उपेन्द्र सुब्बा निर्देशित चलचित्र “मनसरा”को छायांकन सकियो

,   लिम्बुवान न्युज
                       


ललितपुर, २८ माघ । यस बर्षकै सफल चलचित्र ‘जारी’का निर्देशक उपेन्द्र सुब्बाको निर्देशन र निर्माणमा पौष २१ गतेबाट सुरु भएको सिनेमा ‘मनसरा’को छायांकन सकिएको छ । निर्माण युनिटका अनुसार चलचित्रको छायांकन ३० दिनमा सकिएको हो । यस चलचित्रको छायांकन ललितपुर, काठमाडौं र पाँचथरको विभिन्न रमणिय स्थलहरुमा गरिएको छ ।
पाँचथरमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको अन्तिम दृश्य खिच्दै इन्डक्ल्याप गरिएको हो । चलचित्रलाई आगामी वैशाख २१ गते रिलिज गरिने निर्माण पक्षले यसअघि नै घोषणा गरेको छ । यस चलचित्रमा मिरुना ‘मनसरा’ पात्रको शीर्ष भूमिकामा देखिनेछिन् । चलचित्रमा मिरुना र दयाहाङका अलावा प्रविण खतिवडा, मेनुका प्रधान तथा हेमन्त बुढाथोकीको अभिनय रहेको छ । निर्देशक सुब्बाकै लेखन रहेको चलचित्रका निर्माता छायांकार शैलेन्द्र ध्वज कार्की हुन् । यस्तै, विष्ण कुमार लिम्बु मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ सह–निर्माता हुन् ।


कबड्डी फिल्मसको ब्यानरमा निर्माण भएको सिनेमामा निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजनको साथमा श्रवल राज पाण्डेको साउण्ड डिजाइन रहेको छ भने मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयूक्त कला निर्देशन रहेको छ ।
यसअघि नै सार्वजनिक पोस्टरबाट यो चलचित्रको चर्चा चुलिएको छ । त्यसैगरी सिजन दाहाल कार्यकारी निर्माता रहेको सिनेमामा किरण चाम्लिङ राई मुख्य सहायक निर्देशकका रुपमा रहेकाछन् । एप्पल इन्टरटेन्मेन्ट कम्पनीले सिनेमाको वितरण गर्नेछ भने क्यूएफएक्स थिएटर पार्टनर रहेको छ भने जी टु वान डिजिटल पार्टनर बनेको छ ।


दर्शकहरुको अनुमान विपरितको व्यापार गर्नुका साथै समीक्षकिय रुपमा ‘जारी’ चलचित्रबाट तारिफ बटुलेका सुब्बाको यो मनसरा रिलिजमिति घोषणा भएसँगै दर्शकका लागि प्रतिक्षित हुने अनुमान गर्न सकिन्छ । वैशाख १ बाट प्रदर्शन भएको ‘जारी’ले नेपाली वक्सअफिसमा १७ करोड बढिको व्यापार गरेको थियो ।

सम्बन्धित समाचार

कमल गाउँपालिकाले नौ वर्षपछि पायाे आफ्नै नयाँ प्रशासनिक भवन

  दमक, १० भदाैं । झापाको कमल गाउँपालिकाले स्थानीय तह कार्यान्वयनमा आएको नौ वर्षपछि आफ्नै नयाँ प्रशासनिक भवन पाएको छ। स्थानीय तह पुनसंरचनापश्चात् पालिकाको प्रशासनिक भवन निर्माण गर्ने सरकारी योजना कमल गाउँपालिकामा भने बल्ल पूरा...

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

;