: कहाँ-कहाँ हुँदै

झापा, २१ फागुन । झापाका पाँचवटै निर्वाचन क्षेत्रका लागि आज भएको मतदानको मतगणना तयारी सुरु भएको छ । सबै निर्वाचन क्षेत्रका कार्यालयहरुमा मतपेटिका ओसार्ने काम जारी छ । मतगणना आज राति सुरु गर्ने तयारी गरिएको...

झापा ५ मा मतदान सकिए सङ्गै मत पेटिका संकलन शुरु: आजैबाट गणना हुने

दमक, २१ फाल्गुन । सर्वाधिक चासोका साथ हेरिएको झापा क्षेत्र नम्बर ५ मा मतदान सकिएसँगै मतपेटिका संकलनको काम शुरु भइरहेको छ । निर्वाचन कार्यालय झापा ५ का अनुसार, आजै सर्वदलीय बैठक बसेर बैठकको निर्णयपछि मतगणना...

झापा ५ इपिसेन्टरमा मतदान शान्तिपूर्ण: रन्जितले कमलमा गरे मतदान

दमक, २१ फाल्गुन । चुनावको इपिसेन्टर बनेको झापा क्षेत्र नम्बर-५ मा मतदान सुरु भएको पहिलो दुई घण्टामा ७.५ प्रतिशत मत खसेको छ । मतदाताहरू भोट हाल्नका लागि मतदान केन्द्रहरूमा लाइनमा उभिएका छन् । एमालेका अध्यक्ष...

२०८३ सालमा हुने सार्वजनिक विदा: सूची सहित हेर्नुहोस्

दमक, १९ फागुन । नेपाल सरकारले विक्रम सम्वत २०८३ सालको विदा सार्वजनिक गरेको छ । यहि फागुन १३ गते बसको मन्त्रीपरिषदले सार्वजनिक विदा निर्धारण गरेको थियो । सोही निर्णय अनुसार मंगलबार सरकारले विदा सुची राजपत्रमा...