रितुराज थेगुवाको अध्यक्षमा लिम्बु सांस्कृतिक परिषद तेह्रथुम जिल्ला गठन

,   लिम्बुवान न्युज
                       


तेह्रथुम । किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा तेह्रथुमको पाँचौ जिल्ला चुम्लुङ तथा लिम्बू सांस्कृतिक परिषद तेह्रथुमको चौथो अधिबेशन आज सम्पन्न भएको छ । तेह्रथुमको मेयङलुङ बजारमा भएको पाँचौ जिल्ला चुम्लुङ तथा चौथो लिम्बू सास्कृतिक परिषदको उद्घाटन सत्र कार्यक्रममा किरात याक्थुङ चुम्लुङ तेह्रथुमको प्रतिदिन जिल्ला अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङले राखेका थिए । यसरीनै लिम्बु साँस्कृति परिषदको प्रतिवेदन नरपति चोङबाङले प्रस्तुत गरेका थिए ।

किरात याक्थुङ चुम्लुङको आयोजनामा भएको लिम्बू सास्कृतीक परिषदको अधिबेशनबाट रितुराज थेगुबाको अध्यक्षतामा ११ सदस्य समिती गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा बेनुराज फुदोङ, सचिब बुद्वबिर सिङजागु, सह–सचिब घनश्यम लिम्बू र कोषाध्यक्षमा पार्बता तेयङ रहनुभएको छ । यसरी नै सदस्यहरूमा गजेन्द्र फोम्बो, प्रेम बहादुर आङबुङ, रोहिता लिम्बू, नरपति चोङबाङ, लक्ष्मी तेयुङ र फुल कुमारी सेरेङ चोङबाङ् चयन भएका छन् ।

यसरीगरी यसैकार्यक्रमको अवसर पारेर भगिस्वर तेयुङ (मनोज) को संम्योजकमा ५ सदस्य किरात याक्थुङ चुम्लुङ लिम्बू भाषा तथा साहित्य प्रतिष्ठान समेत गठन गरिएको छ । प्रतिष्ठानको सदस्यमा हाङनारान हुक्पा चोङबाङ, नरेन्द्र खापुङ, यश पी गोधुली र बिनीता सेरेङ रहेका छन् ।

कार्यक्रममा कार्यक्रमका प्रमुख अथिति तथा लिम्बू सांस्कृतिक परिषदका केन्द्रीय अध्यक्ष सागर केरूङ, राष्ट्रिय चुम्लुङ सदस्य सुबिन्द थेगुबा, सम्पूर्ण अध्यक्षकाहरूको तर्फबाट मिम्जीफुङ केलाङ सयङका अध्यक्ष बेनुराज फुदोङ, सम्पूर्ण शिक्षकहरूको तर्फबाट श्रीजुङ मा.बि. का शिक्षक हाङनारान चोङबाङले अफ्नो भनाई राखेका थिए ।

कार्यक्रम चुम्लुङ तेह्रथुमको अध्यक्ष सेसेहाङ हुक्पा चोङबाङको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालना सचिब राजकुमार तेयुङले गरेका थिए ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;