दार्जिलिङ भारतले उचाल्याे पवित्रहाङमा कपको उपाधि

 लिम्बुवान न्युज
                       

दमक, ३ फाल्गुन । पवित्रहाङमा कप फुटबल प्रतियोगिताको उपाधि एम.एफ.सि. दार्जिलिङ भारतले जितेको छ ।

बुधबार इलामको माङसेबुङ स्थित प्रस्तावित आत्मानन्द रंगशालामा भएको फाईनल खेलमा नवदीप युवा क्लव मिक्लाजुङ मोरङलाई सडनडेत्थमा ७–६ गोल अन्तरले पराजित गर्दै दार्जिलिङले उपाधि कव्जा गरेको हो ।

खेलको पहिलो हाफको ३८औं मिनेटमा सोनिया मारकले गोल गर्दै दार्जिलिङलाई अग्रता दिलाईन् । तर, खेलको दोस्रो हाफको २७ औं मिनेटमा मोरङका पुर्णिमा राईले गोल गर्दै खेल बराबरीमा फर्काइन ।

त्यसपछि खेलको निधारित समयमा दुबै टिमबाट गोल हुन नसक्दा खेल एक एक गोलको बराबरीमा रोकिन्दै नतिजा टाईब्रेकरमा धकेलिएको थियो ।

 

टाईब्रेकरमा पनि नतिजा बरबरी भएपछि सडनडेत्थमा दर्जिलिङले जित निकाल्न सफल भयोे । टाईब्रेकरमा दार्जिलिङका लागि सोनिया मारक, निलु तिर्की, अप्सना तामाङ, शिवानी शर्मा, सुस्मिता लेप्चा, कुसुम क्षेत्री र रिङकु राईले गोल गरिन् भने, प्रिया तामाङको प्रहार मोरङकी गोल किप्पर रुपा धिमालले उत्कृष्ट बचाउ गरिन् ।

यसरीनै मोरङका लागि पुर्णिमा राई, सिता कार्की, बिष्णु साँवा, सम्झना बेघा, दिपिका राई र अप्सरा राईले गोल गरिन भने कमला श्रेष्ठ र रितु लिम्बूको प्रहार दार्जिलिङका गोल किप्पर सुस्मा गुडियाले उत्कृष्ट बचाउ गरिन ।

उपाधि चुमेसंगै दार्जिलिङले नगद पुरस्कार दुई लाख एक सय सर्सठी रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाण–पत्र प्राप्त गरेका छन् । यता उपबिजेता टिम मिक्लाजुङ मोरङले भने नगद पुरस्कार एक लाख एक सय सर्सठी रुपैयाँ सहित ट्रफी, मेडल तथा प्रमाण–पत्रमा चित्त बुझाउनु पर्यो ।

यसैगरि प्रतियोगिताको सर्वाधिक गोलकर्ता, दार्जिलिङकी सोनिया मारक, उत्कृष्ट खेलाडी मोरङकी पुर्णिमा राई, उत्कृष्ट डिफेन्डर दार्जिलिङकी प्रिया तामाङ र उत्कृष्ट गोलकिप्पर दार्जिलिङकी सुस्मा गुडिया घोषित हुदैं नगद पुरस्कार सँगै ट्रफी मेडल र प्रमाण–पत्र प्राप्त रेका छन् ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ तथा किरात धर्म गुरुआमा  साँबा पवित्रहाङमा लिङदेनको देवसमुपस्थितिमा बिजेता र उपबिजेता खेलाडी तथा अफिसियलहरुलाई प्रमुख अतिथि प्रदेश १ का सडक पुर्वधार तथा सहरी बिकास मन्त्री दुर्गा चापागाईं र बिशेष अतिथि प्रदेश १ का प्रदेश सभा सदस्य राम रानाले पुरस्कार बितरण तथा मायाको चिनो प्रदान गरेका थिए ।

किरात धर्मगुरुआमा  साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा धर्मगुरू लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को प्रथम पुरस्कार आङबुहाङ देउमान परिवार र दोस्रो पुरस्कार किरात धर्मगुरु निजी आश्रम कृषि समिति हङकङले सौजन्य गरेको छ ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...