दार्जिलिङ भारतले उचाल्याे पवित्रहाङमा कपको उपाधि

,   लिम्बुवान न्युज
                       

दमक, ३ फाल्गुन । पवित्रहाङमा कप फुटबल प्रतियोगिताको उपाधि एम.एफ.सि. दार्जिलिङ भारतले जितेको छ ।

बुधबार इलामको माङसेबुङ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाईनल खेलमा नवदीप युवा क्लव मिक्लाजुङ मोरङलाई सडनडेत्थमा ७–६ गोल अन्तरले पराजित गर्दै दार्जिलिङले उपाधि कव्जा गरेको हो ।

खेलको पहिलो हाफको ३८औं मिनेटमा सोनिया मारकले गोल गर्दै दार्जिलिङलाई अग्रता दिलाईन् । तर, खेलको दोस्रो हाफको २७ औं मिनेटमा मोरङका पुर्णिमा राईले गोल गर्दै खेल बराबरीमा फर्काइन ।

त्यसपछि खेलको निधारित समयमा दुबै टिमबाट गोल हुन नसक्दा खेल एक एक गोलको बराबरीमा रोकिन्दै नतिजा टाईब्रेकरमा धकेलिएको थियो ।

 

टाईब्रेकरमा पनि नतिजा बरबरी भएपछि सडनडेत्थमा दर्जिलिङले जित निकाल्न सफल भयोे । टाईब्रेकरमा दार्जिलिङका लागि सोनिया मारक, निलु तिर्की, अप्सना तामाङ, शिवानी शर्मा, सुस्मिता लेप्चा, कुसुम क्षेत्री र रिङकु राईले गोल गरिन् भने, प्रिया तामाङको प्रहार मोरङकी गोल किप्पर रुपा धिमालले उत्कृष्ट बचाउ गरिन् ।

यसरीनै मोरङका लागि पुर्णिमा राई, सिता कार्की, बिष्णु साँवा, सम्झना बेघा, दिपिका राई र अप्सरा राईले गोल गरिन भने कमला श्रेष्ठ र रितु लिम्बूको प्रहार दार्जिलिङका गोल किप्पर सुस्मा गुडियाले उत्कृष्ट बचाउ गरिन ।

उपाधि चुमेसंगै दार्जिलिङले नगद पुरस्कार दुई लाख एक सय सर्सठी रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाण–पत्र प्राप्त गरेका छन् । यता उपबिजेता टिम मिक्लाजुङ मोरङले भने नगद पुरस्कार एक लाख एक सय सर्सठी रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाण–पत्रमा चित्त बुझाउनु पर्यो ।

यसैगरि प्रतियोगिताको सर्वाधिक गोलकर्ता, दार्जिलिङकी सोनिया मारक, उत्कृष्ट खेलाडी मोरङकी पुर्णिमा राई, उत्कृष्ट डिफेन्डर दार्जिलिङकी प्रिया तामाङ र उत्कृष्ट गोलकिप्पर दार्जिलिङकी सुस्मा गुडिया घोषित हुदैं नगद पुरस्कार सँगै ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त रेका छन् ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा किरात धर्म गुरुआमा  साँबा पवित्रहाङमा लिङदेनको देवसमुपस्थितिमा बिजेता र उपबिजेता खेलाडी तथा अफिसियलहरुलाई प्रमुख अतिथि प्रदेश १ का सडक पुर्वधार तथा सहरी बिकास मन्त्री दुर्गा चापागाईं र बिशेष अतिथि प्रदेश १ का प्रदेश सभा सदस्य राम रानाले पुरस्कार बितरण तथा मायाको चिनो प्रदान गरेका थिए ।

किरात धर्मगुरुआमा  साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा धर्मगुरू लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी आश्रम कृषि समिति हङकङले सौजन्य गरेको छ ।

सम्बन्धित समाचार

लिम्बू भाषाको लघु चलचित्र ‘तङ्सिङ्’लाई बेलायतमा सर्वोत्कृष्ट अवार्ड

काठमाडौँ, २० असाेज । लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ले बेलायतमा सम्पन्न ‘दोस्रो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव’मा सर्वोत्कृष्ट लघु चलचित्र (Best Short Movie) को अवार्ड प्राप्त गरेको छ। गत २७ सेप्टेम्बर २०२६ मा...

लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउने तयारी

विराटनगर, १९ असाेज । १ नम्बर प्रदेश (कोशी) सरकारले प्रदेशभित्र लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने तयारी अघि बढाएको छ। भाषा आयोगको सिफारिस तथा निर्देशनअनुसार प्रदेश सरकारले यी दुई भाषालाई आधिकारिक...

चन्द्रकुमार लिम्बूको स्वरमा देशभक्तिपूर्ण गीत ‘मेरो देश मुस्कुराउँछ’ सार्वजनिक

दमक, झापा । वरिष्ठ गायक तथा संगीतकार चन्द्रकुमार लिम्बूको नयाँ देशभक्तिपूर्ण नेपाली गीत 'मेरो देश मुस्कुराउँछ' सार्वजनिक भएको छ। सिगु चन्द्र लिम्बु Official YouTube Channel मार्फत श्रोता तथा दर्शकमाझ ल्याइएको उक्त गीतले राष्ट्रप्रेम र स्वदेशको...

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

;