दमकमा याक्थुङ साम्लाे महाेत्सव हुने

 लिम्बुवान न्युज
                       

दमक, ११ फाल्गुन । झापाको दमकमा फक्ताङलुङ साँस्किृतिक मञ्च(फक्ताङलुङ सयङ) केन्द्रीय कार्य समितिको आयोजनामा फागुन १८ र १९ गते याक्थुङ साम्लो महोत्सव हुने भएको छ ।

बिहिबार पत्रकार मञ्च दमकको सभाहलमा याक्थुङ लिम्बु कलाकारहरुको गौरवशाली छाता संगठन मञ्चले पत्रकार सम्मेलनको आयोजना गर्दै मञ्चले महोत्सवबारे जानकारी दिएको हो ।

मञ्चले यसअघि हाक्पारे पालाम महोत्सवको रुपमा पान्थरको फेदेन बजारमा पहिलो र तेह्रथुमको मेयङलुङ बजारमा दोस्रो महोत्सव आयोजना गरेकोमा त्यस्कै निरन्तरता स्वरुप दमकको पशुहाटमा याक्थुङ साम्लो महोत्सव आयोजना गर्न लागेको र यसको लागि आवश्यक तयारी सुरु गरेको याक्थुङ साम्लो महोत्सव आयोजक समितिका संयोजक तथा फक्ताङलुङ साँस्कृतिक मञ्चका केन्द्रीय अध्यक्ष पुर्णकुमार सेर्मा(यादन)ले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार महोत्सवमा याक्थुङ लिम्बूहरुको मौलिक संस्कृति तथा मुन्धुमी लोक साम्लो/गितको रुपमा बिद्यमान रहेका पालाम, ख्याली, हाक्पारे, माङसिवाखाहुन/सेवा साम्लो, माङलाङ, केलाङ, येबा लाङ, येमा लाङ, थेबा लाङ, युमा लाङ साथै लोपन्मुख अवस्थामा रहेको तु?हा, ताम्के र याःसाम्लो, माङघ, नुवापमा, सिमेरिङ लगायत साँस्कृतिक प्रसतुति रहने छ ।

यसैगरि याक्थुङ लिम्बूहरुसँग सम्बन्धित मौलिक संस्कृतिको रुपमा रहेका गित, संगीत र कलालाई उजागर गर्दै, यसको उत्थान, संरक्षण र सम्बद्र्धन साथै बिश्वव्यापी रुपमा प्रचार प्रसार गरि पछिल्लो पुस्तासम्म पुर्याउँने महोत्सवको मुख्य उदेश्य रहेको समेत सेर्माले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा ख्याति कमाएका याक्थुङ(लिम्बू) कलाकारहरुको बेजोड साँगितिक प्रस्तुतिको साथमा याक्थुङ साम्लोमा माङसिवाखाहुन र याक्थुङ साम्लोमा ताम्के बिषायक दूईवटा कार्यपत्र प्रस्तुत हुने र त्यसबारे टिका टिप्पणीसहित बृहत रुपमा छलफल समेत हुने जनाइएको छ ।

दश हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने गरी प्रसारप्रसार सुरु गरेको महोत्सवमा करिब पन्ध्र लाख लागत लाग्ने अनुमान गरिएको जनाइएको छ ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...