दमकमा याक्थुङ साम्लाे महाेत्सव हुने

,   लिम्बुवान न्युज
                       

दमक, ११ फाल्गुन । झापाको दमकमा फक्ताङलुङ साँस्किृतिक मञ्च(फक्ताङलुङ सयङ) केन्द्रीय कार्य समितिको आयोजनामा फागुन १८ र १९ गते याक्थुङ साम्लो महोत्सव हुने भएको छ ।

बिहिबार पत्रकार मञ्च दमकको सभाहलमा याक्थुङ लिम्बु कलाकारहरुको गौरवशाली छाता संगठन मञ्चले पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले महोत्सवबारे जानकारी दिएको हो ।

मञ्चले यसअघि हाक्पारे पालाम महोत्सवको रुपमा पान्थरको फेदेन बजारमा पहिलो र तेह्रथुमको मेयङलुङ बजारमा दोस्रो महोत्सव आयोजना गरेकोमा त्यस्कै निरन्तरता स्वरुप दमकको पशुहाटमा याक्थुङ साम्लो महोत्सव आयोजना गर्न लागेको र यसको लागि आवश्यक तयारी सुरु गरेको याक्थुङ साम्लो महोत्सव आयोजक समितिका संयोजक तथा फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष पुर्णकुमार सेर्मा(यादन)ले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार महोत्सवमा याक्थुङ लिम्बूहरुको मौलिक संस्कृति तथा मुन्धुमी लोक साम्लो/गितको रुपमा बिद्यमान रहेका पालाम, ख्याली, हाक्पारे, माङसिवाखाहुन/सेवा साम्लो, माङलाङ, केलाङ, येबा लाङ, येमा लाङ, थेबा लाङ, युमा लाङ साथै लोपन्मुख अवस्थामा रहेको तु?हा, ताम्के र याःसाम्लो, माङघ, नुवापमा, सिमेरिङ लगायत साँस्कृतिक प्रसतुति रहने छ ।

यसैगरि याक्थुङ लिम्बूहरुसँग सम्बन्धित मौलिक संस्कृतिको रुपमा रहेका गित, संगीत र कलालाई उजागर गर्दै, यसको उत्थान, संरक्षण र सम्बद्र्धन साथै बिश्वव्यापी रुपमा प्रचार प्रसार गरि पछिल्लो पुस्तासम्म पुर्याउँने महोत्सवको मुख्य उदेश्य रहेको समेत सेर्माले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका याक्थुङ(लिम्बू) कलाकारहरुको बेजोड साँगितिक प्रस्तुतिको साथमा याक्थुङ साम्लोमा माङसिवाखाहुन र याक्थुङ साम्लोमा ताम्के बिषायक दूईवटा कार्यपत्र प्रस्तुत हुने र त्यसबारे टिका टिप्पणीसहित बृहत रुपमा छलफल समेत हुने जनाइएको छ ।

दश हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने गरी प्रसारप्रसार सुरु गरेको महोत्सवमा करिब पन्ध्र लाख लागत लाग्ने अनुमान गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;