प्रथम अध्यक्ष पाठकलाई अभिनन्दन गर्ने

 लिम्बुवान न्युज
                       

दमक, १९ माघ । प्रेस चौतारी नेपाल झापाले प्रथम अध्यक्षलाई अभिनन्दन र जिल्लाका ५ जना अग्रज पत्रकारलाई सम्मान गर्ने भएको छ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर चौतारीले झापा शाखाका प्रथम अध्यक्ष नेत्र पाठकलाई अभिनन्दन गर्ने भएको हो ।

त्यस्तै जिल्लाका अग्रज पत्रकार नकुलकाजी, माधव विद्रोही, गोविन्दचन्द्र क्षेत्री र केशव आचार्यलाई सम्मान गर्नेे निर्णय गरेको छ । यस्तै स्व. माया पकुवाललाई मरणोपरान्त सम्मान गर्ने प्रेस चौतारी नेपाल झापाको बिहिबार बसेको जिल्ला कमिटिको बैठकले निर्णय गरेको हो ।

पे्रस चौतारी नेपाल झापाका इन्चार्ज सन्तोष आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्य एंवम प्रदेश १ का सह–इन्चार्ज अम्बिका भण्डारी र प्रेस चैतारी झापाका पूर्व अध्यक्ष गोपाल काफ्ले सदस्य रहेको छनोट समितिले सिफारीस गरेको सम्मानित हुने अग्रज पत्रकारहरुको नामावलीलाई बैठकले अनुमोदन गरेको हो ।

छनोट समितिले तयार पारेको मापदण्डका आधारमा अभिनन्दित व्यक्ति र अग्रज पत्रकार छनोट गरिएको चौतारी झापाका अध्यक्ष मनकुमार गदालले जानकारी दिए ।

छनोट भएका व्यक्तिहरुलाई प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसरमा माघ २१ गते शनिबार अभिनन्दन र सम्मान गरिनेछ । प्रदेश १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने बिषेश समारोह बिर्तामोडमा आयोजना हुनेछ ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...