पूर्वमन्त्री गोपाल किरातीको संयोजकत्वमा तेस्रो जनआन्दोलन समिति गठन

 लिम्बुवान न्युज
                       


काठमाडौं । पूर्व माओवादी नेता एवं मन्त्री गोपाल किरातीको संयोजकत्वमा तेस्रो जनआन्दोलन समिति गठन भएको छ । गत मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनमार्फत गत माघ २० गते ललितपुरस्थित् किरात याक्थुङ चुम्लुङको भवनमा बसेको बैठकले कोशी प्रदेश नामाङन खारेजी र पहिचानसहितको समाजवादका लागि समिति गठन भएको जानकारी गराइएको हो ।
उक्त समितिको सदस्य सचिवमा कृष्ण चोङ्बाङ छन् । यसैगरी तेस्रो जनआन्दोलन समितिका सदस्यहरुमा विश्वेन्द्र पासवान, बुद्वराज लामा, बलदीप राई, रामनारायण पाल, चन्द्र श्रीशमगर, राम मगर, तिलक मगर, आशा तामाङ, रामभक्त कुरुम्बाङ, खगेन्द्र माखिम, एविराज आङ्देम्बे, दलमर्दन कामी, आरएन राई, सोविन थिङ, रेखराज राई, चेतन तुम्बाहाङ, डा. मित्र परियार र लोकेन्द्रराज थापा रहेका छन् ।
ब्राम्हणवादी सत्ताको अन्त्यका लागि तेस्रो जनआन्दोलन तयारीमा केन्द्रित रहँदै दलाल पुँजीवाद र भ्रष्टाचारी शासनलाई ध्वस्त पारेर पहिचान सुनिश्चित्ताको समाजवादी व्यवस्था स्थापना गर्ने समितिको राजनीतिक लक्ष्य रहेको विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, संविधानमा व्यवस्था भएको गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समावेशीकरण, मौलिक हक, स्वतन्त्र परराष्ट्रनीति र भ्रष्टाचार अन्त्य, सुशासनका बाधक प्रमख तीन दल रहेको समितिको ठहर छ । माओवादी, नेपाली कांग्रेस, नेकपा (एमाले) सहितका आलोपालो दल र शासकहरु नै प्रतिक्रान्तिको कारक तत्व भएको समितिले उल्लेख गरेको छ ।
समितिले तीन ठूला दललाई जनआन्दोलन र मधेश आन्दोलनका उपलब्धी रक्षाका लागि सार्वजानिक आत्मालोचनासहित रुपान्तरणका लागि आग्रह गरेको छ । अन्यथा दलित, श्रमिक तथा विस्थापितवर्ग, लिङ्ग, जातजाति, क्षेत्र एवं देशभक्तहरुको तेस्रो जनआन्दोलनको ज्वारभाटाले ध्वस्त पारिदिने उनीहरुको चेतावनी छ ।
साथै, कोशीलगायत बागमती, गण्डकी, कर्णालीजस्ता प्रदेशका नामहरु खारेज गरी पहिचानको आधारमा नामाङ्कन गरिनुपर्ने उनीहरुको माग छ ।

समितिका संयोजक गोपाल किरातीले ब्राम्हणवादी सत्ताको अन्त्य र पहिचानसहित समाजवादका लागि तेस्रो जनआन्दोलनको आवश्यकत्ता परेको बताए । उनले ब्राम्हण जनता र ब्राम्हणवादी सत्ता फरक भएको दाबी गरे ।
कांग्रेस, माओवादी र एमालेको रवैया प्रतिक्रान्ति र ब्राम्हणवादी भएको उनको आरोप छ । आफूहरुले तीन ठूला दललाई एकपटक सच्चिनुस् भनेर भनिरहेको उनले बताए । आफूहरुले देशव्यापी रुपमा आन्दोलन चर्काउन चाहेको उनको भनाइ छ । उनले अब प्रतिक्रान्तिको भण्डाफोर गर्ने चेतावनीसमेत दिए । ‘देशभरि पहिचान र संमाजवादको आवश्यकताको संषर्घ चलिरहेको छ । देशब्यापी शक्ति जुटेर यो काम अगाडि बढाउन र प्रतिक्रान्तिको जुन तयारी भइराखेको छ, त्यसविरुद्ध भण्डाफोर गर्न । भौतिक रुपमै गइहाल्ने हाम्रो तयारी चाहीँ भएको छैन,’– किरातीले भने ।
२०७४ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिचानको मुद्दा त्यागेर अन्यत्र गएपछि आफूहरु छुट्टिएको उनको भनाइ छ । माओवादीका कार्यकर्ता, घाईते, सहिद परिवारको तहमा माओवादी विचार, भावना र संस्कार जिवितै रहेको उनको भनाइ छ । तर, नेतृत्वको तहमा सबै खाओवादी भएको र प्रचण्ड ढेडू खाओवादी बनेको उनको टिप्पणी छ ।
उक्त पत्रकार संचालन सदस्य सचिव कृष्ण चोङ्बाङ्ले संचालन गरेका थिए । कार्यक्रममा पहिचानवादी नेताहरु, पूर्व संविधानसभा सदस्य तथा सांसदहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;