इलाममा प्रेस युनियन र प्रेस नेपाल बिच कार्यगत एकता

,   लिम्बुवान न्युज
                       

इलाम। नेपाल पत्रकार महासंघ इलाम शाखाको आगामी चैत्र पहिलो साता हुने नयाँ नेतृत्व चयनको निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस नेपालले कार्यगत एकता गर्ने भएका छन् ।

शनिबार दुई संगठनले कार्यगत एकता गर्ने भन्दै ३ बुँदे सहमतिपत्र सार्वजनिक गरेका छन् । सहमतिपत्रमा नेपाल प्रेस युनियनका तर्फबाट निर्वाचन समन्वय समितिका संयोजक विप्लव भट्टराई र सदस्यहरु सोम सुसेली र प्रभाकर प्रधान तथा प्रेस नेपालका तर्फबाट संवाद समितिका राम योङहाङले संयसक्त रुपमा हस्ताक्षर गरेका छन् ।

सहमतिको पहिलो बुँदामा नेपाल पत्रकार महासंघ इलाम शाखाको नयाँ नेतृत्व चयनका लालि हुने निर्वाचनमा नेपाल प्रेस युनियन र प्रेस नेपालबीच कार्यगत एकता गर्ने उल्लेख छ ।

त्यस्तै दोस्रो बुँदामा नेपाल पत्रकार महासंघ इलाम शाखालाई व्यवसायिक÷श्रमजीवि पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्न आवश्यक पहल गर्ने उल्लेख छ ।

तेस्रो बुँदामा जिल्लामा रहेका अन्य संगठनहरुसँग समेत आपसी समन्वय र समझदारी गर्दै अगाडि बढ्न दुवै संगठनको तर्फबाट आह्य्वान गर्ने सहमतिमा उल्लेख छ ।

सहमतिपत्रमा दुई संगठनले कार्यगत एकता गर्ने उल्लेख गरेको भएपनि कसरी गर्ने भन्ने उल्लेख छैन । कुन संगठनले कुन पद लिने भनेर पदको भागवण्डा समेत गरिएको छैन । अन्य संगठनहरुसँग समेत आपसी समन्वय र समझदारी गर्दै अगाडि बढ्न सहजताका लागि तत्काल पद बाँडफाँड नगरिएको दुवै संगठनले जनाएका छन् ।

तर यस अघि नै नेपाल प्रेस युनियन र प्रेस नेपालले यसअघि नै छुट्टाछुट्टै पदमा उम्मेद्वार घोषणा गरिसकेका छन् । प्रेस युनियनले पत्रकार विप्लव भट्टराईलाई अध्यक्ष पदमा र प्रेस नेपालले पत्रकार राम योङहाङलाई सचिव पदमा उम्मेद्वारी बनाउने निर्णय गरिसकेका छन् ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;